नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • लकडाउनमा बढ्दो लैंगिक हिंसा,न्यायका लागि सम्वादको पहल
लकडाउनमा बढ्दो लैंगिक हिंसा,न्यायका लागि सम्वादको पहल
बागेश्वरी पोस्ट
शनिबार, जेठ १७, २०७७ बागेश्वरी पोस्ट
लकडाउनमा बढ्दो लैंगिक हिंसा,न्यायका लागि सम्वादको पहल

नेपालगञ्ज।कोरोनाको बढ्दो संक्रमणकै अवधीमा पनि बाँकेमा लैैंगिक हिंसामा कमी नभएपछि सम्वाद समूह बाँकेले सरोकार पक्षसँग आवश्यक समन्वय र सम्वाद सहजीकरणको प्रक्रिया बढाएको छ ।

लकडाउनकै अवधीमा पनि घरेलु हिंसा, जवरजस्तीकरणी, यौन दुरुपयोग लगायतका घटनाहरु वृद्धि भएको पाइएपछि समूहले सम्वन्धित निकायको ध्यानाकर्षणसँगै घट्ना न्यूनीकरण र न्यायका लागि आवश्यक सम्वाद गरेको हो । प्रहरी, स्थानीय सरकार लगायत सरोकार पक्षले गरिरहेको पहल र थप सहकार्यका सन्दर्भमा सम्वाद समूह, बाँकेले शुक्रवार भर्चुअल (जुम ) सम्वाद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख, स्थानीय सरकार उपप्रमुख, अधिकारकर्मी र सम्वादकर्ताबीचको अन्तरक्रियात्मक सम्वादमा महिला हिंसाका घटना, स्वरुप÷प्रवृती, भइरहेको पहल र अबको आवश्यक्ताका विषयमा सम्वाद गरिएको थियो । सम्वाद समूह बाँकेका सहजकर्ता शुक्रऋषि चौलागाईद्धारा सहजीकरण गरिएको सम्वादमा अधिकांसले कोरोनाको बढ्दो संक्रमणमा सरकारका मौज्दात संयन्त्रले सहज र प्रभावकारी काम गर्न नसक्ने जीकीर गर्दै नयाँ संयन्त्रमार्फत न्याय सम्पादन गर्नु पर्ने आवश्यक्ता औल्याए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बीर बहादुर वलीले कोरोना संक्रमणको सन्त्रास र लकडाउनकै अवधीमा पनि लैंगिक हिंसाका घटनामा कमी नभएको स्वीकार्नु भयो । लकडाउन लागु भएदेखि हालसम्म प्रहरी कार्यालय बाँकेमा ६७ वटा लैंगीक र महिला हिंसासँग सम्वन्धीत घटनाहरु दर्ता भएको उहाँले जानकारी दिनु भयो । कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा ध्यान केन्द्रीत गरिएपनि प्रहरी समक्ष आएका महिला िहंसाका घटनामा भने अनुसन्धान प्रक्रिया अघि बढाइएको उहाँले स्पष्ट पार्नु भयो ।

कतीपय घटनामा सरोकार पक्षबीच गम्भिर छलफल गर्ने, पक्राउ गरि कारवाही गर्ने सवालमा सहज बातावरण नभएको स्वीकार्दै उहाँले कोरोना परिक्षण गरेर मात्र थप प्रक्रिया बढाउनु पर्ने बाध्यात्मक अवस्था रहेको पनि गुनासो गर्नु भयो । कोरोना प्रभावकै कारण थप हिंसा हुन सक्ने संकेत गर्दै प्रहरी प्रमुख वलीले जिल्लास्तरमा थप संयन्त्र निर्माण गरेर पनि हिंसा रोकथाम र प्रभावकारी न्याय दिन सकिने विश्वास व्यक्त गर्नु भयो । जिल्ला प्रहरी कार्यालय, बाँके महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र नेपालगञ्जका अनुसार– चैत्र ११ देखि चैत्र मसान्तसम्म १७ वटा, वैशाखमा ३६ वटा, जेठ १५ गते सम्म १४ वटा घटना दर्ता भएका छन् ।

लकडाउन अबधीमा सबै भन्दा बढी घरेलु हिंशाका घटना दर्ता भएका छन् । गाली बेइज्जती, कुटपिट र वेपत्ताका घटनाहरु पनि छन् । नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगरले मौज्दात सरकारी संयन्त्रले मात्र महिला हिंसा लगायतका घटनाको न्यूनीकरण र न्याय दिन सक्ने अवस्था नरहेको जीकीर गर्दै सरोकार पक्षबीचको सम्वादमार्फत नयाँ संरचना निर्माण गर्नुपर्नेमा जोड दिनु भयो ।

न्याययीक समिती संयोजक एवं सम्वाद समूह सदस्य समेत रहनु भएकी थापामगरले हिंसाका घटनालाई सम्वेदनशिल रुपमा नलिइएको भन्दै प्रहरीले घटनाको गाम्भिर्यताका आधारमा प्राथमीकीकरण गरि अनुसन्धान र न्यायको प्रक्रिया बढाइनु पर्ने बताउनु भयो । स्थानीय प्रशासन, स्थानीय सरकार, प्रहरी अधिकारी, अधिकारकर्मी र सम्वादकर्ताबीचको सम्वादबाटै आवश्यक बाटो पहिल्याउन सकिने उहाँको विश्वास थियो । खजुरा गाउँपालिकाकी उपाध्यक्ष एकमाया विकले फौजदारी घटनामा न्याययीक समितिले न्याय दिन सक्ने अवस्था नरहेको भन्दै त्यस्ता घटनाको सही सूचना प्रहरी सम्म पु¥याउने बातावरण बनाउन जरुरी रहेको बताउनु भयो ।

अधिकारकर्मी कमला पन्तले हिंसाका घटनाको तत्काल सम्वोधन र पीडितलाई थप पीडित हुन नदिन संरक्षण गर्ने सवाललाई प्राथमिकता दिइनुपर्ने आवश्यक्ता औल्याउनु भयो । बढदो कोरोना संक्रमणले महिला, बालबालिकालाईलाई मानशिक रुपमा विक्षिप्त बनाउन सक्ने सम्भावना रहेकाले मनोविमर्श, आयआर्जन लगायतका कार्यक्रमलाई पनि सँगसँगै लैजानुपर्नेमा उहाँको जोड थियो ।

यस्तै नेपाल मानवअधिकार संगठन बाँकेका सभापति एवं अधिवक्ता प्रहलाद बहादुर कार्कीले प्रहरीको एकल पहलले मात्र हिंसा रोक्न नसकिने भन्दै सबै पक्षको सहकार्यमा जोड दिनु भयो । जुम मीटीङमा सम्वाद समूह सदस्य एवं पत्रकार मधु पौडेल, सूचना अभियन्ता लक्ष्मी तिवारी, द्धन्द्धपीडित तथा एकल महिला सञ्जाल बाँकेकीे संस्थापक अध्यक्ष शोभा वीसी लगायत एक दर्जनको सहभागीता रहेको थियो ।


प्रकाशित मिति: शनिबार, जेठ १७, २०७७  ०९:१२
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रुक्मिणी शाहको पूण्यतिथिमा भवन निर्माणका लागि सहयोग
रुक्मिणी शाहको पूण्यतिथिमा भवन निर्माणका लागि सहयोग
प्रेस युनियनले ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ गर्ने
प्रेस युनियनले ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ गर्ने
बाँकेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
बाँकेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP