नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नरैनापुरका संक्रमितलाई नेपालगञ्ज ल्याउँदा अवरोध गर्नेलाई कारवाहीको माग (भिडियो सहित)
नरैनापुरका संक्रमितलाई नेपालगञ्ज ल्याउँदा अवरोध गर्नेलाई कारवाहीको माग (भिडियो सहित)
बागेश्वरी पोस्ट
बुधबार, जेठ ७, २०७७ बागेश्वरी पोस्ट
नरैनापुरका संक्रमितलाई नेपालगञ्ज ल्याउँदा अवरोध गर्नेलाई कारवाहीको माग (भिडियो सहित)

नेपालगन्ज । बाँके नरैनापुरका कोरोना संक्रमितहरुलाई नेपालगञ्ज ल्याउन खोज्दा अवरोध गरेर अमावनीय हर्कत देखाउनेहरुलाई कारवाही गर्नुपर्ने माग चौतर्फी उठेको छ ।

उनीहरुलाई नेपालगञ्ज ल्याउन खोज्दा स्थानीय केही नेता र अगुवाहरुले नै अनर्गल प्रचार गरेर स्थानीयलाई नै अवरोधमा उतारेपछि तनाबको अवस्था सिर्जना भएको थियो । उनीहरुलाई नेपालगञ्ज ल्याउने काम अबेर साँझ मात्र सम्भव भएको थियो । नेपाली सेनाको टोली त्यहाँ पुगेपछि स्थानीयलाई सम्झाईबुझाई गरेर वडा नम्बर २ लक्ष्मणपुरस्थित आदर्श मावि क्वारेन्टाइनका संक्रमित १२ जनालाई एम्बुलेन्समा राखेर नेपालगञ्ज ल्याउन सम्भव भएका थियो । कसैलाई केही भएको छैन, यिनीहरु स्वस्थ छन्, कोरोना भएको भन्ने झुठो रिपार्ट हो, सरकारले मार्न लगिरहेको छ, गोली हानेर वा गलत औषधि खुवाएर मार्छ भन्दै स्थानीयहरुलाई नै स्थानीय नेता एवम् अगुवाहरुले अवरोध गर्न हौसाएका थिए ।

संक्रमितलाई आइसोलेट गर्ने कार्य विरुद्ध स्थानीय नै प्रयोग भएर आन्दोलित भएपछि समस्या उत्पन्न भएको थियो । संक्रमित समेत उनीहरुसंगै सडकमा निस्केर प्रदर्शनमा उत्रेको अवस्था थियो । यसले कोरोना संक्रमणलाई अझ विस्तार गर्ने अनुमान गरिएको छ । ‘नेपालगञ्ज लैजान दिनु हुँदैन, यो सरकारको षड्यन्त्र हो, हाम्रा बालबच्चा मार्नलाई लगिँदैछ, हामी सबै प्रतिकारमा उत्रिनुपर्छ, दुई जना गाउँका अगुवा भनिएकाले नै माइकिङ्ग गरेरै यस्तो हर्कत गरेका हुन्,’ एक जना स्थानीयले भने ।

वडा नम्बर १ का स्थानीय पूर्व प्रधान इशाक जोलाहाको निर्देशनमा वडा नम्बर २ का पञ्चे भन्ने अकबाल शेष तथा वडा नम्बर १ का नफिज खाँ भन्ने नासिर अहमद खाँ, बड्कौ खाँ भन्ने नुर अहमद खाँ र जलिल तेली भन्ने चुन्नु तेली लगायतको समूहले अवरोध पुर्याएको बताइएको छ । नफिज र बड्कौले माइकिङ्ग गरेर सार्वजनिक आह्वान गर्दै विरोध प्रदर्शन गर्न हौसाएको स्थानीयले बताए ।

अनर्गल प्रचार गरेर समाजलाई भड्काउन खोज्ने तथा महासंकटको बेला पनि घटनालाई राजनीतिकरण गर्नेलाई कडा कारवाही हुनुपर्ने एक स्थानीयले बताए । ‘हामी समाजलाई कोरोनाको संकटबाट बचाउन खोज्दैछौं, केही मानिसहरु यस्तो बेला संकटलाई बढावा दिने गरी अमावनीय हर्कत देखाउँदैछन्, प्रशासनले उनीहरुलाई तत्काल कडा कारवाही गर्नुपर्छ,’ ती स्थानीयले भने । सबैतिर अहिले गलत कार्य गर्नेलाई हदैसम्मको कारवाही गर्नुपर्ने माग उठिरहेको छ ।

बाँके प्रशासनले अफबाह फैलाउने, प्रहरी प्रशासनको काममा अवरोध गर्ने र महामारीका बेला संक्रमितलाई अस्पतालमा ल्याउन नदिनु गलत कार्य भएको भन्दै घटनामा संलग्नहरुलाई कारवाहीको दायरामा ल्याइने बताएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले भन्नुभयो–‘आवश्यक परे कानुनी कारवाही गर्नुपर्छ, त्यतातिर पनि हामीले हेरिरहेका छौं ।’ नरैनापुरका संक्रमितहरुलाई अबेर राति मात्र नेपालगञ्ज ल्याइएको थियो । उनीहरुलाई कहाँ राख्ने भन्ने विषयमा समयमै निर्णय लिएर तयारी गर्न नसक्दा आइसोलेसनमा ल्याउन निकै ढिला भएको थियो । यसले कोभिड–१९ विरुद्ध सरकारको तयारी फितलो देखिएको छ ।


प्रकाशित मिति: बुधबार, जेठ ७, २०७७  ०८:५३
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
बाँकेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
बैकुण्ठधाम सिधनियाघाटको प्रथम साधारणसभा सम्पन्न,  ९ सदस्यीय कार्यसमिति चयन
बैकुण्ठधाम सिधनियाघाटको प्रथम साधारणसभा सम्पन्न, ९ सदस्यीय कार्यसमिति चयन
विश्व प्रेस स्वतन्त्रता दिवसमा नेपालगञ्जमा प्रभातफेरी र स्वास्थ्य शिविर
विश्व प्रेस स्वतन्त्रता दिवसमा नेपालगञ्जमा प्रभातफेरी र स्वास्थ्य शिविर
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP