नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • कोरोनाबाट जोगिन खानपान बारे डब्लुएचओको यस्तो छ टिप्स..
कोरोनाबाट जोगिन खानपान बारे डब्लुएचओको यस्तो छ टिप्स..
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, वैशाख २९, २०७७ बागेश्वरी पोस्ट
कोरोनाबाट जोगिन खानपान बारे डब्लुएचओको यस्तो छ टिप्स..

नेपालगन्ज  । कोरोना भाइरस महामारीको कारण अहिले धेरै कुराहरू परिवर्तन भइरहेका छन् । काम गर्ने तरिका, सरसफाइदेखि खानपानको तरिका परिवर्तन भएका कुराहरूको सूचीमा समावेश छन् ।

मानिसको प्राथमिकतामा स्वास्थ्य र विशेषगरी खानपान र स्वच्छताको मुद्दा अचानक माथि आएको छ । यसअघि यो कुरा प्राथमिकतामा थिएन भन्ने होइन । तर, यसअघि खानपान र स्वच्छता हाम्रो जीवनशैलीको यस्तो कुरा थियो, जसलाई आ–आफ्नो रुचिको रुपमा हेरिन्थ्यो । अहिले मानिसहरू के कोरोना भाइरस खानपानको कारण पनि फैलिन्छ ? भन्ने कुराले चिन्तित बनेका छन् ।

विश्व स्वास्थ्य संगठनले  खानपानका लागि आवश्यक पाँच जरुरी टिप्स दिएको छ ।

१- सधैं स्वच्छ रहनुहोस् – खाना बनाउनुभन्दा पहिला र खाना बनाउँदै गर्दा हात धोइरहनु जरुरी हुन्छ ।

– शौचालय गएपछि हात धुनु जरुरी हुन्छ ।

– भान्सा, चुलो र भाँडा राम्रोसँग धुनुहोस् र स्यानिटाइज्ड गर्नुहोस् ।

– भान्सालाई कीरा तथा अन्य जनावरबाट मुक्त राख्नुहोस् । यो किन आवश्यक छ ? धेरैजसो सूक्ष्म जीवाणुले रोग फैलाउँदैनन् । तर, यिनीहरूमा केही यस्ता जीव पनि हुन्छन्, जुन माटो, पानी, जनावर र मानिसमा व्यापकरुपमा पाइन्छ । यस्ता सूक्ष्म जीव हाम्रो हात, सरसफाइमा प्रयोग हुने कपडा, भाँडा, काटिङ बोर्डमा पनि हुन सक्छन् । खानेकुरासँग यस्ता जीवको सम्पर्क भयो भने खानपानबाट हुने रोगहरू फैलिने खतरा बढी हुन्छ ।

२-काँचो खानेकुरालाई पाकेकोसँग नराख्नुहोस्

– कुखुराको मासु, अण्डा, काँचो मासु र समुद्रका जीवजन्तुको मासुजस्ता खानेकुरालाई छुट्टै राख्नुहोस् ।

– काँचो खानेकुरालाई चलाउने चक्कु, कटिङ बोर्डजस्ता भाँडा छुट्टै प्रयोग गर्नुहोस् ।

– काँचो खानेकुरा र पाकेको खानामा कुनै किसिमको सम्पर्क नहोस् भन्नेमा ध्यान दिनुहोस् । यो किन आवश्यक छ रु काँचो खानेकुरा विशेषगरी मासु, अण्डा र समुद्री जनावरको मासुमा यस्ता खतरानक सूक्ष्म जीव हुन सक्छन्, जुन पकाउँदा अन्य खानेकुरालाई संक्रमित गर्न सक्छन् ।

 

३-खानेकुरा राम्रोसँग पकाउनुहोस्

– विशेषगरी मासु, कुखुरा, अण्डा र समुद्री जीवको मासु राम्रोसँग पकाउनु जरुरी हुन्छ ।

– सुप र झोल पदार्थ उमाल्दा तापक्रम कम्तीमा ७० डिग्री सेल्यिससम्म पुगेको सुनिश्चित गर्नुहोस् ।

– पाकिसकेको खानालाई राम्रोसँग फेरि तताउनुहोस् । यो किन आवश्यक छ रु राम्रोसँग खाना पकाउँदा सूक्ष्मजीवहरू पूर्णरुपमा नष्ट हुन्छन् । अनुसन्धानको क्रममा ७० डिग्रीसम्म खाना पकाउँदा यो खान लायक हुने गरेको पाइएको छ ।

४- खानेकुरालाई सुरक्षित तापक्रममा राख्नुहोस् – पाकेको खानेकुरालाई कोठाको सामान्य तापक्रममा दुईघण्टाभन्दा लामो समय नराख्नुहोस् ।

–तयार भएको र छिटै बिग्रिने खानेकुरालाई पाँच डिग्रीभन्दा कम तापक्रममा फ्रिजमा राख्नुहोस् ।

– फ्रिजमा पनि खाना लामो समयका लागि स्टोर नगर्नुहोस् ।

– जमेका चीजहरूलाई सामान्य तापक्रममा कोठामा पग्लिन नदिनुहोस् । यो किन आवश्यक छ ? पकाएको खानालाई सामान्य तापक्रममा कोठामा राख्दा सूक्ष्मजीवको छिटै विकसित हुन सक्छन् । पाँच डिग्रीभन्दा कम वा ६० डिग्रीभन्दा बढी तापक्रममा सूक्ष्म जीवको विकास रोकिन्छ वा सुस्त हुन्छ । यद्यपि केही खतरानक सूक्ष्मजीव पाँच डिग्रीभन्दा पनि विकसित हुन्छन् ।

५- सफा पानी र स्वच्छ भोजन सामग्री

– स्वच्छ पानीको प्रयोग गर्नुहोस् र यो उपलब्ध नभए सुरक्षित र प्रयोग गर्न सकिने किसिमले सफा गर्नुहोस् ।

– ताजा र पौष्टिक खाद्य सामग्रीको प्रयोग गर्नुहोस् । – सुरक्षितरुपमा तयार पारिएको खाना रोज्नुहोस् ।

– फलफूल तथा तरकारीलाई अनिवार्यरुपमा पखाल्नुहोस् ।

– म्याद गुज्रिएका खानेकुरा नखानुहोस् । यो किन आवश्यक छ रु पानी र बरफमा केही सूक्ष्म जीव वा हानिकारक तत्व हुन सक्छन् । खराब र विषालु खानामा विषाक्त रसायन हुन सक्छन् ।  बीबीसीबाट।


प्रकाशित मिति: सोमबार, वैशाख २९, २०७७  ११:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP