prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना बिरामीले तातोपानी समेत नपाउने आईसेलेसन वार्ड...
कोरोना बिरामीले तातोपानी समेत नपाउने आईसेलेसन वार्ड...
banijya office
बागेश्वरी पोस्ट
शनिबार, जेठ ३, २०७७ बागेश्वरी पोस्ट
कोरोना बिरामीले तातोपानी समेत नपाउने आईसेलेसन वार्ड...

काठमाडौं । कोरोना संक्रमितलाई राख्ने आइसोलेसन वार्डबारे पहिले दुईवटा प्रतिनिधिमूलक घटना हेरौं–

nepalgunj 081-082

घटना एक : वीरगञ्जका सुरेश विडारी कोरोना संक्रमण पुष्टि भएपछि नारायणी अस्पताल भर्ना भएको छैठौं दिन भयो । यसअघि प्रसुती वार्ड रहेको हलमा बनाइएको आइसोलेसन वार्डमा उनीसहित ८ जनालाई राखिएको छ ।

सबैका लागि दुईवटा संयुक्त शौचालय छन् । तीमध्ये एउटामा ढोका नभएकाले बिहान पालो कुर्नुपर्छ । माग गर्दागर्दा बल्ल–बल्ल प्राप्त भएको तातोपानी तताउने भाँडो एउटै छ । अस्पताल भर्नापछि पीपीई लगाएर आएकी नर्सले औषधि छाडेर गएको बाहेक कोही आएका छैनन्, काउन्सिलिङसमेत गरिएको छैन ।

घटना दुई : जनकपुरका वीरेन्द्र रमण प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएको चौथो दिन भयो।उनीसँगै एउटै हलमा कोरोना संक्रमित ६ जनालाई राखिएको छ । मुटुका बिरामी उनले सुरुमा त पानी समेत खान पाएनन् । धेरैतिर फोन लगाएपछि बल्लबल्ल पानी ताताउने एउटा भाँडो त आयो, तर गिलास छैन ।

कोठामा न इन्टरनेट सुविधा छ, मनोरञ्जनका लागि टेलिभिजन । अस्पताल भर्ना भएपछि एकपटक डाक्टरले फोन गरेर केही औषधि चाहिन्छ भनेर सोध्नु बाहेक काउन्सिलिङ समेत भएको छैन । माथिका दुई प्रतिनिधि घटना मात्र हुन् । पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) का संक्रमित बढेसँगै उनीहरुको उपचारमा समस्या देखिन थालेको छ ।

हुन त मध्य चैतमा धनगढीको सेती अस्पतालमा भर्ना भएका नेपालका चौथो संक्रमित युवकले आफूलाई हेर्न स्वास्थ्यकर्मी नआएको तथा तातोपानी समेत खान नपाएको गुनासो गरेका थिए । अरुले पनि डाक्टरले हेर्न समेत नआएको गुनासो गर्दै आएका थिए । तर, पछिल्लो समय संक्रमितको संख्या बढ्दै जाँदा बिरामीहरुले थप समस्या भोग्नुुपर्ने सम्भावना बढेको छ ।

कोभिड–१९ पोजेटिभ देखिएका वीरगञ्जका बिडारी र जनकपुरका रमण स्थानीय सञ्चारकर्मी पनि हुन् । अस्पतालका डाक्टर, स्वास्थ्यकर्मी, जनस्वास्थ्यका अधिकारी, प्रमुख जिल्ला अधिकारी, सांसद र मन्त्री सबैसँग व्यक्तिगत चिनजान छ । आफूले भोगेको समस्या राख्न सक्छन् र त तातोपानी खानसमेत मुस्किल छ भने कोरोनाबाट संक्रमित भएर अस्पताल सर्वसाधारणको हालत कस्तो होला भन्ने सहज अनुमान गर्न सकिन्छ ।

कोरोना संक्रमित पत्रकार रमण भन्छन्, ‘यसरी नै आइसोलेसनमा राखिने हो भने कोरोना होइन, अरु रोगले चाहिँ थला पार्ला जस्तो छ ।’ त्यसमा सहमत वीरगञ्जमा पत्रकार बिडारी भन्छन्, ‘संक्रमितहरु त्यसै झ्याल फोडेर भाग्ने अवस्था आएको होइन रहेछ ।’ उनी उपचाररत नारायणी अस्पतालमै रहेका दुई कोरोना संक्रमित अस्पतालको झ्याल फोडेर भागेका थिए ।

 

के भन्छन् जनस्वास्थ्य विशेषज्ञ ?

पत्रकारद्वय बिडारी र रमणको आइसोलेसन वार्डको अनुभव हामीले संक्रमण रोग विशेषज्ञ डा। अनुप सुवेदीलाई पनि सुनायौं र, सोध्यौं–यस्तै हुने हो आइसोलेसन वार्ड ?

उनकाअनुसार कोरोना संक्रमितलाई सकेसम्म छुट्टै कोठामा राख्ने, अलग शौचालय प्रयोग गर्नु उपयुक्त हुन्छ । संक्रमितको संख्या बढ्दै जाँदा यो सम्भव नहुन सक्छ । त्यस्तो अवस्थामा पनि हरेकको वेडको दुरी कम्तिमा ६ फिट हुनुपर्छ ।

सकेसम्म एक अर्का बेडको बीचमा पर्दा राख्नु उपयुक्त हुन्छ । एउटै कोठामा बसेका संक्रमितहरुलाई एकअर्कामा घुलमिल हुन दिनु भएन । संक्रमितहरुको ज्वरो, रक्तचाप नाप्ने मेसिन लगायतका उपकरण सकेसम्म छुट्टै प्रयोग गर्नुपर्छ ।

यदि यो सम्भव हुन्न भने एउटालाई प्रयोग गरेपछि डिसइन्फेक्टस गर्नुपर्छ । र, उनीहरुको मानसिक स्वास्थ्य सबैभन्दा महत्वपूर्ण हुन्छ । संक्रमित भएर अस्पताल ल्याएपछि हरेकलाई यो रोग के हो रु संक्रमित भएपछि केके हुनसक्छ ?कसरी सतर्कता अपनाउनुपर्छ ?

यस्ता विषयमा चिकित्सकीय परामर्श अनिवार्य हुन्छ । साथै उपचारका क्रममा पनि ६ फिट वा सोभन्दा बढी दुरी कायम गरेर पनि उनीहरुलाई काउन्सिलिङ गर्नुपर्ने हुन्छ । यसले संक्रमितको आत्मबल बढाउन मद्दत गर्छ भने केही समस्या रहेछ पनि थाहा हुन्छ ।अनलाइनखबरबाट।


प्रकाशित मिति: शनिबार, जेठ ३, २०७७  १३:००
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको छैठौं नेतृत्व हस्तान्तरण
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको छैठौं नेतृत्व हस्तान्तरण
बजेटमा आफ्नो समुदायलाई पहिलो प्राथमिकता दिन जनप्रतिनिधिलाई सुझाव
बजेटमा आफ्नो समुदायलाई पहिलो प्राथमिकता दिन जनप्रतिनिधिलाई सुझाव
चौथो नेपालगञ्ज फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड नेपालगञ्जका अमितलाई
चौथो नेपालगञ्ज फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड नेपालगञ्जका अमितलाई
नेपालगन्ज उपमहानगरपालिकाद्वारा अपांगता भएका ब्यक्तिलाई सहायक सामग्री प्रदान
नेपालगन्ज उपमहानगरपालिकाद्वारा अपांगता भएका ब्यक्तिलाई सहायक सामग्री प्रदान
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP