नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • अग्रपंक्तिका कोरोना योद्धा अध्यक्ष बस्नेतले जिते कोरोना विरुद्धको लडाइँ
अग्रपंक्तिका कोरोना योद्धा अध्यक्ष बस्नेतले जिते कोरोना विरुद्धको लडाइँ
बागेश्वरी पोस्ट
मंगलबार, जेठ २७, २०७७ बागेश्वरी पोस्ट
अग्रपंक्तिका कोरोना योद्धा अध्यक्ष बस्नेतले जिते कोरोना विरुद्धको लडाइँ
कोरोनालाई जिते पश्चात् वडा अध्यक्ष खुम बहादुर बस्नेतलाई बिदाई गर्दै प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेत

बाँके(राप्तीसोनारी)।कोरोनालाई जितेर राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष खुमबहादुर बस्नेतसहित ७ जना मंगलबार डिस्चार्ज हुनु भएको छ ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ स्थित शिवशक्ती माध्यामिक बिद्यालयको आइसोलेसनबाट बस्नेतसहित ३ जना, राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ स्थित जनमुखी सामुदायिक वन समुहको आइसोलेसनबाट ३ र राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ को आइसोलेसनबाट १ जना डिस्चार्ज हुनु भएको हो ।

डिस्चार्ज भएका वडाअध्यक्ष बस्नेतसहित सबैलाई शिवशक्ती माध्यामिक बिद्यालयको आइसोलेसनमा पुगेर राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेत, कार्यपालिका सदस्य नैना खत्री लगायत जनप्रतिनिधी, पत्रकार सौरभ गिरी, कर्मचारी , शुभेच्छुक, वडाबासी लगायतले भब्य रुपले स्वागत गर्नुभयो । डिस्चार्ज भएपछि संक्षिप्त प्रतिक्रिया दिदै वडाअध्यक्ष बस्नेतले सबैको माया, स्नेह र उच्च मनोबलले कोरोना भाइरसलाई जित्न सहज भएको बताउनु भयो ।

‘तपाईहरु सबैको माया र स्नेहले गर्दा मैले उच्च मनोबलका साथ कोरोना भाइरसलाई जित्न सफल भएको हुँ,’ उहाँले भन्नुभयो ।भारतबाट फर्केर सिमाक्षेत्रमा अलपत्र परेका वडाका बासिन्दालाई उद्धार गरेको केहीदिन पछि जेठ ११ गते वडाअध्यक्ष बस्नेतलाई कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि उहाँ शिवशक्ती माध्यामिक बिद्यालयको आइसोलेसनमा नियमित रुपमा बस्दै आउनु भएको थियो ।

बस्नेतलाई कोरोना पोजेटिभ देखिएपनि उहाँको सम्पर्कमा आएका सबैको रिपोर्ट नेगेटिभ आएको थियो । पहिलो चरणमा परिक्षण गरिएको २६ र दोस्रो चरणमा परिक्षण गरिएको ७१ जनाको रिपोर्ट नेगेटिभ आएको हो । ‘आइसोलेसनमा बस्दा नियमित रुपमा ब्यायाम गर्ने काम भयो, खानपिनमा विशेष ध्यान दिइयो, मनोबल उच्च राखियो, साथीभाई र इष्टमित्रबाट हौसला पाइरहे, मलाई कोरोनाबाट मरिन्छ भन्ने रतिभर पनि डर थिएन,’ उहाँले भन्नुभयो ।

डिस्चार्ज भइसकेपछि स्वास्थ्यकर्मीको सल्लाह अनुसार एक हप्ताजति घरमै होम क्वारिन्टिनमा समय बिताउनेछु र त्यसपछि कोरोना भाइरस विरुद्धको अभियानमा लाग्ने वडाअध्यक्ष बस्नेतले बताउनु भएको छ । ‘कोरोना भाइरस भएको मान्छेलाई हेर्ने दृष्टिकोण समाजमा गलत छ, कोरोना भाइरसलाई जित्न भन्दा समाजको गलत बुझाईलाई चिर्न बढी चुनौती छ, समाजको गलत दृष्टिकोणलाई परिवर्तन गर्न म सक्रिय हुनेछु र आइसोलेसनमा बसेका संक्रमित ब्यक्तिलाई परामर्श दिने काम गर्नेछु,’ उहाँले भन्नुभयो ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार मंगलबार राप्तीसोनारीका ७ र नरैनापुरका २२ जना गरी कुल २९ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् ।


प्रकाशित मिति: मंगलबार, जेठ २७, २०७७  २१:५७
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रुक्मिणी शाहको पूण्यतिथिमा भवन निर्माणका लागि सहयोग
रुक्मिणी शाहको पूण्यतिथिमा भवन निर्माणका लागि सहयोग
प्रेस युनियनले ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ गर्ने
प्रेस युनियनले ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ गर्ने
बाँकेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
बाँकेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP