नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, जेठ १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बाँकेमा अपराधीहरुलाई ठेगान लगाउँदै एसपी राना
बाँकेमा अपराधीहरुलाई ठेगान लगाउँदै एसपी राना
बागेश्वरी पोस्ट
आइतबार, असार २१, २०७७ बागेश्वरी पोस्ट
बाँकेमा अपराधीहरुलाई ठेगान लगाउँदै एसपी राना
एसपी ओम बहादुर राना

नेपालगञ्ज । बाँकेमा नयाँ प्रहरी प्रमुख आएसंगै प्रहरीलाई एकपछि अर्को सफलता मिल्दै गएको छ । एसपी ओम बहादुर रानाले बाँके जिल्लाको कमाण्ड सम्हाले लगत्तै प्रहरीलाई सफलता मिलिरहेको हो ।

नेपाल प्रहरीमा एक अब्बल प्रहरी अधिकारीको छवि बनाउनुभएका राना आएसंगै मोष्ट वाण्टेड अपराधी पक्राउ पर्नेदेखि अन्य सफलता हासिल भइरहेको छ । दोषी नउम्कियोस् र निर्दोषले अनाहकमा कहिल्यै पनि सजाय नपाओस् भन्ने सोचका साथ काम गर्ने प्रहरी अधिकारीमा पर्नुहुन्छ, एसपी राना।

कानुन बिरुद्ध कार्य गर्ने जो कोही भएपनि कसैलाई नछोड्ने एसपी रानाले विभिन्न जिल्लाको कमाण्ड सम्हाल्दै अहिले बाँके जिल्लाको प्रहरी प्रमुखका रुपमा आएको केही दिनमै राम्रो कार्यको सुरुवात गरिसक्नुभएको छ । बाँके प्रहरी प्रमुखको कमाण्ड सम्हालेको महिना दिन नपुग्दै उहाँले मोस्ट वाण्टेड अपराधीदेखि विभिन्न किसिमका सजाय पाएर फरार अभियुक्तहरुलाई पक्राउ गर्न सफल हुनुभएको छ ।

एसपी राना बाँके आएको चौथो दिनमै १० बर्ष पहिला सशस्त्र भुमिगत समूह तराई जनतान्त्रिक मुक्ति मोर्चा (ज्वाला सिंह)मा आबद्ध रही जिल्लामा हत्या, अपहरण, ज्यान मार्ने उद्योग, बम बिस्फोट तथा फिरौती रकम माग गर्ने जस्ता विभिन्न आधा दर्जन बढी अपराधमा संलग्न रही फरार रहेका डुडुवा गाउँपालिका ३ का धर्मा सिंह भन्ने राजेश यादवलाई प्रहरीले असार ८ गते पक्राउ गर्न सफल भएको थियो ।

त्यस्तै अफिम कारोबारमा संलग्न रही फरार रहेका डुडुवा गाउँपालिका ४ का ४८ बर्षिय भगेलु कलवारलाई असार १० गते नेपालगञ्ज उपमहानगरपालिका १० मा लुकिछिपी बसेको बेलामा प्रहरीले पक्राउ गरेको छ । त्यसैगरी प्रहरीले असार १० गते नेपालगञ्जको बिपी चोक नजिक रहेको एक मोबाइल पसलबाट करिब १ लाख ५० हजार बराबरको सामान चोरी गर्ने विभिन्न ५ जनालाई ११ गते बिहान नेपालगञ्ज १० कारागार नजिकबाट पक्राउ गर्न सफल भएको छ ।

एसपी रानाको कमाण्डमा रहेको बाँके प्रहरीले डुडुवा गाउँपालिका ३ की १५ बर्षिया बालिकालाई सामूहिक जबर्जस्ती करणी गरी फरार तथा अपहरण तथा शरीर बन्धक र आपराधिक लाभ मुद्दामा एक बर्षदेखि फरार रहेका डुडुवा ३ का बाबरी खाँ पठान भन्ने बाबर खाँलाई असार ११ गते डुडुवा ५ बाट नियन्त्रणमा लिएको छ । प्रहरीले असार १७ गते भारतबाट भन्सार छली लुकाईछिपाई नेपाल भित्र्याएको ७ सय बोरा सुपरपावर सुर्तीसहित कोहलपुर २ का बिक्रम भुसाललाई भे १ च २३६५ नम्बरको बलेरो पिकअप जीपसहित नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाएको छ ।

त्यसैगरी असार ५ गते डुडुवा १ का कलिम दर्जी र इद्रिस दर्जीलाई एक थान भारतीय मोटरसाइकलसहित ९९ पोका अबैध सुर्तीसहित पक्राउ गरेको छ । असार १० गते डुडुवा ४ का नइम खाँ र कलाम खाँलाई ३ थान भारतीय मोटरसाइकलसहित ४ बोरा अबैध सुर्तीसहित नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाइएको छ । त्यस्तै असार १७ गते सीमा नाका जमुनाहाबाट नेपालगञ्ज आउँदै गर्दा नेपालगञ्ज ८ का राजु राईले चलाएको भे ३ प ३४१२ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकलको पछाडि बसेका नेपालगञ्ज ११ का अखिल अहमद जसगढले बोकेको रातो प्लास्टिकको झोलामा रहेको ११ सय मिलिलिटर कोरेक्स पक्राउ गरेको छ ।

प्रहरीले असार १७ गते नेपालगञ्ज १५ पिप्रहवाबाट २४ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक मुन्ताज अहमद सिद्दिकीलाई पक्राउ गर्न सफल भएको छ । रानाले कमान्ड सम्हालेको १५ दिनभित्र प्रहरीले गाँजा सेवन गर्ने, मापसे गरेर होहल्ला गरी शान्ति सुरक्षा खलल पार्दै हिँड्ने लगायतका ४४ जनालाई जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेको छ । ट्राफिक चेकिङ्ग तथा कारबाहीमा ११९ थान मोटरसाइकल, ५५ थान ट्याक्टर, २६ थान जीप कार र १ सय १३ थान ट्रकलाई कारबाही गरी १ लाख ५६ हजार ५ सय रुपैयाँ राजस्व असुल गरेको छ । त्यसैगरी प्रहरीले बालबिबाह रोकथाममा पनि उल्लेख्य भूमिका खेलेको छ ।

असार १३ गते खजुरा ४ का एक जोडी किशोर किशोरीले उमेर नपुगी बालबिबाह गर्न लागेको थाहा पाएपछि ती दुबै जनालाई सम्झाईबुझाई आफ्ना अभिभावकको जिम्मा लगाएको छ । असार ४ गतेदेखि हराइरहेकी नेपालगञ्ज २० की १७ बर्षिया एक किशोरीलाई असार १४ गते नेपालगञ्जको एक मन्दिरमा एक युवासंग फेला पारी प्रहरीले उनको अभिभावकलाई जिम्मा लगाएको छ ।

प्रहरीले असार २० गते राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ सिमलघारीका ४६ बर्षिय नवराज घर्ती मगरलाई पाटेबाघको छाला र हड्डीसहित पक्राउ गरेको छ । एसपी रानाले जिल्लाका सम्पूर्ण प्रहरी इकाईहरुको निरिक्षण तथा भ्रमण गर्नुभएको छ । जिल्लाका ईलाका प्रहरी र मातहतका चौकीहरु, कारागार, नेपालगञ्ज बिमानस्थल, हाइवेका सम्पूर्ण युनिट, जिल्ला ट्राफिक प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय लगायतमा रानाले निरिक्षण भ्रमण गर्नुभएको छ । उहाँले प्रत्येक प्रहरी कर्मचारीको समस्या, गुनासो व्यवस्थापन गरी व्यवसायिक कार्य सम्पादन तथा मनोबल वृद्धिका लागि निरीक्षण भ्रमण गरेको बताउनुभयो ।

भ्रमणका क्रममा मातहतका प्रहरी युनिटलाई जनताका काम सहज, सरल र छिटो तरिकाले सम्पन्न गर्न तथा कुनै पनि बहानामा प्रहरीलाई आक्षेप आउने काम नगर्न निर्देशन दिनुभएको छ । उहाँले प्रहरी कर्मचारीलाई सधैं जनताको सेवक भई इमान्दार तरिकाले राम्रो काम गरे प्रोत्साहन गरिने र प्रहरी संगठनलाई आँच पुग्ने काम गरे कारवाही समेत गरिने चेतावनी दिनुभएको छ ।

बाँके प्रहरी प्रमुखको रुपमा १५ दिन भित्र भए गरेका कामहरु हेर्दा एसपी रानाले आफूले ल्याएका १७ बुँदे कार्ययोजना कार्यान्वयन सफलताका साथ सम्पन्न गर्ने देखिन्छ । तर, बाँके जिल्ला भारतीय खुला सीमासंग जोडिएको हुँदा यता अपराध गरेर बोर्डर पारी भाग्ने, उता अपराध गरेर यता लुक्न आउने अपराधीहरु, गुण्डागर्दी, हत्या, तस्करी, प्राकृतिक स्रोत साधन दोहन लगायतका समस्याका चुनौति पनि राना समक्ष रहेका छन् एसपी रानाको बाँकेको कार्यकालमा अपराध मुक्त होला नहोला तर अपराध गर्ने र कानुन बिपरित कार्य गर्नेहरुको भने अवश्य मुटु काप्ने नै छ।


प्रकाशित मिति: आइतबार, असार २१, २०७७  १६:५२
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सशस्त्र प्रहरीलाई गोताखोर अनुशिक्षण तालिमः राप्ती नदीमा कृत्रिम घटना अभ्यास
सशस्त्र प्रहरीलाई गोताखोर अनुशिक्षण तालिमः राप्ती नदीमा कृत्रिम घटना अभ्यास
रुक्मिणी शाहको पूण्यतिथिमा भवन निर्माणका लागि सहयोग
रुक्मिणी शाहको पूण्यतिथिमा भवन निर्माणका लागि सहयोग
प्रेस युनियनले ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ गर्ने
प्रेस युनियनले ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ गर्ने
बाँकेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
बाँकेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP