prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • भारतीय नागरिकलाई दाङबाट यसरी दिलाइयो नेपाली नागरिकता
भारतीय नागरिकलाई दाङबाट यसरी दिलाइयो नेपाली नागरिकता
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, असार १३, २०७७ बागेश्वरी पोस्ट
भारतीय नागरिकलाई दाङबाट यसरी दिलाइयो नेपाली नागरिकता
दिलाइएको नेपाली नागरिकता

दाङ  । एक जना भारतीय नागरिकले झूठो विवरण पेश गरी दाङ जिल्लाबाट नेपाली नागरिकता लिएको खुलेको छ । भारतको बलरामपुर जिल्लाका विशाल कुमारले २०७५ मंसिर २५ गते जिल्ला प्रशासन कार्यालय दाङबाट नेपाली नागरिकता लिएका हुन् ।

paribartan 1

उनले ‘मितबहादुर दमाई’ को नामबाट नागरिकता लिएका छन् । नेपाली नागरिकतामा उनको बुवाको नाम हिरालाल दमाई र ठेगाना दाङको बंगलाचुली गाउँपालिका वडा नं। ३ उल्लेख छ । उनको नागरिकता प्रमाणपत्र नं। ५२–०१–७५–०४०५२ हो । नागरिकतामा प्रशासकीय अधिकृत जनक प्रसाद भण्डारीको हस्ताक्षर छ । हिरालाल दमाई घोराही उपमहानगरपालिका वडा नं ३ बर्गद्दाका वासिन्दा हुन् ।

हिरालालले भारतीय नागरिक विशाललाई ‘मितबहादुर’ बनाएर ऊ आफ्नो छोरो भएको भन्दै दिएको निवेदनको आधारमा घोराही उपमहानगरपालिका वडा नं। ३ ले नागरिकता बनाउन सिफारिस गरिदिएको थियो । सोही सिफारिसको आधारमा जिल्ला प्रशासन कार्यालयले भारतीय नागरिक विशाल कुमारलाई मितबहादुर दमाईको नामबाट नेपाली नागरिकता दिएको हो ।

यसरी दिलाइयो नेपाली नागरिकता

२५ वर्षे विशाल गुप्ता भारतबाट मजदुरी गर्न दाङको घोराही आएका थिए। घोराहीकै सम्झना नेपालीसँग उनले बिहे गरे र एउटा बच्चा पनि जन्मियो । बच्चाको जन्मदर्ता गराउने बेला विशाल भारतीय नागरिक भएकाले समस्या आयो । विशाल भारतीय नागरिक भएकै कारण विवाह दर्ता पनि भएको थिएन ।

त्यसपछि विशालकी श्रीमती सम्झना नेपालीले नाताले मित मामा पर्ने हिरालाल दमाईसँग विशाललाई नेपाली नागरिकता दिलाइदिन अनुरोध गरिन् । त्यसपछि हिरालालले सुरुमा बंगलाचुली–३ बाट बसाइँ सरेर घोराही उपमहानगरपालिका वडा नं। ३ मा बस्दै आएको बसाइँसराइँको निवेदन घोराही उपमहानगरपालिका वडा नं। ३ को कार्यालयमा २०७५ मंसिर २३ गते दर्ता गराए । त्यसको दुई दिनपछि विशाललाई आफ्नो छोरो मितबहादुर भन्दै नागरिकताको सिफारिस बनाएर सोही दिन जिल्ला प्रशासन कार्यालयबाट वंशजको आधारमा नागरिकता दिलाउन सफल भए । अचम्म त के छ भने भारतीय नागरिकलाई विशाललाई घोराही उपमहानगरपालिका वडा नं ३ को सिफारिसमा बंगलाचुली गाउँपालिका वडा नं ३ को ठेगाना राखेर नागरिकता दिलाइएको छ ।

गलत विवरण पेश गरी नेपाली नागरिकता लिएको कुरा डेढ वर्षपछि खुलासा भएपछि प्रहरीले विशाल कुमारलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ । उनलाई जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान गरिएको छ । घोराहीस्थित उनको डेरामा छापा मार्दा प्रहरीले भारतीय विशिष्ट पहिचान प्राधिकरणले दिएको आधार कार्ड बरामद गरेको छ ।

विशाल कुमारको भारतीय परिचय पत्र

साथै झूठो विवरण पेश गरी नेपाली नागरिकता दिलाउन भूमिका खेलेको भन्दै प्रहरीले हिरालाल दमाई, घोराही उपमहानगरपालिका वडा नं ३ का अध्यक्ष माधवप्रसाद चौधरी, वडा सचिव पदमप्रसाद रेग्मी, त्रिपुरा खड्का, लिला अधिकारीविरुद्ध पनि मुद्दा दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी सुमित खड्काले उनीहरु फरार रहेको र खोजी कार्य जारी रहेको बताएका छन् ।

तर, वडाअध्यक्ष चौधरी बिहीबारको घोराही नगरसभामा उपस्थित थिए । अन्य आरोपीहरु पनि कार्यालयमा नियमित काममा गइरहेका छन् । वडा सचिव रेग्मीले आफूहरु फरार नभएको र अदालतमा उपस्थित हुने बताएका छन् ।

उनीहरुले बंगलाचुलीमा गरिएको जन्मदर्ता ल्याएर व्यक्ति स्वयं उपस्थित भएको र बसाइँ सराइँको कागजसमेत पेश गर्दै हिरालालले आफ्नो छोरा हो भनेपछि त्यही आधारमा नागरिकताका लागि सिफारिस गरिदिएको बताएका छन् ।अनलाइनखबरबाट।


प्रकाशित मिति: शनिबार, असार १३, २०७७  १०:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्राविधिक विश्वविद्यालयमा स्नातकोत्तर पढाई सुरु, विद्यार्थीलाई अभिमुखीकरण
लुम्बिनी प्राविधिक विश्वविद्यालयमा स्नातकोत्तर पढाई सुरु, विद्यार्थीलाई अभिमुखीकरण
लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा कोहलपुरमा अव्यवस्थित वसोवासीलाई लालपुर्जा वितरण
लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा कोहलपुरमा अव्यवस्थित वसोवासीलाई लालपुर्जा वितरण
कपडा तथा सिलाई व्यवसायी संघले प्रशासनसंगै स्थानीय सरकारलाई बुझायो ज्ञापनपत्र
कपडा तथा सिलाई व्यवसायी संघले प्रशासनसंगै स्थानीय सरकारलाई बुझायो ज्ञापनपत्र
आज मुस्लिम समुदायको मोहर्रम पर्व, ताजिया विसर्जन गरिँदै
आज मुस्लिम समुदायको मोहर्रम पर्व, ताजिया विसर्जन गरिँदै
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP