नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, वैशाख ३०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • कोहलपुर नगरपालिकाले ल्यायो ८६ करोड बजेट
कोहलपुर नगरपालिकाले ल्यायो ८६ करोड बजेट
बागेश्वरी पोस्ट
बुधबार, असार १०, २०७७ बागेश्वरी पोस्ट
कोहलपुर नगरपालिकाले ल्यायो ८६ करोड बजेट

कोहलपुर ।बाँकेको कोहलपुर नगरपालिकाको सातौं नगर सभा बधुबार सम्पन गरेको छ । कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतले नगरसभामा प्रस्तुत गरिएको आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक नीति तथा कार्यक्रममा स्वास्थ्य र कृषिलाई पहिलो प्राथमिकता दिईएको छ ।

नगर प्रमुख रावतले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोभिड–१९ बाट प्रभावित आर्थिक,सामाजिक तथा विकास निर्माणको क्षेत्रमा परेको नकारात्मक प्रभावको समिक्षा समेत गरिएको छ । ‘जिवन रहे, जिवन सुधार्न र जिवन सिंगार्न सकिन्छ’ भन्ने नारालाई आत्मसाथ गर्दै आगामी आर्थिक वर्षको तीनि तथा कार्यक्रममा कोभिड–१९ विशेष कार्यक्रहरु समेटिएका छन् । नीति तथा कार्यक्रममा स्वास्थ्य र कृषिमा कोभिड विशेष कार्यक्रमहरु राखिएका छन् ।

नीति तथा कार्यक्रमा कोभिड–१९ को महामारीका कारण रोजगारी गुमाएर भारत लगायत तेश्रो मुलुकवाट फर्किएका नागरिकहरुका लागि तत्काल आयआर्जनका अवसरहरु सृजना गर्न बिशेष रोजगार कार्यक्रम संचालन गरिने बताइएको छ ।

संक्रमणको सम्भावित जोखिम न्युनिकरणका लागि स्थापना भएका क्वारेन्टिन र आईसोलेशन केन्द्रमा विश्व स्वास्थ्य संगठनको प्रोटोकल र नेपाल सरकारको स्वास्थ्य निर्देशिका वमोजिमका आवश्यक पुर्वाधार सहित उपचार र परीक्षणको लागि आवश्यक प्रवन्ध गरिने बताइएको छ । त्यस्तै नीति तथा कार्यक्रममा संक्रमित नागरिकहरुको उद्धार, शब व्यवस्थापन, औषधी उपचार, राहत तथा पुर्नस्थापना र सचेतनामूलक कार्यका लागि कोभिड बिशेष कोषको स्थापना गर्ने बताइएको छ ।

त्यस्तै विदेशबाट फर्किएका व्यक्तिहरुलाई तत्काल रोजगारी प्रदान गर्न र नगरक्षेत्रमा खाद्यान्न संकट हुन नदिन “नगर प्रमुख कृषि बिशेष कार्यक्रम”, विशेष खाधान्न वालि तथा पकेट क्षेत्रको पहिचान, प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रमहरु संचालन गरिने बताइएको छ । ‘कोभिड–१९ लाई भगाउँ कृषिमा हामी सबैले सघाउँ’ भन्ने नारा सहित एक वडा एक उत्पादन पकेट क्षेत्र, साना किसान सुदृढिकरण कार्यक्रम, गाई भैंसी सुत्केरी भत्ता कार्यक्रम हरुलाई विशेष महत्व दिइउको छ ।

त्यस्तै नगरपालिकामा आवश्यक जनशक्ति सहित सर्पदंश र रेविज रोगको उपचारका केन्द्र स्थापना, सिकलसेल एनिमिया रोगको पहिचान तथा उपचारमा सहजता ल्याउन आवश्यक जनशक्ति सहित सिकलसेल एनिमिया ल्याब स्थापना लगायतका कार्यक्रमहरु नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

त्यस्तै विपन्न दीर्घरोगी एवं जेष्ठ नागरिक, अपाङ्ग, जनआन्दोलन र जनयुद्धका घाईतेहरुको लागि स्वास्थ्य उपचार कोष स्थापना, खानेपानी, स्वास्थ्य तथा सरसफाई योजना , जातिय विभेद अन्त्यका लागि “नगर स्तरीय निगरानी केद्र” स्थापना गरी ‘विभेद विरुद्ध, नगर सरकार’ भन्ने मान्यतालाई स्थापित गर्ने , अपाङ्गता सूचना तथा परार्मश केन्द्र स्थापना , नगर स्तरीय युवा परिषद गठन, जेष्ठ नागरिकहरुका लागि एकिकृत स्वास्थ्य शिविर , नगरक्षेत्रमा रहेका मिडिया हाउसको विकास र प्रवद्र्धनका लागि मिडिया हाउस सहयोग कोष मार्फत मापदण्डमा आधारित वार्षिक अनुदान वितरण गरिने, संचारकर्मीहरुलाई उच्च सम्मान गर्दै यसै वर्ष नगर स्तरीय संचारग्राम निर्माण निर्माण गरिने, खरका छाना विस्थापन गरी टिनको छाना सहितका आवास बनाउने,जस्ता कार्यक्रमहरु समावेश गरिएका छन् ।

यसका साथै नगरपालिकाको समग्र शैक्षिक विकासको माध्यामवाट शैक्षिक केन्द्रको रुपमा विकास गर्न विस्तृत गुरुयोजना निर्माण गरी समग्र शैक्षिक क्षेत्रको सुधारको लागि आवश्यक कार्य गर्ने बताईएको छ भने सबै सामुदायिक विद्यालयहरुमा स्व्चछ पिउने पानी, स्वच्छ शौचालय सहित खेलकुद मैदानको निर्माण गरी सबै माध्यामिक विधालयहरुमा खेलकूद शिक्षकको व्यवस्था गरिने उल्लेख गरिएको छ ।

सो नीति तथा कार्यक्रममा शैक्षिक प्रतिवेदनलाई कम्प्युटरीकृत प्रोग्रामयुक्त बनाई “सामुदाकिय विद्यालयहरुमा एक शिक्षक एक ग्याजेटू कार्यक्रम लागू गरिने र विद्यालयमा कम्प्युटर र आइसिटी डिभाइसहरुको प्रयोग गरी अनलाइन अफलाइन आइसिटी भर्च्युअल सिकाइ कन्ट्रोल रुम स्थापना गरिने उल्लेख गरिएको छ । त्यस्तै उपप्रमुख सञ्जु कुमारी चौधरीले सभामा आर्थिक वर्ष २०७७÷०७८को लागि रु ८६ करोड, १७ लाख १० हजार पाँच सय ११ रुपैयाँको प्रस्तावित बजेट प्रस्तुत गरेकी छिन् ।

जसमा संघिय सरकारबाट प्राप्त अनुदान ५३ करोड ३२ लाख, प्रदेश सरकारबाट प्राप्त पाँच करोड ३९ लाख ३९ हजार, आन्तरीक श्र्रोतबाट पाँच करोड राजश्व बाडफाँडबाट १३ करोड ९५ लाख ७१ हजार, अन्य आयबाट ८ करोड पाँच लाख बजेट प्राप्त हुने अनुमान गरिएको छ ।


प्रकाशित मिति: बुधबार, असार १०, २०७७  २३:३६
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सशस्त्र प्रहरीलाई गोताखोर अनुशिक्षण तालिमः राप्ती नदीमा कृत्रिम घटना अभ्यास
सशस्त्र प्रहरीलाई गोताखोर अनुशिक्षण तालिमः राप्ती नदीमा कृत्रिम घटना अभ्यास
रुक्मिणी शाहको पूण्यतिथिमा भवन निर्माणका लागि सहयोग
रुक्मिणी शाहको पूण्यतिथिमा भवन निर्माणका लागि सहयोग
प्रेस युनियनले ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ गर्ने
प्रेस युनियनले ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ गर्ने
बाँकेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
बाँकेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP