Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • कोरोनाबाट मृत्यु भएका युवकका परिवारलाई नरैनापुर गाउँपालिकाद्वारा ५० हजार प्रदान
कोरोनाबाट मृत्यु भएका युवकका परिवारलाई नरैनापुर गाउँपालिकाद्वारा ५० हजार प्रदान
RSG-2
घर बनाउन ३ लाख दिइने, अध्यक्षको व्यक्तिगत ५० हजार सहयोग
बागेश्वरी पोस्ट
शुक्रबार, जेठ ३०, २०७७ बागेश्वरी पोस्ट
कोरोनाबाट मृत्यु भएका युवकका परिवारलाई नरैनापुर गाउँपालिकाद्वारा ५० हजार प्रदान

नरैनापुर (बाँके) । कोरोनाबाट मृत्यु भएका युवकको परिवारलाई नरैनापुर गाउँपालिकाले ५० हजार रुपैयाँ प्रदान गरेको छ । अध्यक्ष इस्तियाक अहमद शाह आज मृतक युवकको घर वडा नम्बर ५ नयाँ बस्ती पुगेर परिवारलाई क्रिया खर्च स्वरुप ५० हजार रुपैयाँको चेक प्रदान गर्नुभएको हो ।

मृतक युवकका बुवा, आमा र श्रीमतीलाई उहाँले चेक हस्तान्तगरण गर्नुभएको हो । "अहिलेलाई क्रिया खर्च स्वरुप ५० हजार दिएका हौं, अब मृतकको परिवारलाई घर बनाउन गाउँपालिकाले ३ लाख रुपैयाँ दिन्छ," अध्यक्ष शाहले भन्नुभयो-"बालबच्चाको लागि मैले पनि व्यक्तिगत ५० हजार रुपैयाँ दिन्छु ।" पीडित परिवारका लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने अध्यक्ष शाहले बताउनुभयो ।

"यो नराम्रो घटनाले हामी सबैको मन रुवाएको छ, यो दुःखको घडीमा मनलाई सम्हाल्नुस्, म हरेक पल तपाईंहरुसंगै छु," अध्यक्ष शाहले पीडित परिवारलाई सान्त्वना दिँदै भन्नुभयो-"अब यी दुई बालबच्चाको भविष्य राम्रो बनाउन लाग्नुपर्छ, त्यसका लागि म हरपल सहयोग गर्न तत्पर छु ।" अध्यक्ष शाहले खाद्यान्न, तेल, नुन, दाल, झुल लगायतको राहत सामग्री पनि मृतक युवकको परिवारलाई प्रदान गर्नुभएको थियो ।

त्यस अवसरमा वडा नम्बर २ का अध्यक्ष मसुद अहमद शाह, गाउँपालिकाका योजना शाखा प्रमुख विजय यादव, प्रशासन प्रमुख भरत महतो, सूचना अधिकारी लक्ष्मीकान्त मिश्र लगायत हुनुहुन्थ्यो ।

गत जेठ ४ गते क्वारेन्टाइनमै बसेका बेला वडा नम्बर ५ नयाँ बस्तीका २५ बर्षीय युवकको मृत्यु भएको थियो । मृत्युपछि उनमा कोरोना पुष्टि भएको हो । भारतको मुम्बइबाट आएका उनी भगवानपुरको दिपेन्द्र प्रावि क्वारेन्टाइनमा थिए ।




प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०७७  १५:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP