नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, वैशाख ३०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • मल्ल र शाहीको हत्यारालाई कारबाही गर्छु :एसपी राना -बाँके
मल्ल र शाहीको हत्यारालाई कारबाही गर्छु :एसपी राना -बाँके
बागेश्वरी पोस्ट
सोमबार, असार १५, २०७७ बागेश्वरी पोस्ट
मल्ल र शाहीको हत्यारालाई कारबाही गर्छु :एसपी राना -बाँके

नेपालगन्ज ।बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले वसन्त मल्ल हत्याकाण्ड लगायत अन्य अपराधमा संलग्न अपराधीको लिष्ट तयार भइसकेको बताउँदै छिटै कारबाही गरिने बताएकाछन् ।

वसन्त मल्ल हत्याकाण्डमा एक दशकपछि पक्राउ परेका बाँके डुडुवा गाउँपालिका–३, का धर्मा सिंह भनिने राजेश यादवमाथि थप अनुसन्धान गरि अन्य दोषीलाई पहिचान गरि कानूनी कारबाही गर्ने उनले बताए । एसपी रानाले भने–‘वसन्त मल्ल र प्रकाश शाहीको हत्या लगायतका अपराधमा संलग्न थप अपराधीको पहिचान भइसकेकोले उनीहरुको खोजी कार्य तिव्र पारिएकोछ ।’ उनले थपे–‘यसका लागि जिल्लामा विशेष सुरक्षा टिम परिचालन गरिएकोछ ।

अपराधमा संलग्न जो सुकै होस्, जस्तो सुकै अवस्था पक्राउ गरि कानूनी कारबाही गरिने बताउँदै छिट्टै नतिजा सार्वजनिक गर्नेछौं ।’ प्रहरीले पक्राउ गरेका राजेशमाथि थप अनुसन्धान तथा कडा कारबाहीको माग गर्दै ठकुरी सहयोग सञ्जाल तथा ठकुरी पत्रकार समाजले सोमबार बिहान बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानालाई भेटी दोषी उपर छानबिन गरि कारबाहीका लागि संयुक्तरुपमा ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्र बुझ्दै बाँके प्रहरी प्रमुख रानाले भने –‘यस विषयमा बाँके प्रमुख जिल्ला अधिकारी ज्यूसंग मेरो छलफल भइसकेकोछ । पीडितलाई न्याय र पीडकलाई कारबाहीका लागि बाँके प्रहरी कटिबद्ध छ । पीडित परिवारलाई शान्ति सुरक्षा प्राप्त हुन्छ ।’

एसपी रानाले थपे–‘म जहाँ गएपनि विगतमा अपराधमा संलग्न अपराधीलाई पक्राउ गरि कारबाही गर्ने प्रमुख प्राथमिकतामा राखेकोछु । यसमा सफलता पनि मिलेकोछ ।’ ज्ञापन पत्र बुझ्ने क्रममा उनले अगाडी थपे–‘पीडितको पीडा मैले महसुस गरेकोछु । अहिलेसम्म कानूनको आँँखा छलेर बस्ने अपराधी कारबाहीको दायरामा ल्याउछु ।’ एसपी रानाले बाँके जिल्ला आए लगत्तै जिल्लाको शान्ति सुरक्षा, अपराध न्यूनिकरण तथा फरार अपराधीलाई कानूनको कटघेरामा उभ्याउन विशेष सुरक्षा टोली खटाएर काम गरिरहेको बताए ।

तत्कालिन तराई जनतान्त्रिक मुक्ति मोर्चा (ज्वाला) समुहको आडमा जिल्लामा दर्जन बढि अपराध गरेका राजेश बाँके प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेको थियो । बाँके प्रहरीको मोस्ट वान्टेड रहेका राजेशलाई बाँके प्रहरीले असार ९ गते उनकै निवास बनकट्टिबाट पक्राउ गर्न सफल भएको हो । २०६५ साल माघ ११ गते बाँके राधापुर सैनिकका प्रकाश शाही तथा २०६६ भदौ २१ गते नेपालगन्ज २१ पुरैनाका वसन्त भनिने छन्द विक्रम मल्लको हत्यामा संलग्न पाइएका राजेशलाई प्रहरीले पक्राउ गरेको थियो ।

अपराधीलाई कानूनी दायरामा ल्याएर कारबाही गर्ने र पीडित परिवारको माग शहिद तथा परिपुरणका लागि बाँके प्रहरीले आवश्यक कदम चाल्ने प्रतिबद्धता दिदै बाँके प्रहरी प्रमुख एसपी रानाले भने मल्ल र शाहीको घटनामा दोषी भेटिएका सबैलाई एक–एक गरि खोज्दै कारबाही गर्नेछु । दोषीलाई कडा कारबाही, हत्यामा सलंग्नको पहिचान, हत्या गरिनुको कारणको माग गर्दै ठकुरी सहयोग सञ्जाल बाँकेका अध्यक्ष दीपक बहादुर शाही र ठकुरी पत्रकार समाजका अध्यक्ष करुणा शाहले संयुक्तरुपमा उक्त ज्ञापन पत्र बाँके प्रहरी प्रमुख एसपी रानालाई बुझाएका हुन् ।

हिजो (आईतबार) मात्रै दोषीलाई कारबाही र पीडितका माग सम्बोधन गराउन सञ्जाल र समाजले संयुक्तरुपमा बाँके प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गलाई ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्र बुझ्दै बाँके प्रमुख जिल्ला अधिकारीले आवश्यका कारबाहीका लागि पहल गर्ने प्रतिबद्धता समेत दिएका थिए ।

संस्थागत रूपमा बुझाइएको विज्ञप्तीमा भनिएको छ वसन्त मल्ल तथा प्रकाश शाहीलाई सरकारले तत्काल कुनै दुविधामा नपरि शहिद घोषणा गरि शहिदले पाउनु पर्ने सेवासुविधा उपलब्ध गराउनुपर्ने, मल्ल र शाहीको हत्यामा संलग्न थप दोषीलाई पहिचान गरि उनीहरुलाई कानूनी कठघेरामा ल्याउनुपर्ने, मल्ल र शाहीको हत्यामा संलग्न धर्मा सिहं भनिने राजेश यादवसहित अन्य फरार अभियुक्त, हत्या गरिनुको कारण, हत्या गराउन लगाउने सबैलाई पहिचान गरि कडा भन्दा कडा कानूनी कारबाही गरिनुपर्ने तथा पीडित परिवारको सदस्यहरुको जीवधनको सुरक्षा प्रत्याभुतीका लागि आवश्यक वातावरण निमार्ण गरि शान्तिसुरक्षा प्रदान गर्नुपर्ने माग गरिएकोछ ।


प्रकाशित मिति: सोमबार, असार १५, २०७७  ११:३९
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सशस्त्र प्रहरीलाई गोताखोर अनुशिक्षण तालिमः राप्ती नदीमा कृत्रिम घटना अभ्यास
सशस्त्र प्रहरीलाई गोताखोर अनुशिक्षण तालिमः राप्ती नदीमा कृत्रिम घटना अभ्यास
रुक्मिणी शाहको पूण्यतिथिमा भवन निर्माणका लागि सहयोग
रुक्मिणी शाहको पूण्यतिथिमा भवन निर्माणका लागि सहयोग
प्रेस युनियनले ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ गर्ने
प्रेस युनियनले ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ गर्ने
बाँकेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
बाँकेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP