नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बाँकेको नरैनापुर गाउँपालिकाले ल्यायो ५५ करोडको बजेट
बाँकेको नरैनापुर गाउँपालिकाले ल्यायो ५५ करोडको बजेट
RSG-2
पूर्वाधार विकास र शिक्षामा बजेट केन्द्रित
बागेश्वरी पोस्ट
बुधबार, असार १०, २०७७ बागेश्वरी पोस्ट
बाँकेको नरैनापुर गाउँपालिकाले ल्यायो ५५ करोडको बजेट

नरैनापुर (बाँके) । बाँकेको नरैनापुर गाउँपालिकाले ५५ करोडको बजेट ल्याएको छ ।

गाउँपालिकाको चौथो गाउँसभामा आज (बुधबार) गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले आर्थिक बर्ष २०७७/७८ का लागि ५५ करोड २८ लाख २३ हजार ३ सय ६० को बजेट प्रस्तुत गर्नुभएको हो ।

पूर्वाधार विकासमा सशर्त बाहेक ४ करोड ८० लाख, विविध अनुदान अन्तर्गत् गौशाला निर्माणका लागि ७ करोड, गाउँपालिका भवन निर्माणमा ४ करोड, सशर्त बाहेक शिक्षामा २ करोड १८ लाख, स्वास्थ्यमा १ करोड ७४ लाख, कृषि तथा पशुमा १ करोड, विपत् व्यवस्थापनमा १ करोड र महिला सशक्तिकरण तथा समवेशीकरणमा ४० लाख रुपैयाँ विनियोजन गरिएको छ । संघीय सरकारबाट प्राप्त ३९ करोड २० लाख ९७ हजार ३ सय ६०, प्रदेश ५ सरकारबाट ३ करोड ५३ लाख १ हजार र आन्तरिक राजश्वतर्फ अनुमानित ५४ लाख १५ हजारमा आधारित रही आर्थिक बर्ष २०७७/७८ को बजेट ल्याइएको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताउनुभयो । कोभिड-१९ नियन्त्रण, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, गरिबी न्यूनीकरण, कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको खरालले बताउनुभयो ।

गाउँपालिकालाई नेपाल सरकारबाट समानीकरण अनुदान ११ करोड २३ लाख, नेपाल सरकार राजश्व बाँडफाँड ९ करोड १३ लाख ९७ हजार ३ सय ६०, सशर्ततर्फ १७ करोड ६४ लाख र विशेष एवं समपूरक अनुदानतर्फ १ करोड २० लाख रुपैयाँ प्राप्त भएको छ । त्यस्तै प्रदेश ५ सरकारबाट समानीकरण अनुदान ५५ लाख ९ हजार, राजश्व बाँडफाँड ३९ लाख ४२ हजार, सशर्ततर्फ १ करोड ४८ लाख ५० हजार र विशेष एवं समपूरक अनुदानतर्फ २ करोड १० लाख रुपैयाँ प्राप्त भएको छ । जिल्ला समन्वय समितिको विविध अनुदानतर्फ ११ करोड रुपैयाँ रहेको खरालले बताउनुभयो ।

चालू आर्थिक बर्षका लागि नरैनापुर गाउँपालिकाले ४३ करोड ३४ लाख १ हजारको बजेट ल्याएको थियो । उपाध्यक्ष जयन्तिदेवी श्रीवास्तब, वडा नम्बर १ का अध्यक्ष मोल्हे बेहना शेष, वडा नम्बर २ का अध्यक्ष मसुद अहमद शाह, ३ का अध्यक्ष राजकुमार मौर्य, ४ का अध्यक्ष दिनेश प्रसाद शर्मा, वडा नम्बर ५ का अध्यक्ष कृष्णचन्द्र मौर्य, ६ का अध्यक्ष विरेन्द्रपाल सिंह, कार्यपालिका सदस्य, वडा सदस्यको उपस्थिति रहेको गाउँसभाको सञ्चालन गाउँपालिकाका प्रशासन तथा जिन्सी शाखा प्रमुख भरत महतोले गर्नुभएको थियो । नीति तथा कार्यक्रम र बजेट पारित गर्दै गाउँसभा सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत खरालले बताउनुभयो ।


प्रकाशित मिति: बुधबार, असार १०, २०७७  १६:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP