prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असोज १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राप्तीसोनारी गाउँपालिकाद्वारा साउन १५ गतेबाट बिद्यालय सञ्चालन गर्ने तयारी
राप्तीसोनारी गाउँपालिकाद्वारा साउन १५ गतेबाट बिद्यालय सञ्चालन गर्ने तयारी
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असार २८, २०७७ बागेश्वरी पोस्ट
राप्तीसोनारी गाउँपालिकाद्वारा साउन १५ गतेबाट बिद्यालय सञ्चालन गर्ने तयारी

बाँके(राप्तीसोनारी)। कोरोना भाइरसको जोखिम घट्दै गएको निस्कर्षसहित राप्ती सोनारी गाउँपालिकाले आगामी साउन १५ गतेबाट बिद्यालय सञ्चालन गर्ने तयारी गरेको छ ।

राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा आइतबार अगैयामा बसेको जनप्रतिनिधी, राजनीतिक दल, प्रधानाध्यापक, सरकारी कर्मचारी लगायत सहभागी भएको बैठकले यस्तो निर्णय गरेको हो । उक्त बैठकले कुनै विषम परिस्थिती नआए आगामी साउन १५ गतेबाट सुरक्षा सावधानी अपनाएर बिद्यालय खोल्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष लाहुराम थारुले जानकारी दिनुभयो ।

‘कुनै विषम परिस्थिती आएन भने अथवा सरकारले केन्द्रबाट कुनै नीति नियम लागु नगरेको खण्डमा हामीले साउन १५ गतेबाट बिद्यालय खोल्ने निर्णय गरेका छौं,’ उहाँले भन्नुभयो । बिद्यालयमा सुरक्षा सावधानी अपनाएर बिद्यालय सञ्चालन गर्नुपर्ने सर्बपक्षिय रुपमा सुझाव आएको अध्यक्ष थारुले बताउनु भयो । ‘कोरोना भाइरसका कारण बिद्यालय बन्द हुँदा बिद्यार्थीको पठन पाठन ठप्प छ, यस्तो अवस्थामा अब बिद्यालय खोलेर पढाई सञ्चालन गर्नुपर्ने सबैको सुझाव आएको छ,’ उहाँले भन्नुभयो ।

गाउँपालिकाले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा ब्यवस्थापनका लागि अधिकांस वडामा बिद्यालयका भवनलाई क्वारेन्टाइन तथा आइसोलेसनका रुपमा प्रयोग गरेको थियो । बिद्यालय सञ्चालन हुनुभन्दा पहिले क्वारेन्टाइन तथा आइसोलेसनमा प्रयोग भएका बिद्यालयलाई स्यानिटाइज गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताउनु भयो ।

‘बिद्यालय खुल्नु भन्दा पहिले सबै बिद्यालयलाई स्यानिटाइज गरिनेछ,’ उहाँले भन्नुभयो । गाउँपालिका शिक्षा शाखा प्रमुख जीवन न्यौपानेले राप्ती सोनारीमा कोरोना संक्रमण घट्दै गएको हुँदा पुर्व तयारी स्वरुप साउन १५ बाट बिद्यालय खोल्ने निर्णय गरिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘साउन १५ गतेबाट बिद्यालयको अनुकुल अनुसार खोल्ने निर्णय भएको छ, यदी कुनै विषम परिस्थिती सिर्जना भएन भने मात्र यो निर्णय लागु हुनेछ, संघिय सरकारको नीति र परिपत्र पनि आउँला ।’

सुरुमा माथिल्लो कक्षाका थोरै बिद्यार्थीलाई मात्र बिद्यालयमा बोलाएर पछि क्रमशः संख्या बढाउँदै लैजाने नीति अबलम्वन गरिने उहाँको भनाई छ । कोरोना भाइरस प्रभावित बिद्यार्थीलाई लक्षित गरेर गाउँपालिकाले यसअघि रेडियोबाट ट्युसन कक्षा सञ्चालन, घुम्ती शिक्षक परिचालन जस्ता शैक्षिक गतिबिधी चलाएको थियो ।


प्रकाशित मिति: आइतबार, असार २८, २०७७  १९:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतमा गाडी दुर्घटना हुँदा सल्यानका चार जनाको मृत्यु
भारतमा गाडी दुर्घटना हुँदा सल्यानका चार जनाको मृत्यु
असोज १ गते शोक दिवस मनाइने, देशभर सार्वजनिक विदा
असोज १ गते शोक दिवस मनाइने, देशभर सार्वजनिक विदा
जेन–जी आन्दोलनमा निधन भएका व्यक्तिको सम्मानमा राष्ट्रिय शोक दिवस मनाउने निर्णय
जेन–जी आन्दोलनमा निधन भएका व्यक्तिको सम्मानमा राष्ट्रिय शोक दिवस मनाउने निर्णय
जेनजी आन्दोलनमा ज्यान गुमाएका नेपालगन्जका आयुषको पनि अन्त्येष्टि
जेनजी आन्दोलनमा ज्यान गुमाएका नेपालगन्जका आयुषको पनि अन्त्येष्टि
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP