prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, भदौ ६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्रीज्यू अब कैलाश मानसरोवर चीनबाट कहिले ल्याउने?
प्रधानमन्त्रीज्यू अब कैलाश मानसरोवर चीनबाट कहिले ल्याउने?
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, असार ३०, २०७७ बागेश्वरी पोस्ट
प्रधानमन्त्रीज्यू अब कैलाश मानसरोवर चीनबाट कहिले ल्याउने?
प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर साँस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताए लगत्तै नयाँ विवाद खडा भएको छ। नेपाल भारत सम्वन्ध चिसिइरहेका बेला प्रधानमन्त्री ओलीको अभिव्यक्तिले नयाँ विवाद खडा गरेको हो। मदन भण्डारी कला साहित्य प्रतिष्ठानद्वारा आदिकवि भानुभक्त आचार्यको २०७ औं जन्मजयन्तीका अवसरमा सोमबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित समारोहमा देशभित्र श्रीराम जन्मभूमीको दशकौं लामो विवाद भर्खरै अन्त्य गरेको भारतका लागि छिमेकी देश नेपालका प्रधानमन्त्रीले दिएको यो अभिव्यक्ति पक्कै कडा रुपमै बिझ्ने देखिन्छ। 

लामोसमयदेखि विवादमा तानिएको रामजन्मभूमी अयोध्याको बिषयमा केहि महिना अघी मात्रै भारतको सर्वोच्च अदालतले फैसला सुनाएको थियो। रामजन्मभूमी भएकै ठाउँमा मुस्लिमहरुले वावर मस्जिद बनाएपनि ऐतिहासिक तथा सास्कृतिक तथ्यहरुका आधारमा त्यहाँ मुसलमानहरुको दावी नलाग्ने फैसला सुनाउँदै अयोध्यालाई रामजन्मभूमी नै भएको बताएको थियो। अदालतले मुसलमानहरुलाई नयाँ ठाउँमा मस्जिद बनाउन छुट्टै जमिन दिन भनेको थियो। अदालतको फैसला पछि निकास पाएको रामजन्मभूमीको बिषयमा सोमबार नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीले टिप्पणी गरेर फेरि विवादमा मुसिएका छन् । 

भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिम ठोरीमा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको विवादास्पद र अप्रमाणित तथ्य हचुवाको भरमा राखेर प्रधानमन्त्री ओलीले अनावश्यक विवाद निम्त्याउने प्रयास गरेका हुन् । प्रधानमन्त्रीकै सरकारी निवासमा आयोजित कार्यक्रममा ओलीले भने, ‘हामी अहिले पनि ठानिरहेका छौ‌ की हामीले सीता भारतका राजकुमार रामलाई दियौं । भारतका होइन, अयोध्याका रामलाई दिएका हौं हामीले । अयोध्या भनेको वीरगञ्ज भन्दा पश्चिमपट्टीको ठोरी गाउँ हो।’

‘अयोध्या हाम्रो वीरगञ्ज शहरदेखि पश्चिम नजीकै छ, त्यतिबेला जनकपुरबाट नेपाली छोरी सीताको विवाह अयोध्याका राजकुमार रामसँग हुनु अनौठो होइन,’ प्रधानमन्त्री ओलीले भने, ‘निःसन्तान राजा दशरथले पुत्रेष्टि यज्ञ नेपालकै रिडीमा गरेकाले राम पनि नेपाली हुन् ।’ ।।। वीरगञ्ज भन्दा पश्चिमपट्टीको ठोरी गाउँलाई अयोध्या नामाकरण गरिदिएका ओलीले हिमवत्खण्डको भूगोल र संस्कृति व्यापक भएको बताए। उनले हिमवत्खण्ड नै ज्ञानको स्रोत रहेको पनि बताए।

उनले मिथिलाको जनकपुर ज्ञान केन्द्र रहेको र त्यतिबेला विद्वान विदुषीबीच विमर्श गर्ने परम्परा रहेको उल्लेख गर्दै नारायणीको सुरम्य किनारमा बाल्मीकिको आश्रम हुनु, कोशी तटमा कौशिकी रहनु, आयुर्वेदका प्रणेता धन्वन्त र चरक यतैका हुनाले हिमवत्खण्ड नै ज्ञानभूमि तपोभूमि हो भन्ने बुझिन्छ । 

पौराणिक ग्रन्थहरुमा उल्लेखित हिमवतखण्डमा रहेका धेरै पात्र र स्थानहरुका बारेमा प्रधानमन्त्री ओलीले सिलसिलेवार रुपमा बताइरहेका छन्। शान्तिका प्रतिकका रुपमा रहेका गौतम बुद्ध नेपालमै जन्मेका बारेमा आम नेपालीसँगै उभिएर प्रधानमन्त्री केपी ओलीले पनि भनेकै छन्। 

विवाद नै सही पूर्वीय सभ्यतामा आराध्यका रुपमा रहेका भगवान र हिमवतखण्ड अन्तर्गत पर्ने पवित्र स्थानहरुलाई नेपालकै भएको तर्क गर्ने प्रधानमन्त्री ओलीले अब संसारभरका हिन्दुहरुका आराध्य शिवको कैलाश मानसरोवरलाई नेपालको नक्सामा राख्न भने के गर्छन धेरैले प्रतिक्षा गरेका छन्। 

शिव पुराणदेखि अन्य कैयन धार्मिक ग्रन्थहरुमा हिमवतखण्डमा पर्ने कैलाश शिव पार्वतीको वासस्थानको रुपमा चर्चा हुने गरेको छ। आज पनि शिव पार्वतीको वासस्थान मानिएको कैलाशमा जान हिन्दु श्रद्धालुहरुको मनोकांक्षा नै हुने गर्दछ।

तर करोडौं हिन्दुहरुको आराध्य शिवको वासस्थान कैलाश मानसरोवर राजनीतिक रुपमा हिन्दु बहुल देशहरु नेपाल र भारतमा नभइ चीन स्वशासित तिव्वतमा रहेको छ। 

पुराना तथ्यहरु सही गलत जे भएपनि सत्य झै प्रस्तुत गर्दै आएका प्रधानमन्त्रीले रामको अयोध्यालाई नेपालमा ल्याए जस्तै शिवको कैलाशलाई पनि नेपालभित्र ल्याउन संसारका हिन्दु समुदायको चाहना हुन सक्छ। यसतर्फ प्रधानमन्त्रीले जति चाँडो कदम चाल्न सक्छन भारतबाट हुने धार्मिक पर्यटनमा ठूलो टेवा पुग्ने छ। जस्को फाइदा नेपालले उठाउन सक्छ। 

बुद्ध नेपालमै जन्मेको हामीले स्थापित गरिसकेका छौ। रामको जन्मभूमीसँगै अब शिवको वासस्थानलाई पनि नेपालमा पार्न सकिए धार्मिक पर्यटनको प्रचार गरेर मात्रै हामीले प्रगती गर्न सक्थ्यो। के प्रधानमन्त्री ओली यसमा तयार हुनुहुन्छ ? पूर्वीय सभ्यताको सो क्षेत्रलाई हाम्रो भूगोलमा पार्न सक्ने जिम्मा तपाईले बाहेक अरु कसैको पालामा हुन सक्ने सम्भावना पनि छैन। चीन दाहिना भएको यहि बेलामा यो प्रस्ताव गरे पक्कै हात लागि पो हाल्छकी ? अयोध्याको बारेमा भारतले माने पनि नमाने पनि चीनले मानेमा यो हाम्रो लागि ऐतिहासिक उपलव्धी हुनेछ। तत्काल पहल शुरु होस।हाम्राकुराडटकमबाट साभार।


प्रकाशित मिति: मंगलबार, असार ३०, २०७७  ०९:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
काँग्रेस बाँकेले नेता कार्यकर्तालाई दक्ष बनाउन प्रशिक्षण दिने
काँग्रेस बाँकेले नेता कार्यकर्तालाई दक्ष बनाउन प्रशिक्षण दिने
वीपी कोइरालाको स्मृति दिवसको अवसरमा सरसफाई तथा वृक्षारोपण
वीपी कोइरालाको स्मृति दिवसको अवसरमा सरसफाई तथा वृक्षारोपण
वीपी स्मृति दिवसको अवसरमा सरसफाई
वीपी स्मृति दिवसको अवसरमा सरसफाई
४३औं वीपी स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम
४३औं वीपी स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP