prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सडक दुर्घटनाको कहाली लाग्दो रिपोर्ट,हरेक दिन ७ जनाको अकालमा ज्यान जान्छ
सडक दुर्घटनाको कहाली लाग्दो रिपोर्ट,हरेक दिन ७ जनाको अकालमा ज्यान जान्छ
banijya office
बागेश्वरी पोस्ट
बुधबार, कात्तिक २०, २०७६ बागेश्वरी पोस्ट
सडक दुर्घटनाको कहाली लाग्दो रिपोर्ट,हरेक दिन ७ जनाको अकालमा ज्यान जान्छ

काठमाडौं । सवारी दुर्घटनाका कारण हरेक दिन सात जनाको अकालमा नै ज्यान जाने गरेको तथ्यांकले देखाएको छ । गएको पाँच वर्षमा सवारी दुर्घटनामा परी करिब १२ हजार यात्रुको अकालमा नै मृत्यु भएको तथ्यांकले देखाएको हो । आर्थिक वर्ष २०७१÷७२ देखि २०७५÷७६ सम्मको दुर्घटनाको तथ्यांक हेर्दा हरेक वर्ष २ हजारभन्दा बढी यात्रुको सवारी दुर्घटनाकै कारण अकालमा ज्यान गएको र सो संख्या ५ वर्षमा करिब १२ हजार पुगेको पाइएको हो ।

nepalgunj 081-082

जसअनुसार आर्थिक वर्ष २०७१÷७२ मा २ हजार ४ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएका छन् । यस्तै २०७२÷७३ मा २ हजार ६ जनाले ज्यान गुमाएका छन् भने २०७३÷७४ मा २ हजार ३८४ जनाको सवारी दुर्घटनाका कारण ज्यान गएको छ । यसैगरी, आर्थिक वर्ष २०७४÷७५ मा २ हजार ५४१ जनाले सवारी दुर्घटनाकै कारण ज्यान गुमाएका छन् भने गत आर्थिक वर्षमा मात्रै २ हजार ७८९ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाउनुपरेको छ । ५ वर्षको यस अवधिमा २१ हजार ५ जना गम्भीर घाइते भएका छन् भने ४३ हजार २३७ जना सामान्य घाइते भएका छन् ।

नेपाल प्रहरीले तयार गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षमा भएका १३ हजार ३६६ सवारी दुर्घटनामध्ये चालकको लापर्बाहीबाट मात्रै ९ हजार ९१९ दुर्घटना भएको छ । यस्तै, तीव्र गतिका कारण गत वर्ष मात्रै २ हजार १७१ दुर्घटना भएका छन् भने मादक पदार्थ सेवनबाट ४१६ दुर्घटना भएका छन् । गत आइतबार सिन्धुपाल्चोकको सुकुटेमा १९ जनाको ज्यान जानेगरी भएको दुर्घटनामा समेत चालकको लापर्बाही नै पहिलो कारण देखिएको छ । सो दुर्घटनामा क्षमताभन्दा बढी यात्रु राखेर सवारी चलाएका कारण भएको प्रहरीले भनेको छ । यस्तै, १४ कात्तिकमा सिन्धुपाल्चोकबाट साँखु हुँदै काठमाडौं आउँदै गरेको बस लम्सेफेदीमा दुर्घटना हुँदा भएको दुर्घटनामा समेत चालकको नै लापर्बाही रहेको प्रहरी दाबी छ ।

सो दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो । यस्तै, २४ असोजमा सिन्धुपाल्चोककै इन्द्रावती गाउँपालिकामा भएको बस दुर्घटनासमेत क्षमताभन्दा बढी यात्रु भएका कारण भएको प्रहरीले बताउँदै आएको छ । सो दुर्घटनामा १४ यात्रुको ज्यान गएको थियो । प्रहरी तथ्यांकले पुराना सवारीका कारणसमेत धेरै जसो दुर्घटना हुने गरेको देखाउँछ । गत आर्थिक वर्षमा सवारीको यान्त्रिक गडबडीका कारण २०६ वटा दुर्घटना भएको देखिन्छ । यसैगरी, गत आर्थिक वर्षमा नै ओभरटेकका कारण २६३ दुर्घटना भएको छ भने यात्रुको गल्तीले १९८ दुर्घटना भएको छ ।

यस्तै, कठिन भौगोलिक अवस्था, सवारी चालक अनुमतीपत्र वितरणमा अनियमितता, सडकको जीर्ण अवस्था, सडक र सवारीको क्षमता भन्दा बढी यात्रुलगायतका कारणसमेत सवारी दुर्घटना हुने गरेको पाइएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालले अधिकांश सवारी दुर्घटनामा पहिलो कारण नै चालकको लापर्बाही देखिने गरेको बताए । ‘विगत केही वर्षका सवारी दुर्घटनाले बर्सेनि दुर्घटनाको रेट बढेको देखाउँछ । ती अधिकांश दुर्घटनामा पहिलो कारण चालकको लापर्बाही देखिएका छन्,’ ट्राफिक महाशाखा प्रमुख ढकालले राजधानीसँग भने ।

उनले चालकले नै पहिले दुर्घटना हुन नदिन जिम्मेवार हुनुपर्ने र यात्रुसमेत हतारिएर ओभरलोड भएका सवारीमा चढ्न नहुने बताए । ढकालले सडक र सवारीको अनुपातमा ट्राफिक प्रहरीको दरबन्दीसमेत थप गरेर दुर्घटना न्यूनीकरण गर्न सकिनेमा जोड दिए । स्थानीय तहले समेत सडक र सवारीलाई निगरानी गर्दै दुर्घटना न्यूनीकरणका लागि सहयोगी भूमिका निर्वाह गर्नुपर्ने तथा सबै सडकमा टाइम कार्डको व्यवस्था गरिनुपर्नेमा समेत जोड दिए ।श्रोत: राजधानी दैनिक।


प्रकाशित मिति: बुधबार, कात्तिक २०, २०७६  ०७:१८
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको छैठौं नेतृत्व हस्तान्तरण
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको छैठौं नेतृत्व हस्तान्तरण
बजेटमा आफ्नो समुदायलाई पहिलो प्राथमिकता दिन जनप्रतिनिधिलाई सुझाव
बजेटमा आफ्नो समुदायलाई पहिलो प्राथमिकता दिन जनप्रतिनिधिलाई सुझाव
चौथो नेपालगञ्ज फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड नेपालगञ्जका अमितलाई
चौथो नेपालगञ्ज फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड नेपालगञ्जका अमितलाई
नेपालगन्ज उपमहानगरपालिकाद्वारा अपांगता भएका ब्यक्तिलाई सहायक सामग्री प्रदान
नेपालगन्ज उपमहानगरपालिकाद्वारा अपांगता भएका ब्यक्तिलाई सहायक सामग्री प्रदान
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP