prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • सांसद र प्रमुख जिल्ला अधिकारीबीच सम्वाद
सांसद र प्रमुख जिल्ला अधिकारीबीच सम्वाद
banijya office RSG-2
समन्वयात्मक भूमिका बढाउन सांसदको सुझाव
बागेश्वरी पोस्ट
शुक्रबार, जेठ २, २०७७ बागेश्वरी पोस्ट
सांसद र प्रमुख जिल्ला अधिकारीबीच सम्वाद

नेपालगञ्ज । कोरोना (कोभिड– १९) को संक्रमण देखीएसँगै बाँकेमा अनेकन चुनौतीहरु थपीदै गएपछि समन्वयतात्मक भूमिकालाई पनि बढाउदै लैजानुपर्ने आवश्यक्ता औल्याइएको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि अनेक प्रयास गरिएपनि आपसमा प्रभावकारी समन्वयको अभाव भएपछि पछिल्लो चरण सम्वाद समूह बाँकेले सरोकार पक्षसँग नियमित सम्वाद सहजीकरण गर्दै आएको छ ।

सरोकार पक्षसँग नियमित समन्वय र सम्वाद गर्दै आएको सम्वाद समूह बाँकेको अगुवाईमा आज बाँकेमा उपलव्ध सांसदहरुले प्रमुख जिल्ला अधिकारीलाई भेट गरि कोरोना रोकथाम र नियन्त्रणका लागि सम्वाद गर्नुका साथै आवश्यक ध्यानाकर्षण गराउनु भएको छ । कोरोना संक्रमीत बढ्दै गइरहेका बेला भारतका विभिन्न स्थानबाट सयांैको संख्यामा नेपालीहरु सीमा नाकाबाट प्रवेश गरेपछि सन्त्राससँगै जोखीम र चुनौतीहरु पनि थपीएका छन् ।

बाँकेमा हालसम्म ३३ जनामा कोरोना पोजेटीभ देखीएको छ तर आम समुदायले लक डाउनको पूर्ण पालना नगरेर अटेर गरेको पाइएपछि थप जोखीम बढेको हो । प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खडकासँग बाँकेका चार सांसदले समसामयिक सार्वजनिक सवालमा करिव एक घन्टा छलफल गरेका थिए । सांसदको सामुहिक भेटमा नेपाल भारत सीमा नाकामा भीत्रीने नेपाली, उद्धार र पुनस्थापना, कोरोना परिक्षणको दायरा र थप प्रभावकारिता, क्वारेन्टाइन व्यवस्थापन र आपसी समन्वयात्मक सहकार्यका विषयमा अन्तरक्रियात्मक सम्वाद गरिएको समूहका सहजकर्ता शुक्रऋषि चौलागाईले जानकारी दिनु भयो । सांसदहरुले स्थानीय प्रशासनले सरोकार पक्षसँग प्रभावकारी समन्वय र आवश्यक निर्देशन दिन नसकेका कारण लक डाउन कार्यान्वयन लगायतमा समस्या देखीएको अवस्था दर्शाएका थिए भने प्रमुख जिल्ला अधिकारी खड्काले आवश्यक्ताअनुसार निर्देशन दिइएपनि कतीपय पक्ष सम्वेदनशिल र जिम्मेवार नदेखीएको तर्क पेश गर्नु भएको थियो । कोरोना रोकथाम र नियन्त्रणका लागि आफुहरुले हर सम्भाव प्रयास गरेको भन्दै सांसदहरुले आवश्यक समन्वय र सहकार्यका लागि थप प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

प्रदेश सभा सदस्य आइपी खरेलले पहिचान गरिसकिएका कोरोना जोखीम स्थानमा परिक्षणको दायरा बढाइनु पर्ने आवश्यक्ता औल्याँउदै थप सहज बातावरणका लागि सम्वाद समूहको सहयोग लिन सुझाव दिनु भयो । सीमामा अझैं नेपालीहरु भित्रीने प्रवल सम्भावना रहेको भन्दै सांसद खरेलले सम्भावित सम्पूर्ण तयारीका लागि पनि प्रमुख जिल्ला अधिकारी खडकाको ध्यानाकर्षण गराउनु भयो । प्रदेश सभा सदस्य एवं सम्वाद समूह सदस्य कृष्णा केसी९नमूना०ले क्वारेन्टाईनलाई थप व्यवस्थित गर्नु पर्नेमा जोड दिदै काखा र पाखाको व्यवहार गरिएको गुनासो आएको भन्दै थप अनुगमन बढाइनु पर्ने आवश्यक्ता औल्याउनु भयो । प्रदेश सभा सदस्य विजय बहादुर यादवले स्थानीय प्रशासनलाई अभिभावकीय जिम्मेवारी अनुसार सशक्त भूमिका निर्वाह गर्न खुम्चीन नहुने सुझाव दिनु भयो ।

प्रदेश सभा सदस्य मो याकुव अन्सारीले कोरोना परिक्षणको दायरा बढाउदा आउन सक्ने अफ्ठयारोलाई सबैको सहयोगमा चिर्न सक्नु पर्ने बताउनु भयो । सम्वाद समूह सदस्य एवं मानवअधिकार संगठन बाँकेका सभापति प्रहलाद बहादुर कार्कीले जिम्मेवार निकाय र व्यक्ती विषम परिस्थतीमा आफनो कानूनी अधिकार र जिम्मेवारीबाट पञ्छिन नहुने बताउनु भयो ।

बाँकेका सांसदहरुले भेरी अष्पतालमा पीसीआर स्थापना, कीट लगायत स्वास्थ्य सामाग्री उपलव्धता लगायतका विषयमा भूमिका निर्वाह गर्दै आइरहनु भएकोे छ । सम्वाद समूह बाँकेले राजनीतिक दल, स्थानीय प्रशासन, स्थानीय सरकार लगायत सरोकारवालासँग नियमित सम्वाद गर्दै आएको छ ।


प्रकाशित मिति: शुक्रबार, जेठ २, २०७७  २१:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP