prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असोज १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सति प्रथा अन्त्यको स्मरण गर्दै नेपालगन्जमा भवन निर्माण खर्च सार्वजनिक
सति प्रथा अन्त्यको स्मरण गर्दै नेपालगन्जमा भवन निर्माण खर्च सार्वजनिक
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, असार २७, २०७७ बागेश्वरी पोस्ट
सति प्रथा अन्त्यको स्मरण गर्दै नेपालगन्जमा भवन निर्माण खर्च सार्वजनिक

नेपालगञ्ज । निर्माणाधीन द्वन्दपीडित तथा एकल महिला सञ्जाल बाँकेको छहारी भवन निर्माणस्थलमा सति प्रथा अन्त्य भएको सय वर्षको अवसरमा सरोकारवाला निकायबीच भवन निर्माण लगायतका विषयमा केन्द्रित रहेर कार्यक्रम गरिएको छ ।

सञ्जालको अथक प्रयासपछि नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा प्राप्त नेपालगञ्ज–९ स्थित २ कठ्ठा क्षेत्रफलमा निर्माण भइरहेको ३ तले भवन अन्तर्गत् पहिलो तलाको हालै ढलान गरिएको हो । हामी बाँचेका छौं भन्ने नारासहित स्मरण तथा हार्दिक नमन गरिएको कार्यक्रममा सञ्जालको भवन निर्माण खर्च विवरण पनि सार्वजनिक गरिएको थियो ।

द्वन्दपीडित तथा एकल महिला सञ्जाल बाँकेका सचिव विजया रोकायाले उपमहानगरपालिका र वडाबाट प्राप्त सहयोग १४ लाख रुपैयाँको खर्च विवरण सार्वजनिक गर्नुभएको थियो । सोही कार्यक्रममा सम्पूर्ण खर्च विवरण लेखेर पनि टाँस गरिएको थियो । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले छहारी भवन निर्माणले द्वन्दपीडित तथा एकल महिलाको दु:ख विसाउने मात्र नभई न्यायका लागि एकवद्ध हुन पनि सिकाएको बताउनुभयो ।

खजुरा गाउँपालिकाकी उपाध्यक्ष एवं सञ्जालकी पुर्व अध्यक्ष एकमाया विकले सबैको साथ र संघर्षले भवन निर्माण भइरहेकाले यसको संरक्षण र सञ्चालनमा पनि विशेष चासो रहनुपर्ने सुझाव राख्नुभयो । द्वन्दपीडित तथा एकल महिला सञ्जाल संस्थापक अध्यक्ष एवं मानव अधिकारका लागि महिला एकल महिला समूहका केन्द्रिय उपाध्यक्ष शोभा विसीले भवन निर्माण प्रक्रिया र कार्यक्रमबारे प्रकाश पार्नुभएको थियो ।

द्वन्दपीडित तथा एकल महिला सञ्जाल जिल्ला अध्यक्ष जयन्ति केसीको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक ओम बहादर राना, वडा नम्बर ९ का अध्यक्ष विष्णु लामा, वडा नम्बर १४ का अध्यक्ष ओमकारनाथ मिश्रा, राष्ट्रिय मानवअधिकार आयोग नेपालगञ्जका प्रमुख चन्द्रकान्त चापागाई, मानव अधिकारका लागि महिला एकल महिला समूह प्रदेश ५ कोषाध्यक्ष गोमा थापा, नेपालगञ्ज उद्योग वाणिज्य संघकी निवर्तमान उपमहासचिव एवं पूर्णतारा फाउण्डेशनकी संस्थापक तारा रोकाया, संघकी सदस्य मन्दिरा पाण्डे लगायतले बोल्नुभएको थियो ।

सोही अवसरमा भवन निर्माणार्थ वडा नम्बर १८ की द्वन्दपीडित तथा एकल महिला समूह अध्यक्ष अमृता कार्कीले ५१ सय ५१ रुपैयाँ र पूर्णतारा फाउण्डेनकी संस्थापक तारा रोकायाले ५१ सय रुपैयाँ सहयोग गर्ने घोषणा पनि गर्नुभयो । हाललाई एक तले भएपनि क्रमिकरुपमा छहारी भवनमा कार्यालय, मनोविमर्श कक्ष, संग्रहालय, आश्रय कक्ष, प्रशिक्षण कक्ष, भान्सा घर लगायत निर्माण गरिने द्वन्दपीडित तथा एकल महिला सञ्जालकी जिल्ला अध्यक्ष केसीले जानकारी दिनुभयो ।


प्रकाशित मिति: शनिबार, असार २७, २०७७  ११:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतमा गाडी दुर्घटना हुँदा सल्यानका चार जनाको मृत्यु
भारतमा गाडी दुर्घटना हुँदा सल्यानका चार जनाको मृत्यु
असोज १ गते शोक दिवस मनाइने, देशभर सार्वजनिक विदा
असोज १ गते शोक दिवस मनाइने, देशभर सार्वजनिक विदा
जेन–जी आन्दोलनमा निधन भएका व्यक्तिको सम्मानमा राष्ट्रिय शोक दिवस मनाउने निर्णय
जेन–जी आन्दोलनमा निधन भएका व्यक्तिको सम्मानमा राष्ट्रिय शोक दिवस मनाउने निर्णय
जेनजी आन्दोलनमा ज्यान गुमाएका नेपालगन्जका आयुषको पनि अन्त्येष्टि
जेनजी आन्दोलनमा ज्यान गुमाएका नेपालगन्जका आयुषको पनि अन्त्येष्टि
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP