Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बर्षौंको पखाईपछि नरैनापुरमा बत्ती बल्यो
बर्षौंको पखाईपछि नरैनापुरमा बत्ती बल्यो
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, असार १६, २०७७ बागेश्वरी पोस्ट
बर्षौंको पखाईपछि नरैनापुरमा बत्ती बल्यो

नरैनापुर(बाँके) । बाँकेको नरैनापुरमा पहिलोपटक विजुली बत्ती बलेको छ । पोल गाडेको अढाई दशक बित्दा समेत अन्धकारमै रहेको नरैनापुर गाउँपालिकामा आजदेखि विजुली बत्ती बलेको हो ।

प्रदेशसभा सांसद् कृष्णा केसी नमुनाले कट्कुइँयास्थित ट्रान्सर्फमरको स्विच अन गरेर औपचारिक उद्घाटन गर्नुभएको हो । विभिन्न बाधा व्यवधान र अप्ठेराका बीच कछुवा गतिमा अघि बढेको विद्युतीकरण कोरोना कहरसंगै भने तीब्र बनेको थियो ।

कोरोनाको चपेटामा पर्दा विजुली नहुँदाको पीडा भोगेको नरैनापुरमा तत्काल विद्युत लैजानुपर्ने दबाबका बीच पछिल्लो समय तीब्र गतिमा काम भएको थियो । जेठको पहिलो साताबाट थालिएको पहलले एक महिनामै मूर्तरुप पाउँदा नरैनापुरमा बत्ती बलेको हो । त्यसै क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद् नमुनाले नरैनापुरमा विजुली बल्दा अत्यन्त हर्षित भएको बताउँदै आफूले नरैनापुरलाई उज्यालो बनाउन गरेको मेहनत पूरा भएको बताउनुभयो । विभिन्न अप्ठेरा र अवरोध पन्छाउँदै लकडाउन र कोरोना कहरकै बीच काम गर्ने विद्युत प्राधिकरण, ठेकेदार कम्पनीलाई धन्यबाद दिँदै उहाँले पक्की सडक र विजुली पुगेपछि अब नरैनापुर दुर्गम नरहेको बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बर्षौंदेखिको नरैनापु रबासीको विजुली बाल्ने सपना पूरा हुँदा आफू निकै खुसी भएको बताउँदै अब सिंचाईसंगै उद्योगधन्दाको विकास गर्न बाटो खुलेको बताउनुभयो । लक्ष्मणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई पनि अब अस्पतालका रुपमा विकास गरी सेवा सुविधासम्पन्न बनाउन सहज हुने भन्दै उहाँले हिजोका कहालीलाग्दा दिन फेरिएर नरैनापुर विकासपथमा लम्किएको बताउनुभयो । सबैको पहल, प्रयास र हातेमालोले नरैनापुरमा ढिलै भएपनि विजुली पुग्दा स्थानीय निकै हर्षित भएको अध्यक्ष शाहले बताउनुभयो ।

क्षेत्रीय विद्युत प्राधिकरण केन्द्र नेपालगञ्जका प्रमुख मुनिन्द्र ठाकुरले विजुली नहुँदा कोरोना कहरमा नरैनापुरले भोगेको पीडा देखेर आफूले लकडाउनकै बीच काम सम्पन्न गराउने अठोट लिएर अघि बढेको बताउनुभयो । आइसोलेसन सेन्टर बनाउने भनिएको लक्ष्मणपुर स्वास्थ्य केन्द्रसम्म जसरी भएपनि तत्काल विजुली लैजाने अठोटले मूर्तरुप लिँदा यो सम्भव भएको उहाँले बताउनुभयो ।

जेठ दोस्रो सातादेखि मटेहियाबाट कट्कुइँयासम्म पोल गाड्ने र तार तान्ने काम शुरु गरेर सम्पन्न गरिएको उहाँले जानकारी दिनुभयो । अब मुख्य लाइनबाट गाउँगाउँमा विजुली पुर्याउन काम गरिने बताउँदै उहाँले गरिब विपन्नलाई निःशुल्क लाइन जडान गरिदिने बताउनुभयोे ।

प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले कोरोनाबाट मुक्ति पाएको नरैनापुरमा नयाँ युगको सुरुवात भएको बताउनुभयो । नेकपाका जिल्ला सचिव अशोक कोइरालाले सबैको प्रयासले नरैनापुरले काँचुली फेर्दै गएको बताउनुभयो ।

त्यस अवसरमा भैरव प्रसाद गण राँझाका गणपति प्रमुख सेनानी नकुल थापा, नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, प्रशासन तथा जिन्सी शाखा प्रमुख भरत महतो लगायतको उपस्थिति थियो ।


प्रकाशित मिति: मंगलबार, असार १६, २०७७  २१:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP