prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • कार्यभार सम्हालेको दोस्रो दिनमै कोरोनाको ‘हटस्पट’ नरैनापुरमा सिडिओ [फोटोफिचर]
कार्यभार सम्हालेको दोस्रो दिनमै कोरोनाको ‘हटस्पट’ नरैनापुरमा सिडिओ [फोटोफिचर]
RSG-2
सिडिओ आएपछि हौसला र आत्मविश्वास बढ्योः गाउँपालिका अध्यक्ष शाह
बागेश्वरी पोस्ट
बिहीबार, जेठ १५, २०७७ बागेश्वरी पोस्ट
कार्यभार सम्हालेको दोस्रो दिनमै कोरोनाको ‘हटस्पट’ नरैनापुरमा सिडिओ [फोटोफिचर]

नरैनापुर(बाँके) । कोरोनाको ‘हटस्पट’ बाँकेको नरैनापुर क्षेत्रको आज अनुगमन गरिएको छ । १ सय १४ जना संक्रमित र एक जनाको मृत्यु समेत भइसकेको नरैनापुरमा आज प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरम्बाङ पुगेर त्यहाँको पछिल्लो अवस्थाबारे जानकारी लिनुभएको छ ।

paribartan 1

त्यसै क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद् कृष्णा केसी नमुना, विभिन्न सुरक्षा निकायका प्रमुखहरुसहित कार्यभार सम्हालेको दोस्रो दिनमै त्यहाँ पुग्नुभएका कुरुम्बाङले क्वारेन्टाइन, आइसोलेसन केन्द्र बनाउन गृहकार्य भइरहेको लक्ष्मणपुर स्वास्थ्य केन्द्रसंगै सीमा क्षेत्रको पनि अनुगमन गर्नुभएको छ ।

गंगापुरस्थित सेनाको फरवार्ड वेशका सेनानी सुरेश कुमार श्रेष्ठ, इलाका प्रहरी कार्यालय भोजभगवानपुरका प्रहरी निरिक्षक मान बहादुर विसी र बोर्डर आउट पोष्ट (विओपी) कट्कुइँयाका प्रहरी निरिक्षक गणेश भण्डारीले त्यहाँको सुरक्षा अवस्था, सीमाको निगरानी, निषेधित क्षेत्र घोषणापछिको प्रभावकारिता, क्वारेन्टाइन, क्वारेन्टाइनमा बसेकाहरुको संख्या र संक्रमितहरुका बारेमा विफ्रिङ गर्नुभएको थियो ।

गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले गाउँपालिकाले आफ्नो स्रोत, साधन र जनशक्तिले भ्याएसंग व्यवस्थापन गरिरहेको जानकारी गराउँदै तत्काल विजुली र चिकित्सक उपलब्ध हुन सके क्वारेन्टाइन व्यवस्थापन, आइसोलेसन निर्माण र सञ्चालन गर्न सहज हुने बताउनुभयो । लक्ष्मणपुर स्वास्थ्य केन्द्रको अवलोकन गरिरहँदा प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ समक्ष अध्यक्ष शाहले कोरोनासंग जुझिरहेको नरैनापुरको अवस्था सुधार्न सबैले हातेमालो गर्न आवश्यक रहेको बताउनुभएको थियो ।

प्रदेश सांसद् नमुनाले कम्तिमा प्राथमिक स्वास्थ्य केन्द्र रहेको लक्ष्मणपुरसम्म तत्काल विद्युत पुर्याउन आफू लागिपरेको जानकारी गराउँदै निरन्तरको प्रयासपछि काम शुरु भएको बताउनुभयो । त्यसक्रममा आजदेखि विद्युत विस्तारको काम थालिएको ‘साइट’ को पनि निरिक्षण गरिएको थियो । विद्युत विस्तारको काम गरिरहेको निर्माण कम्पनीका त्रिलोक धितालले अबको १५ दिनभित्र विद्युतीकरणको सबै काम सकिने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले काम गर्ने क्रममा केही अप्ठेरो र बाधा व्यवधान भए तत्काल जानकारी गराए आफूहरुले सहजीकरण गर्ने बताउनुभयो । अनुगमन पश्चात् प्रतिक्रिया दिँदै प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले नरैनापुरको अवस्था नियन्त्रणमै रहेको बताउनुभयो । उहाँले निषेधित क्षेत्रको पालना भइरहेको, पछिल्लो समय संक्रमितहरु नथपिएको र क्वारेन्टाइनमा बस्नेहरु पनि घट्दै गएको बताउनुभयो । जिल्ला प्रशासनले ‘रेड जोन’ घोषणा गरेर निषेधित क्षेत्र लागू गरेको नरैनापुरमा विस्तारै सुधार देखिँदै गएको उहाँको भनाई थियो ।

कोरोना संक्रमणपछि पहिलोपटक प्रमुख जिल्ला अधिकारी सुरक्षा निकायका प्रमुखसहित नरैनापुर पुगेपछि हौसला र आत्मविश्वास बढेको गाउँपालिकाका अध्यक्ष शाहले बताउनुभयो । त्यस क्रममा प्रमुख जिल्ला अधिकारीले राप्तीसोनारीको वडा नम्बर ७ स्थित नेरा माविमा रहेको क्वारेन्टाइनका बारेमा पनि वडा अध्यक्ष रामलखन थारुसंग जानकारी लिनुभएको थियो ।

अनुगमनमा भैरव प्रसाद गण राँझाका गणपति प्रमुख सेनानी नकुल थापा, बाँके प्रहरी प्रमुख प्रहरी उपरिक्षक बिर बहादुर ओली, सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरीका सशस्त्र प्रहरी उपरिक्षक दिपक अधिकारी लगायत हुनुहुन्थ्यो ।















प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७  १९:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा कोहलपुरमा अव्यवस्थित वसोवासीलाई लालपुर्जा वितरण
लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा कोहलपुरमा अव्यवस्थित वसोवासीलाई लालपुर्जा वितरण
कपडा तथा सिलाई व्यवसायी संघले प्रशासनसंगै स्थानीय सरकारलाई बुझायो ज्ञापनपत्र
कपडा तथा सिलाई व्यवसायी संघले प्रशासनसंगै स्थानीय सरकारलाई बुझायो ज्ञापनपत्र
आज मुस्लिम समुदायको मोहर्रम पर्व, ताजिया विसर्जन गरिँदै
आज मुस्लिम समुदायको मोहर्रम पर्व, ताजिया विसर्जन गरिँदै
नयाँ मिडियालाई आमसञ्चारको माध्यमको रुपमा स्वीकार गर्नुको विकल्प छैनः धर्मेन्द्र झा
नयाँ मिडियालाई आमसञ्चारको माध्यमको रुपमा स्वीकार गर्नुको विकल्प छैनः धर्मेन्द्र झा
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP