नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • 'भुलिएको'बाँकेमा भएको फोर्स गाडी दुर्घटना
'भुलिएको'बाँकेमा भएको फोर्स गाडी दुर्घटना
बागेश्वरी पोस्ट
आइतबार, जेठ २५, २०७७ बागेश्वरी पोस्ट
'भुलिएको'बाँकेमा भएको फोर्स गाडी दुर्घटना
दुर्घटनामा परेको फोर्स गाडी

बाँके । त्यो खबर सुनेर पूरै नेपाल केही बेर अत्तालियो र दुखी बन्यो। घटनास्थलको तस्बिर हेर्ने मानिस स्तब्ध भए, विचलित बने।

कोभिड-१९ को विश्वव्याधिबाट ज्यान जोगाउन ३० जनाभन्दा बढी नेपाली युवा उत्तर भारतका विभिन्न सहरबाट चर्को गर्मी, भोकप्यास र अनेकन हन्डर खाएर नेपाल भित्रिएका थिए। उनीहरू गएको आइतबार राति बा५ख ५९९५ नम्बरको गाडीमा नेपालगन्जबाट सल्यान जाँदै थिए।

त्यसै रात बाँके, राप्तीसोनारीको ठुरिया जंगलमा ट्रकसँग जुधेर उनीहरूको गाडी दुर्घटना भयो। बाह्र जनाले ज्यान गुमाए, २१ जना घाइते भए। नेपाल भित्रिएलगत्तै ठगिएकाु र त्यसपछि हृदयविदारक दुर्घटनामा मारिएकाु वा गम्भीर घाइते बनाइएका ती ३० होनहार नेपाली युवाको दारुण कथालाई यतिबेलासम्म सम्भवत: पीडित पक्षबाहेक पूरै नेपालले बिर्सिइसकेको छ।

 

बाँके दुर्घटनाका पाँच कारक

सञ्चार माध्यममा आएका विवरण र स्थानीय अधिकारीहरूको भनाइ पत्याउने हो भने बाँके दुर्घटनाका पछाडि पाँच कारण छन् -

पहिलो, मध्यरात हुनै लाग्दा लकडाउनको घनघोर अवज्ञा हुनु र भर्खरै नेपाल भित्रिएका युवा सोझै गाउँ फर्किने वातावरण बन्नु,

दोस्रो, चार गुणाभन्दा बढी भाडा लिएर क्षमताभन्दा दोब्बर बढी यात्रु बोक्नु,

तेस्रो, चालकद्वारा मादक पदार्थ सेवन गर्नु,

चौथो, अत्यन्त तीव्र गतिमा पूर्व-पश्चिम राजमार्गको कोहलपुर-दाङ खण्डमा सवारी चलाउनु, र

पाँचौं, यति धेरै नियम कानुनको ठाडो उल्लंघन हुँदा पनि प्रहरी, प्रशासन, र  बाँके राष्ट्रिय निकुञ्जका सुरक्षाकर्मीसमेत पूरै बेखबर हुनु,

कसैले पनि लकडाउन तथा सडक नियम उल्लंघन भएको चालै नपाउनु। त्यो भयानक दुर्घटनामा परेर भाग्यले बाँचेका घाइतेहरूका अनुसार, मदिराले लठ्ठ चालकले बाँके निकुञ्ज क्षेत्रको राजमार्गमा यति तीव्र गतिमा गाडी कुदाएका थिए, सडकमा रोकिइराखेको मालवाहक ट्रकभित्र सिधै जोतिन पुग्यो। ट्रक करिब ४५ मिटर परसम्म धकेलिएको थियो।

यति धेरै नियम अवज्ञाबीच हुने यातायात दुर्घटनालाई विकसित देशमा भइदिएको भए म्यानस्लटरु मुद्दा लगाउँदै गम्भीर हत्या अपराध ठानिन्छ। चालक र सरोकारवाला सबै पक्षलाई कानुनअनुसार दण्ड दिइन्छ।

दुर्भाग्य, बाँके दुर्घटनामा परेका ती चालकले पनि दुर्घटनामा ज्यान गुमाए। त्यो दुर्घटनामा सानो विमान वा हेलिकप्टर जोडिएको भए पनि विज्ञ सामेल जाँचबुझ र छानबिन आयोग गठन भइसक्थ्यो। बाँकेमा भने प्रशासनले कमजोरी भएकोु स्वीकार गर्नुबाहेक अरू केही गरेको छैन।

भातभुंग सपनाहरू

कोभिड-१९ बाट बच्न भारतको सिम्ला, चण्डिगढजस्ता सहरबाट नेपाल घर फर्किएका युवाहरू आफूले कमाएको सबै रकम सवारी भाडामा लुटाएरु अकाल मृत्युको मुखमा पुगेका छन्।

बिरामी बुबा हेरचाह गर्नेु र टिनको घर भत्काएर नयाँ बनाउनेु जस्ता कैयन सपना निमेषभरमै भताभुंग भएका छन्।

उनीहरूलाई पर्खिएर बसेका परिवारजन तथा साथीभाइ सबै शोकमा डुब्न बाध्य भएका छन्।

ब्रिटेनको युनिभर्सिटी अफ वेस्ट इङ्ल्यान्डमा चोटपटकसम्बन्धी अनुसन्धान गरिरहेका नेपाली शोधकर्ता पुष्पराज पन्तको अनुमानमा नेपालमा लकडाउन अवधिमा जेठ मसान्तसम्म सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या २०० पुग्ने संकेत देखिएका छन्।

बाँके दुर्घटनापछि उनले फेसबुकमा लेखेका छन्, अहिलेको यस कोरोना भाइरस, व्यक्तिगत दुरी, संक्रमण रोकथाम, लकडाउनको समय एउटा भ्यानमा ३५ जना चढाउन कुन प्रशासनले किन अनुमति दियोरु अविलम्ब छानबिन गरी अनुमति दिने जोसुकैलाई राजा महेन्द्रको पालाको संक्रामक रोग ऐन २०२० अनुसार गणतन्त्रमा कारबाही होस्। मानिसको ज्यान जोखिममा कसैले पार्न पाइँदैन।

सेतोपाटीबाट साभार। (लेखक लामो समय बीबीसी संवाददाता एवं प्रस्तोता रहेका लेखक हाल एक स्वतन्त्र पत्रकार सुरेन्द्र फुयाल हुन्।)


प्रकाशित मिति: आइतबार, जेठ २५, २०७७  १०:५०
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रुक्मिणी शाहको पूण्यतिथिमा भवन निर्माणका लागि सहयोग
रुक्मिणी शाहको पूण्यतिथिमा भवन निर्माणका लागि सहयोग
प्रेस युनियनले ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ गर्ने
प्रेस युनियनले ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ गर्ने
बाँकेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
बाँकेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP