Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • युनिसेफका प्रतिनिधिद्वारा नरैनापुरका क्वारेन्टाइन र स्वास्थ्य केन्द्रको अनुगमन
युनिसेफका प्रतिनिधिद्वारा नरैनापुरका क्वारेन्टाइन र स्वास्थ्य केन्द्रको अनुगमन
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, जेठ २०, २०७७ बागेश्वरी पोस्ट
युनिसेफका प्रतिनिधिद्वारा नरैनापुरका क्वारेन्टाइन र स्वास्थ्य केन्द्रको अनुगमन

नरैनापुर, बाँके । युनिसेफका प्रतिनिधिले आज बाँकेको नरैनापुर गाउँपालिकाका क्वारेन्टाइन र प्राथमिक स्वास्थ्य केन्द्रको अनुगमन गरेका छन् ।युनिसेफका प्रतिनिधिहरु स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य निरिक्षकहरुसंगै अनुगमनका लागि नरैनापुर पुगेका थिए ।

गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी र क्वारेन्टाइन व्यवस्थापकहरुसंग उनीहरुले छलफल गरेको स्वास्थ्य शाखा सहसंयोजक नागेन्द्र कुमार शाहले जानकारी दिनुभयो । युनिसेफका उप प्रतिनिधि जेम्स म्याक्वेन प्याट्टरसन, युनिसेफ नेपालगञ्जका पोषण अधिकृत प्रकाशचन्द्र जोशी लगायतको टिम र स्वास्थ्य कार्यालय बाँकेका बरिष्ठ जनस्वास्थ्य निरिक्षक अंगद बहादुर शाही र जनस्वास्थ्य निरिक्षक एवम् कोरोना फोकल पर्सन नरेश श्रेष्ठले आदर्श मावि लक्ष्मणपुर र मोतिपुर क्वारेन्टाइन तथा प्राथमिक स्वास्थ्य केन्द्र लक्ष्मणपुरको अनुगमन गर्नुभएको शाहले बताउनुभयो ।

त्यस क्रममा गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले आइसोलेसन अस्पताल बनाउने भनिएको लक्ष्मणपुर स्वास्थ्य केन्द्रमा विजुली र चिकित्सक नहुँदा समस्या भएको बताउँदै विजुली पुगेपछि आइसोलेसन बनाइने जानकारी गराउनुभयो । अनुगमनमा गएको टोलीले पनि विजुली नपुग्दासम्म तत्काल आइसोलेन सञ्चालन गर्न नसकिने निष्कर्ष निकालेको अध्यक्ष शाहले बताउनुभयो । क्वारेन्टाइनमा बस्नेहरुको संख्या कम हुँदै गएकाले अहिले क्वारेन्टाइन व्यवस्थापनमा पहिले जस्तो समस्या नभएको आफूले अवगत गराएको अध्यक्ष शाहले बताउनुभयो ।

त्यसक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, स्वास्थ्य शाखा संयोजक मोइन खाँ, सूचना अधिकारी लक्ष्मीकान्त मिश्र लगायतले कोभिड १९ नियन्त्रणका लागि भइरहेका प्रयास, भोग्नुपरिरहेको समस्या र क्वारेन्टाइन व्यवस्थापनबारे जानकारी गराउनुभएको थियो । नरैनापुरमा हालसम्म ९ सय ७८ जना क्वारेन्टाइनमा बस्दा संक्रमण नभएर ७ सय ९ जना घर फिर्ता भएका छन् ।

कालाफाँटामा कार्यरत गुल्मीका प्रहरी जवान सहित १ सय १६ जना संक्रमित भएकोमा एकजनाको मृत्यु भएको छ भने ३ जना उपचारपछि घर फर्केका छन् । अहिले नरैनापुरका क्वारेन्टाइनमा १ सय ५३ जना रहेको स्वास्थ्य कार्यालय बाँकेका कारोना फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो ।



प्रकाशित मिति: मंगलबार, जेठ २०, २०७७  १५:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP