नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, वैशाख ३०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • शैक्षिक अन्यौलतामा सम्वाद वैकल्पिक सिकाई विधिको बातावरण बनाउन जोड
शैक्षिक अन्यौलतामा सम्वाद वैकल्पिक सिकाई विधिको बातावरण बनाउन जोड
बागेश्वरी पोस्ट
शुक्रबार, असार १२, २०७७ बागेश्वरी पोस्ट
शैक्षिक अन्यौलतामा सम्वाद वैकल्पिक सिकाई विधिको बातावरण बनाउन जोड

नेपालगञ्ज। अन्यौलपूर्ण शैक्षिक अवस्थामा वैकल्पिक शिक्षा विधि नै निकासको माध्यम हुने भन्दै सो को बातावरण बनाउन जोड दिइएको छ । कोरोना(कोभिड–१९) संक्रमणको विषम परिस्थितीबीच तत्काल विद्यालय खुल्ने सम्भावना नरहेपछि सरकारले वैकल्पिक व्यवस्थाबाट विद्यार्थीको पठनपाठन गराउन निर्देशिका ल्याएपछि सिकाई विधि अवलम्वन बारे बहस चुलीएको छ ।

नियमित पठनपाठनको सहज अवस्था सिर्जना नहुञ्जेल खुला तथा दूर शिक्षालगायत वैकल्पिक शिक्षा प्रणालीबाट सिकाइ सहजीकरण गर्न निर्देशिका ल्याइएपनि सो लागु गर्न अनेकन चुनौतीसँगै अन्यौलता रहेकाले सहजीकरणको आवश्यक्तावोध गर्दै बाँकेमा शिक्षा सरोकारवालाबीच अन्तरक्रियात्मक सम्वाद गरिएको छ । सम्वाद समूह बाँकेको सहजीकरण तथा शिक्षा विकास तथा समन्वय इकाई बाँकेको समन्वयमा शुक्रबार नेपालगञ्जमा वैकल्पीक शिक्षाः पहुच र प्रभावकारितामा सरोकारवालाको भूमिका विषयमा अन्तर सम्वाद गरिएको हो ।

जिल्लाका ८ वटै गाउपालिकाका शिक्षा शाखा प्रमुख, स्वास्थ्य विज्ञ, सामुदायिक र संस्थागत विद्यालयका संघ÷ संगठन, निजी र सरकारी शिक्षकहरुका संघ संगठनका प्रमुख एवं प्रतिनीधी, विद्यार्थी नेता, अधिकारकर्मी र अभिभावक सहीतको अन्तरसम्वादमा आवश्यक्ता र परिवेश अनुसार सरोकारबीचको सहकार्यमै वैकल्पीक सिकाई सहजीकरण अवलम्वन गर्नु पर्ने सुझाइएको थियो ।

सम्वाद समूहका सजहकर्ता शुक्रऋषि चौलागाईद्धारा सहजीकरण गरिएको कार्यक्रममा सम्वाद समूह सदस्य एवं अधिवक्ता प्रहलाद बहादुर कार्कीले कार्यक्रमको उद्येश्य, सम्वादको आवश्यक्ता र महत्वमाथि प्रकाश पार्नु भएको थियो । शिक्षा विकास तथा समन्वय इकाई प्रमुख राम सुरेश यादवले विद्यमान अवस्थामा विद्यालय खोल्न सक्ने स्थिती नभएकाले वैकल्पीक शिक्षा सिकाईको अनीवार्य अवलम्वनको आवश्यक्ता औल्याउनु भयो । उहाँले स्थानीय सरकार, शिक्षा शाखासँगको समन्वयमा शिक्षण सिकाईको वैकल्पीक विधीको अध्यन र अभ्यासमा जुट्न सम्वद्ध सवैमा आहवान पनि गर्नु भयो ।

भेरी अस्पतालका प्रमुख कन्सल्टेण्ट फिजीशियन डा राजन पाण्डेले कोरानोमुक्त समाजको सुनिश्चितता अझैं नभएकाले विद्यार्थीलाई सुरक्षित राख्नु नै विद्यालयको पहिलो कर्तव्य हुनुपर्ने बताउनु भयो । कोरोना विशेषज्ञ डा पाण्डेले विदार्थीलाई वैकल्पीक सिकाईमा अभ्यासरत बनाउन अभिभावक पनि जिम्मेवार हुनुपर्ने सुझाव राख्नु भयो ।

नेपालगञ्ज उपमहानगरपालिका शिक्षा शाखा प्रमुख गोरख थापाले वैकल्पीक सिकाई सहजीकरण नै अहिलेको एकमात्र विकल्प रहेको दावी गर्दै पहुच र प्रभावकारिता बारे भने अध्यन जरुरी रहेको बताउनु भयो । खजुरा गाउँपालिका उपाध्यक्ष एवं सम्वाद समूह सदस्य एकमाया विकले खजुरा गाउँपालिकाले वैकल्पीक शिक्षणको अभ्यास शुरु गरिसकेको भन्दै रणनीतिक योजनाअनुसार अघि बढने तयारी भइरहेको उदघोष गर्नु भयो । नेपाल शिक्षक महासंघ बाँके अध्यक्ष पवन यादवले धरातलीय यथार्थतालाई मध्यनजरगर्दै स्थानीय आवश्यक्ताअनुसार सिकाई विकल्प अवलम्वन गर्नु पर्ने सुझाउनु भयो ।

निजी विद्यालयको भावना र मर्मलाई नबुझीकनै वैकल्पिक शिक्षा ल्याइएको भन्दै एन व्याव्सन बाँकेका अध्यक्ष श्याम कुवरले स्थानीय सरकारले पनि निजी विद्यालयलाई संरक्षण र सम्वद्र्धन गर्ने तत्परता नदेखाएको गुनासो राख्नु भयो । प्याव्सन बाँकेका अध्यक्ष राजेन्द्र आचार्यले वैकल्पिक शिक्षा अवलम्वन अघि पहुच र प्रभावकारिता बारे पनि अध्यन गरिनुपर्ने आवश्यक्ता औल्याउनु भयो । उहाँले निजी विद्यालयले अनलाईल कक्षाका नाममा शल्क नलीएको र यदी लिने प्रयास गरिएको भए त्यो बन्द गर्न समेत आहवान गर्नु भयो । 

संस्थागत विद्यालय शिक्षक यूनियन बाँके अध्यक्ष गम बहादुर डाँगरले निजी शिक्षकहरुको रोजगारीको सुनिश्चिताको माग गर्दै स्थानीय सरकार पनि जिम्मेवार हुनुपर्नेमा जोड दिनु भयो राष्ट्रिय मानवअधिकार आयोग शाखा कार्यालय नेपालगञ्जका प्रमुख चन्द्रकान्त चापागाईले विद्यार्थीको बाँच्न पाउने अधिकारलाई सुरक्षित राख्न जोड दिदै शिक्षण सिकाईमा सरकारी र निजी विद्यालयबीचको साझेदारीमा जोड दिनु भयो ।

खजुरा गाउँपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले खजुरा गाउँपालिकाले अवलम्वन गरिरहेको शिक्षण सिकाई अभ्यास बारे अनुभव सुनाउँदै साउनदेखि विद्यालय खोल्ने गरि सर्वे गरिएको जानकारी दिनु भयो । नेपाल राष्ट्रिय अभिभावक संघ बाँकेका सचिव वसन्त लामीछानेले कुन सिकाई विधि अपनाउने भन्ने बारे साझा धारणा बनाउन अभिभावकहरु पनि सम्वेदनशिल र जिम्मेवार हुनुपर्ने बताउनु भयो ।

अनेरास्ववियूका टेकेन्द्र मल्ल र नेविसंघका प्रतिनिधी चक्र रावतले वैकल्पीक शिक्षाका नाममा शुल्क असुल्न नहुने भन्दै सरकारका नीती निर्देशन पूर्ण पालना गर्न आहवान गर्नु भयो । शिक्षा विकास तथा समन्वय इकाई भोज प्रसाद लम्सालद्धारा स्वागत गरिएको कार्यक्रममा सहभागीहरुबीच अन्तरक्रिया पनि गरिएको थियो । सार्वजनिक सरोकारका सवालमा सहजीकरण गर्दै आएको समूहले अर्को चरणमा स्थानीय सरकार प्रमुखसहित शैक्षिक सवालमा सहजीकरण गर्ने भएको छ ।


प्रकाशित मिति: शुक्रबार, असार १२, २०७७  १९:३५
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सशस्त्र प्रहरीलाई गोताखोर अनुशिक्षण तालिमः राप्ती नदीमा कृत्रिम घटना अभ्यास
सशस्त्र प्रहरीलाई गोताखोर अनुशिक्षण तालिमः राप्ती नदीमा कृत्रिम घटना अभ्यास
रुक्मिणी शाहको पूण्यतिथिमा भवन निर्माणका लागि सहयोग
रुक्मिणी शाहको पूण्यतिथिमा भवन निर्माणका लागि सहयोग
प्रेस युनियनले ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ गर्ने
प्रेस युनियनले ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ गर्ने
बाँकेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
बाँकेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP