Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राप्तीसोनारी गाउँपालिकाका सबै कर्मचारीलाई हाजिर हुन निर्देशन जारी
राप्तीसोनारी गाउँपालिकाका सबै कर्मचारीलाई हाजिर हुन निर्देशन जारी
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, जेठ २४, २०७७ बागेश्वरी पोस्ट
राप्तीसोनारी गाउँपालिकाका सबै कर्मचारीलाई हाजिर हुन निर्देशन जारी

बाँके(राप्तीसोनारी)। राप्तीसोनारी गाउँपालिकाले सबै कर्मचारीलाई भोली सम्ममा अनिवार्य कार्यालयमा हाजिर हुन निर्देशन गरेको छ।

गाउँपालिकामा दरबन्दी भएर पनि कतिपय कर्मचारी नियमित रुपमा हाजिर नभएपछि कर्मचारी अभावको समस्या बल्झिएको हो । हाल कोभिड १९ कारण दरबन्दी भई कतिपय कर्मचारी नियमित हाजिर नभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिनुभयो ।

कर्मचारी हाजिर नहुँदा आर्थिक वर्षको अन्त्य हुनै लाग्दा कतिपय कामहरु प्रभावित हुन पुगेको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताउनु भयो । गाउँपालिका कार्यालयले कर्मचारीका लागि एक सूचना नै प्रकाशित गरेर जेठ २५ गतेभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।

गाउँपालिकाका योजना शाखा प्रमुख बालानन्द पौडेलले हस्ताक्षर गरेको सूचनामा भनिएको छ, 'आर्थिक वर्षको अन्त्य हुनै लागेको सन्दर्भमा चालु आर्थिक वर्षका कतिपय कार्यक्रमहरु तत्काल सम्पन्न गर्नुपर्ने भएको र आगामी आर्थिक वर्ष २०७७/७८ का योजना तथा कार्यक्रमहरु समेत समयमै तयार गर्नुपर्ने भएकोले यस कार्यालय र मातहत निकायका सबै कर्मचारीहरु २०७७/२/२५ गते देखी कार्यालयमा अनिवार्य रुपमा हाजिर भई नियमित कामकाज गर्न हुन आदेशानुसार जानकारी गराइन्छ ।

अन्यथा प्रचलित कानुन बमोजिम कारवाही भईजाने ब्यहोरा समेत अनुरोध छ ।' राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले कर्मचारी अभावले गर्दा गाउँपालिकाको विकास निर्माणका साथै सेवाग्राहीको काम काज गर्न समस्या हुदै आएको बताउनु भयो ।

संघिय सरकारले सुरु देखी नै गाउँपालिकालाई कर्मचारी नदिएको उहाँको गुनासो छ । 'संघिय सरकारले न आफुले कर्मचारी पठाउँछ, न त गाउँपालिकालाई कर्मचारी भर्ना गर्न दिन्छ,' उहाँले भन्नुभयो ।


प्रकाशित मिति: शनिबार, जेठ २४, २०७७  २१:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP