नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, माघ २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राप्तीसोनारी गाउँपालिकाको ७९ करोड ३३ लाख रुपैयाँको बजेट पारित
राप्तीसोनारी गाउँपालिकाको ७९ करोड ३३ लाख रुपैयाँको बजेट पारित
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असार १०, २०७७ बागेश्वरी पोस्ट
राप्तीसोनारी गाउँपालिकाको ७९ करोड ३३ लाख रुपैयाँको बजेट पारित

राप्तीसोनारी, बाँके । राप्तीसोनारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ७९ करोड ३३ लाख ६ सय ९० रुपैयाँको बजेट पारित गरेको छ ।
गाउँपालिकाको बुधबार आयोजित सातौं गाउँसभाले उक्त बजेट पारित गरेको हो । “समृद्ध राप्तीसोनारीको आधार शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र दिगो पुर्वाधार” भन्ने मुल नाराकासाथ आयोजित गाउँसभाले चालुतर्फ ५६ करोड ९५ लाख १५ हजार ६ सय ९० र पुँजीगततर्फ २२ करोड ३७ लाख ८५ हजार रुपैयाँको बजेट पारित गरेको छ । सभाले पुर्वाधार विकास कार्यक्रमका लागि २० करोड ५७ लाख, सामाजिक विकास कार्यक्रममा ६ करोड १२ लाख ६५ हजार, वन वातावरण तथा विपद ब्यवस्थापन कार्यक्रमका लागि २ करोड ६५ लाख र सुशासन तथा संस्थागत विकास कार्यक्रमका लागि २१ लाख रुपैयाँ वनियोजन गरेको छ ।
यस्तै चालु खर्च तर्फ कार्यालय सञ्चालन तथा उपभोग खर्चका लागि ११ करोड ४२ लाख ५० हजार रुपैया विनियोजन गरिएको छ । वडागत चालु प्रशासनिक कार्यक्रमतर्फ ९० लाख र तालिम लगायत लक्षितवर्ग कार्यक्रमतर्फ ३ करोड ३३ लाख बजेट विनियोजन गरिएको छ । त्यसैगरी संघिय सरकार शर्सत अनुदान २९ करोड ७१ लाख र विशेष अनुदानतर्फ(कृषिपकेट क्षेत्र सुपर जोन स्थापना तथा संचालन) १ करोड विनियोजन गरिएको छ ।
प्रदेश सरकार शर्सत अनुदानतर्फ १ करोड ४० लाख ८५ हजार र विशेष अनुदानतर्फ ६० लाख विनियोजन गरिएको छ । संघिय सरकारबाट प्राप्त अनुदान अन्तर्गत वितिय समानिकरण अनुदान १६ करोड १९ लाख, राजश्व बाँडफाड १४ करोड ९२ लाख ४८ हजार, सर्सत अनुदान २९ करोड ७१ लाख, प्रदेश सरकारबाट प्राप्तवित्तिय समानिकरण अुनदान ५९ लाख ६ हजार, राजश्व बाँडफाँड १ करोड ४४ लाख७६ हजार, शर्सत अनुदान १ करोड ४० लाख ८५ हजार, विशेष अनुदान ६० लाख तथा गाउँपालिकाको आन्तकि स्रोततर्फ १३ करोड ४५ लाख ८४ हजार ७ सय २० रुपैयाँ रहेको छ । गाउँ सभाले शिक्षा, स्वास्थ्य खानेपानी तथा सरसफाइ, कृषि, पशु सँस्कृति प्रर्बद्धन, उद्योग तथा वाणिज्य, पर्यटन, सहकारी वित्तिय क्षेत्र, खेलकुद तथा मनोरञ्जन लगायतलाई प्राथमिकतामा राखेको छ ।
सभाले शिक्षामा ३ करोड ३० लाख, स्वास्थ्यमा १ करोड ९९ लाख ५० हजार ६ सय ९०, कृषि पशु लगायतमा १ करोड ४० लाख, विपद ब्यवस्थापनमा २ करोड, जलउत्पन्नप्रकोप नियन्त्रणमा २५ लाख, फोहोरमैला तथा ढल ब्यवस्थापनमा,खानेपानी तथा सरसफाइमा १० लाख विनियोजन गरेको छ ।
गाउँ सभामा गाउँपालिका अध्यक्ष लाहुराम थारुले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रम र उपाध्यक्ष धनीकुमारी खत्रीले प्रस्तुत गर्नु भएको बजेट सर्वसम्मत रुपले पारित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिनुभयो । सभामा उपस्थित हुनु भएका सभासदहरुले नीति तथा कार्यक्रम र बजेटबारे विभिन्न जिज्ञासा, सल्लाह तथा सुझाव राख्नु भएको थियो । बजेटमा विपद ब्यवस्थापन र रोजगारी सिर्जना, आर्थिक विकास, सामाजिक विकास, पुर्वाधार विकास, वन तथा वातावरण विकास, सुशासन तथा संस्थागत विकासमा मुख्य प्राथमिकता दिइएको छ ।
बजेटमा कोरोना भाइरस कोभिड १९ का कारण प्रभावित भएका जनतालाई राहत लगायत अन्य आय आर्जनका क्रियाकलापहरु अभिवृद्धि गर्ने, सामाजिक न्याय समावेशीकरण र समानताको प्रर्वद्धन गर्ने, नागरिकको प्रत्यक्ष जीवन प्रक्रियासँग जोडिएका पुर्वाधार संरचनाको विकास गर्ने, गुणस्तरिय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा तथा स्वच्छ खानेपानी र सरसफाई लगायत बिद्युतीकरणलाई प्राथमिकताका साथ परिपुर्ति गर्ने, पालिकाको सेवा प्रवाहलाई चुस्त दुरुस्त तुल्याउन प्रशासनिक ब्यवस्थापन तथा पुर्वाधार संरचनाको विकास गर्ने रहेको छ ।
सभाका सभाध्यक्ष एवम् राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले बजेटमा पुर्वाधार विकासका साथै शिक्षा, स्वास्थ्य, कृषि लगायत क्षेत्रलाई प्राथमिकतामा राखिएको बताउनु भयो ।







प्रकाशित मिति: बुधबार, असार १०, २०७७  २१:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रेस युनियन लुम्बिनी 'रणनीतिक वैठक': प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि कांग्रेसले जित्नु अनिवार्य-अध्यक्ष लम्साल
प्रेस युनियन लुम्बिनी 'रणनीतिक वैठक': प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि कांग्रेसले जित्नु अनिवार्य-अध्यक्ष लम्साल
नेपालगन्जमा बाल अधिकारसम्बन्धि परियोजनाको 'क्लोज-अप' बैठक सम्पन्न
नेपालगन्जमा बाल अधिकारसम्बन्धि परियोजनाको 'क्लोज-अप' बैठक सम्पन्न
कोशी प्रदेश स्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन
कोशी प्रदेश स्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन
एकै दिन बर्दियामा चितुवाको आक्रमणमा दुई जनाले ज्यान गुमाए
एकै दिन बर्दियामा चितुवाको आक्रमणमा दुई जनाले ज्यान गुमाए
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP