prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, कात्तिक १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना संक्रमण देखिएपछि राप्तीसोनारीमा उच्च सर्तकता बढाइयो
कोरोना संक्रमण देखिएपछि राप्तीसोनारीमा उच्च सर्तकता बढाइयो
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, जेठ १०, २०७७ बागेश्वरी पोस्ट
कोरोना संक्रमण देखिएपछि राप्तीसोनारीमा उच्च सर्तकता बढाइयो

बाँके(राप्तीसोनारी)।पहिलो कोरोना संक्रमित फेला परेपछि बाँकेको राप्तीसोनारी गाउँपालिका क्षेत्रमा उच्च  सर्तकता बढाइएको छ । राप्तीसोनारीका ९ वटै वडामा उच्च सर्तकता बढाइएको गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताउनु भयो ।

‘राप्तीसोनारीमा पहिलो पटक कोरोना संक्रमित फेला परेपछि थप सर्तकता बढाएका छौं, गाउँपालिकाबासीलाई अत्यावश्यक काम बाहेक कतै आवत–जावत र भिडभाड नगर्न अनुरोध गरेका छौं,’ उहाँले भन्नुभयो। भारतको महाराष्ट्रस्थित ‘नासिक’ भन्ने ठाउँबाट फर्केका राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ निवासी १८ बर्षिय युवकमा शुक्रबार कोरोना संक्रमण पुष्टी भएको थियो ।

भेरी अस्पताल नेपालगन्जमा भर्ना भइरहेको अवस्थामा प्रयोगशालामा कोरोना जाँच गर्दा पोजिटिभ देखिएको हो । वडा नम्बर ९ का वडाअध्यक्ष महाबीर ओलीका अनुसार युवक यही जेठ ७ गते नेपाल प्रवेश गरेका थिए। उनीसहित उक्त वडाका ४ जनालाई वडा नम्बर ९ स्थित गणेश माध्यामिक बिद्यालयको क्वारेन्टाइनमा राखिएको थियो ।

उक्त क्वारेन्टाइनमा शुक्रबार फर्केका समेत गरी अझै ६ जना बसिरहेका छन् । सिमा प्रवेश गरेकै दिन ती युवकलाई ज्वरोको लक्षण देखिसकेको थियो । ‘ज्वरोले झन् च्यापेपछि भोलीपल्ट(जेठ ८ गते) उनलाई हाम्रै एम्बुलेन्सबाट भेरी अस्पतालमा पठायौं, अस्पतालले स्वाब संकलन गरिदियो, अस्पतालमै रहँदा युवकलाई कोरोना भाइरस पोजिटिभ देखियो,’ वडा अध्यक्ष ओलीले भन्नुभयो ।

कोरोना संक्रमित १८ बर्षिय युवकलाई भेरी अस्पतालबाट खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसन कक्षमा सारिएको छ । युवकमा कोरोना पोजिटिभ देखिए लगत्तै आफुले अन्य ब्यक्तिको पनि कन्ट्रयाक्ट टेसिङमार्फत स्वाब संकलन गरिदिन आग्रह गर्दा अहिलेसम्म नभएको वडाअध्यक्ष ओलीको गुनासो छ । उहाँले भन्नुभयो, ‘अस्ति बिरामीलाई भेरी अस्पतालमा पनि धेरै प्रयास गरेर लगिएको हो, युवकलाई पोजिटिभ देखिएपछि अन्य ब्यक्तिको पनि स्वाब संकलन गरिदिन आग्रह गर्दा सुनुवाई भएन ।’

भारतबाट फर्केर आएका ब्यक्तिलाई राप्तीसोनारीका विभिन्न ७ वटा क्वारेन्टाइनमा राखिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले शुक्रबारसम्मको तथ्यांक अनुसार क्वारेन्टाइनमा १ सय ४० जना बसिरहेको जानकारी दिनुभयो । ‘क्वारेन्टाइनमा बसिरहेका ब्यक्तिहरु भारतबाट फर्केर आएका हुन्, अझै फर्किने क्रम चलिरहेको हुँदा संख्या बढ्ने निश्चित छ,’ उहाँले भन्नुभयो । क्वारेन्टाइनमा बसिरहेका ब्यक्तिलाई नेपाल सरकारको निर्देशिका अनुसार ब्यवस्थापन गरिएको बस्नेतले बताउनु भयो ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग फोकल पर्सन नरेश श्रेष्ठले शुक्रबार कोरोना संक्रमण पुष्टी भएका नरैनापुर गाउँपालिका वडा नम्बर ३ का १३ जनालाई लायन्स डेन्टल अस्पताल नेपालगन्ज र राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ का संक्रमितलाई सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको आइसोलेसनमा राखिएको श्रेष्ठले जानकारी दिनुभयो ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ मा बिहीबार संकलन गरिएको ४६ जनाको स्वाबको रिपोर्ट भने अझै आएको छैन । भेरीको प्रयोगशालामा चाप बढेपछि उक्त स्वाब परिक्षणका लागि दाङको घोराही लगिएको छ । गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री र स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद चुडालीले स्वाब दाङ पुर्याएर फर्किनु भएको थियो ।


प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७  ११:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खराब मौसमका कारण सुर्खेत विमानस्थल बन्द
खराब मौसमका कारण सुर्खेत विमानस्थल बन्द
जाँचबुझ आयोगका प्रबक्ता शर्मा भन्छन्-'निर्भिक र निष्पक्ष भएर प्रतिबेदन तयार गर्छौं'
जाँचबुझ आयोगका प्रबक्ता शर्मा भन्छन्-'निर्भिक र निष्पक्ष भएर प्रतिबेदन तयार गर्छौं'
अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटनामा
अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटनामा
आगजनीले क्षतिग्रस्त बार भवन मर्मतपछि भुइँ तलाबाट बाँके जिल्ला अदालतको सेवा प्रवाह !
आगजनीले क्षतिग्रस्त बार भवन मर्मतपछि भुइँ तलाबाट बाँके जिल्ला अदालतको सेवा प्रवाह !
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP