नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राप्तीसोनारीको क्वारेन्टाइनबाट ४६ जनाको स्वाब संकलन, दाङ पठाइयो
राप्तीसोनारीको क्वारेन्टाइनबाट ४६ जनाको स्वाब संकलन, दाङ पठाइयो
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, जेठ ८, २०७७ बागेश्वरी पोस्ट
राप्तीसोनारीको क्वारेन्टाइनबाट ४६ जनाको स्वाब संकलन, दाङ पठाइयो

राप्तीसोनारी (फत्तेपुर) ।भारतबाट फर्केर राप्तीसोनारी गाउँपालिकाको क्वारेन्टाइनमा बसिरहेका ब्यक्तीको कोरोना परिक्षणका लागि बिहीबार स्वाब संकलन गरिएको छ । उक्त स्वाबलाई राप्ती स्वास्थ्य बिज्ञान प्रतिश्थानमा पठाएको छ।

छिमेकी गाउँपालिका नरैनापुरमा कोरोना भाइरसको संक्रमण फैलिएपछि उच्च जोखिममा रहेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ स्थित नेपाल राष्ट्रिय माध्यामिक बिद्यालय सर्रीमा बसिरहेका ब्यक्ती, जनप्रतिनिधी र प्रहरी समेत गरी ४६ जनाको बिहीबार स्वाब संकलन गरिएको हो । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष रामलखन थारुले भारतबाट फर्केर क्वारेन्टाइनमा बसिरहेका सहित ४६ जनाकोq स्वाब संकलन भएको जानकारी दिनुभयो । कोरोना भाइरसको जोखिममा रहेका कारण वडाअध्यक्ष थारु पाँच दिनदेखी क्वारेन्टाइनमा बस्दै आउनु भएको छ ।

उहाँसहित नेपाल प्रहरीका सहायक निरीक्षकको पनि स्वाब संकलन गरिएको छ । नेरा माध्यामिक बिद्यालय सर्रीको क्वारेन्टाइनमा बिहीबार बेलुकासम्मको तथ्यांक अनुसार कुल ७३ जना बसिरहेका छन् । बाँकी ब्यक्तिको क्वारेन्टाइन बसाई पाँचदिन पुगेपछि स्वाब संकलन गरिने वडअध्यक्ष थारुले बताउनु भएको छ । ‘भारतबाट फर्किने क्रम जारी छ, अझै हाम्रो वडाका मानिसहरु महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका छन्,’ उहाँले भन्नुभयो ‘नरैनापुरमा कोरोना संक्रमण फैलिएपछि हाम्रो वडाका जनता त्रसित भइरहेका छन् ।’ नरैनापुरमा केहीदिन अघि भारतको मुम्बईबाट फर्केका २४ बर्षिय युवकको मृत्यु भएको थियो ।

युवकसँगै गत बैशाख ३० गते नेपाल प्रवेश गरेका ब्यक्ती राप्तीसोनारीको क्वारेन्टाइनमा पनि रहेकाले जोखिम बढेको हो । भारतबाट संक्रमित युवकसँगै प्रवेश भएर आएकाले राप्तीसोनारीको क्वारेन्टाइनमा बसेका ब्यक्तीको पनि स्वाब परिक्षण गर्न जरुरी भएको गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताउनु भयो ।

नरैनापुरमा कोरोना संक्रमण फैलिएपछि राप्तीसोनारी गाउँपालिकाको विभिन्न नाकामा उच्च सर्तकता अपनाइएको उहाँको भनाई छ । ‘छिमेकी गाउँपालिका नरैनापुरमा धेरै ब्यक्तीमा कोरोना संक्रमण देखा परिसकेपछि हाम्रो गाउँपालिका पनि उच्च जोखिममा छ,’ उहाँले भन्नुभयो ‘नरैनापुरसँग जोडिएका वडा र नाकामा विशेष निगरानी बढाएका छौं ।’ राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले कोरोना भाइरसको संक्रमण फैलिन नदिन स्वाब संकलन कार्यलाई जोड दिने बताउनु भयो ।

‘भारतबाट फर्केर आएका ब्यक्तीको स्वाब संकलन गरेर कोरोना संक्रमण फैलिन नदिन गाउँपालिकाले कुनै कसर बाँकी राख्दैन,’ उहाँले भन्नुभयो । राप्तीसोनारी गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख विष्णुप्रसाद चुडालीले भारतबाट फर्केका ब्यक्तीहरु कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले क्वारेन्टाइनमा बसेका सबैको स्वास्थ्य परिक्षण गरिने बताउनु भयो ।


प्रकाशित मिति: बिहीबार, जेठ ८, २०७७  २२:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP