नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नरैनापुरका कोरोना संक्रमितलाई अन्ततः नेपालगञ्जतिरै ल्याइने
नरैनापुरका कोरोना संक्रमितलाई अन्ततः नेपालगञ्जतिरै ल्याइने
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, जेठ ६, २०७७ बागेश्वरी पोस्ट
नरैनापुरका कोरोना संक्रमितलाई अन्ततः नेपालगञ्जतिरै ल्याइने

नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकाका कोरोना संक्रमितहरुलाई अन्ततः नेपालगञ्ज नै ल्याइने भएको छ ।

हिजो बसेको जिल्ला सुरक्षा समितिको बैठकले नरैनापुरकै वडा नम्बर २ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र लक्ष्मणपुरलाई नै आइसोलेसन अस्पताल बनाउने निर्णय गरेपनि त्यस ठाउँमा न्यूनतम् पूर्वाधार पनि नभएको भन्दै आलोचना भएपछि निर्णय फेरिएको हो ।

बत्ती नै नभएको ठाउँमा आवश्यक स्रोत साधनको अभावमा कोरोना संक्रमितलाई राख्दा जटिलता उत्पन्न हुन सक्ने भन्दै निर्णय सच्याउन दबाब परेपछि स्थानीय प्रशासनले नेपालगञ्जमै ल्याउने गृहकार्य थालेको छ । ‘त्यता अलि पूर्वाधार नभएकाले समस्या हुन्छ भन्ने भयो, संक्रमित पनि धेरै संख्यामा भए, अब उनीहरुलाई नेपालगञ्जमै ल्याएर राख्ने कुरा भएको छ, कहाँ राख्ने भन्ने निर्णय गर्न हामी अहिले बैठकमै छौं,’ सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले भन्नुभयो । ‘संक्रमितहरुलाई आइसोलेट गरेर राखिएको छ, यहाँ निर्णय हुनासाथ उनीहरुको व्यवस्थापन हुन्छ,’ उपाध्यायले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले हिजो नै निर्णय सच्याउन आग्रह गर्दै स्रोत साधन र आवश्यक पूर्वाधार नभएको ठाउँमा संक्रमितलाई राख्दा जोखिम बढ्ने भन्दै अन्यत्र सुविधा भएको ठाउँमा व्यवस्थापन गर्न भन्नुभएको थियो ।

नरैनापुरमा हिजो मात्रै थप ५९ जनामा कोरोना देखिएको छ । यसअघि संक्रमित ८ जनालाई भने दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा राखिएको छ ।

नरैनापुरका ६८ संक्रमित मध्ये एक जनाको आइतबार विहान क्वारेन्टाइनमै मृत्यु भएको थियो । त्यहाँ अहिले १३ वटा क्वारेन्टाइनमा ८ सय १४ जना रहेको स्वास्थ्य शाखा उपप्रमुख नागेन्द्र कुमार शाहले बताउनुभयो ।


प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७  ११:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP