prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सम्वादपछि नरैनापुरमा विद्युत परिक्षण शुरु
सम्वादपछि नरैनापुरमा विद्युत परिक्षण शुरु
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असार १४, २०७७ बागेश्वरी पोस्ट
सम्वादपछि नरैनापुरमा विद्युत परिक्षण शुरु

नेपालगञ्ज। बाँकेको नरैनापर क्षेत्रमा विद्युतीकरण विस्तार सकिएसँगै आजदेखि विद्युत सेवा पनि प्रारम्भ भएको छ । सम्वाद समूह, बाँकेको सम्वाद सहजीकरणमा एक महिनाअघि शुरु गरिएको विद्युत विस्तारीकरणपछि आज आइतबारदेखि परिक्षण प्रयोजनका लागि विद्युत प्रवाह गरिएको हो ।

paribartan 1

नरैनापर गाउँपालिकामा विद्युत सेवा नहुँदा कोरोना संक्रमीतको बसाई, परिक्षण, उपचार लगायतमा समेत समस्या देखीएपछि सम्वाद समूह, बाँकेले सम्वादको पहलकदमी लिएको हो । सम्वाद समूहले प्रदेश डिभीजन विद्युत प्राधिकरण नेपालगञ्ज, जिल्ला प्रशासन लगायतका सरोकार पक्षसँग नियमित समन्वय र सहजीकरण गरेपछि जेठ १२ गतेबाट विद्युतीकरणको प्रक्रिया शुरु भएको थियो ।

समूहकै समन्वय र सम्वादपछि निषेधाज्ञाको जोखीमपूर्ण स्थितीबीच त्रीलोक रेणु कन्सट्रक्शनले विद्युतीकरण विस्तार शुरु गरेको हो । नरैनापर क्षेत्रको प्रतिनीधीत्व गर्नु हुने प्रदेश सभा सदस्य कृष्णा केसी(नमूना) ले विद्युतीकरण विस्तार र सहजीकरणको अग्रसता लीनु भएको हो । सम्वाद समूह, बाँके सदस्य समेत रहनु भएकी सांसद केसीले सरोकारपक्षबीचको साझा धारणा बनाउने र थप जिम्मेवार बनाउने काममा अगुवाई गर्नु भएको थियो ।

नरैनापुर–३ लक्ष्मणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्तीसहित सेवा प्रवाह र क्वारेन्टाइनसम्म विद्युत पुरयाउन ठोस पहल नभइरहेको अवस्थामा समूहका तर्फबाट माननीय केसीकै पहलमा स्थानीय प्रशासन, गाउँपालिका, प्रदेश सरकार लगायत सरोकारपक्षसँग निरन्तर समन्वय र सहजीकरण गरिएको समूहका सहजकर्ता शुक्रऋषि चौलागाईले जानकारी दिनु भयो ।

नेपालगञ्ज–फत्तेहपुर हुँदै नरैनापुर–५ जमुनाहासम्म विद्यत लाइन पुगेपनि लक डाउनका कारण नरैनापुर, लक्ष्मणपुर, कालाफाँटा र कटकुइयामा विद्युत पुग्न सकेको थिएन । विद्युत नभएकै कारण अत्यावश्यक स्वास्थ्य सेवा (भ्याक्शीन, औषधी), सञ्चारका साधान (टेलीफोन, टिभी, ल्यापटप, मोवाईल) प्रयोग गर्न समेत अनेकन समस्या झेल्नु परिरहेको थियो । प्राथमिक स्वास्थ्य केन्द्रलाई लक्षित गरेर विद्युतीकरण विस्तार गरिएपनि स्थानीयको माग र सबैको साथले अन्ततः नेपाल– भारत सीमा सुइयासम्म विद्युत परिक्षण शुरु गरिएको छ । विद्यतुीय तार, पोल, स्टे आदिमा चढने, छुने कार्य नगर्न पनि प्राधिकरणले सबैमा सार्वजनिक अपील गरेको छ ।

विद्युत प्राधिकरण नेपालगञ्जका प्रमुख मुनीन्द्र ठाकुरले पछिल्लो चरणमा राप्ती सेनारी र नरैनापुर गाउँपालिकामा २५ सय विद्युत पोल गाडेर विद्युतीकरण गरिएको जनाउनु भयो । ठाकुरका अनुसार – हुलाकी सडकमा मात्र हैन, अब नरैनापुरका गाउँ गाउँ सम्म विद्युत सेवा पुग्दैछ । विशेष गरि अष्पताल लगायतका स्वास्थ्य संस्था, क्वारेन्टाइन, सुरक्षा यूनिट र बैंक क्षेत्रमा विद्युत सेवा शुरु गरिसकिएको छ । मोतीपुरमा निर्माणाधिन आइसोलेशनका लागि समेत मटेहीया चौकबाट मोतीपुरसम्म विद्युत विस्तार गरिएको छ ।

मोतीपुरमा साँझ ५.१५ मा बत्ती बालेको केही मिनेटपछि सुइया साइडमा पनि बत्ती बालीएको फिल्डमै खटीनु भएका त्रीलोक रेणु कन्सट्रक्शनका प्रतिनीधी त्रिलोक धितालले जानकारी दिनु भयो । लकडाउनको एक महीने अवधीमा मटेहीया चोकदेखि सुइयासम्म १६ कीमीमा चार सय ७० वटा पोल गाडीएको त्रीलोक रेणु कन्सट्रक्शनका प्रतिनीधी धितालले जानकारी दिनु भयो । धितालका अनुसार, प्राधिकरणले नरैनापुरमा र कन्सट्रक्शनले मोतीपुर, लक्ष्मणपुर र सुइयामा ५० केभीको ट्रान्सफर्मर जडान गरेको छ ।

समयमै विद्युत सेवा दिन जोखीम मोलेर भएपनि २१ जना कर्मचारी र मजदुर खटाइएको धितालले स्मरण गर्नु भयो । स्पटमै प्रत्यक्ष ग्राहक बन्न सक्ने गरि प्राधिकरणबाट टोली खटाइने प्राधिकरणका प्रमुख ठाकुरले जानकारी दिनु भयो । जग्गाधनी प्रमाण पत्र, नेपाली नागरिकता र वडाको सीफारिस अनुसार प्राविधिक चेकजाँच गरेर ग्राहक बनाएसँगै सेवा दिइनेछ । नरैनापुर गाउँपालिका अध्यक्ष मो अहमद इस्तियाक शाहले विद्युत पहुँचले सेवा प्रवाहसँगै जीवनस्तर उकास्नमा मद्यत पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

विद्युतीकरणका लागि अथक प्रयास गर्नु भएकी सांसद केसीले वर्षौदेखीको विजुली बाल्ने सपना पुरा गर्न सफल भएकोमा खुसी प्रकट गर्दै विद्युत सेवाको पूर्ण सदुपयोगका लागि नरैनापुरवासीलाई आहवान समेत गर्नु भयो । सम्वाद समूह, बाँकेले यस अघि हुलाकी सडक विस्तारमा देखीएको अवरोधमा पनि सहजीरकण गरेको थियो । पछिल्लो चरण समूहले कोरोना रोकथाम र नियन्त्रण लगायतका जनसरोकार सवालमा पनि सरोकार पक्षसँग आवश्यक सम्वाद गर्दै आएको छ ।


प्रकाशित मिति: आइतबार, असार १४, २०७७  १७:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्राविधिक विश्वविद्यालयमा स्नातकोत्तर पढाई सुरु, विद्यार्थीलाई अभिमुखीकरण
लुम्बिनी प्राविधिक विश्वविद्यालयमा स्नातकोत्तर पढाई सुरु, विद्यार्थीलाई अभिमुखीकरण
लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा कोहलपुरमा अव्यवस्थित वसोवासीलाई लालपुर्जा वितरण
लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा कोहलपुरमा अव्यवस्थित वसोवासीलाई लालपुर्जा वितरण
कपडा तथा सिलाई व्यवसायी संघले प्रशासनसंगै स्थानीय सरकारलाई बुझायो ज्ञापनपत्र
कपडा तथा सिलाई व्यवसायी संघले प्रशासनसंगै स्थानीय सरकारलाई बुझायो ज्ञापनपत्र
आज मुस्लिम समुदायको मोहर्रम पर्व, ताजिया विसर्जन गरिँदै
आज मुस्लिम समुदायको मोहर्रम पर्व, ताजिया विसर्जन गरिँदै
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP