नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • खजुरा गाउँपालिकाको सामाजिक परिक्षण
खजुरा गाउँपालिकाको सामाजिक परिक्षण
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, असार ३०, २०७७ बागेश्वरी पोस्ट
खजुरा गाउँपालिकाको सामाजिक परिक्षण

खजुरा । बाँकेको खजुरा गाउँपालिकाको सामाजिक परिक्षण प्रारम्भिक प्रतिवेदन प्रस्तुतिकरण र छलफल गरिएको छ । खजुरा गाउँपालिकाको आयोजना र बास नेपालगन्जको सहजीकरणमा आज खजुरामा प्रतिवेदन प्रस्तुतिकरण र छलफल गरिएको हो ।

बासका हेमराज भट्टले सन्दर्भ सामग्री अध्ययन र समीक्षा, अन्तरवार्ता, स्थलगत अवलोकन, समूह केन्द्रित छलफल, बर्हिगमन अभिमत संकलन, नागरिक प्रतिवेदनपत्र, सूचनाहरुको संकलन तथा विश्लेषणको विधि र प्रक्रिया प्रयोग गरी तयार भएका प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेपछि छलफल भएर अन्तिम प्रतिवेदनका लागि सुझाव दिइएको छ । ।

प्रतिवेदनले समग्रमा खजुराको कार्यसम्पादन शैली जनप्रतिनिधि र कर्मचारीको समन्वयमा राम्रो भएको देखाएको छ । जनसहभागिताको कमी, सूचना पाटी कतिपय ठाउँमा नराखेको, हरेक वडामा विषयगत प्राविधिक नहुनु, दरबन्दी अनुसार कर्मचारीमा कमी जस्ता केही कुराहरु बाहेक कानुन निर्माणदेखि विकास निर्माण तीव्र गतिमा अगाडि बढाएर सामाजिक रुपान्तरण गर्दै समग्ररूपमा समृद्धिको दिशामा खजुरा अग्रसर रहेको कुरा प्रतिवेदनले बोलेको छ ।

कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष किष्मतकुमार कक्षपतिले खजुरा समृद्धिका आधारसहित निर्वाचन ताका गरेका वाचा पूरा गरी आगामी निर्वाचित हुने जनप्रतिनिधिलाई काम गर्ने दीर्घकालीन बाटो छोडेर जाने बताउनुभयो । उहाँले अहिले ५ वर्षका लागि निर्वाचित जनप्रतिनिधि नयाँ भएकाले केही समस्या हुनु स्वभाविक भएपनि संघियतामा अहिलेका जनप्रतिनिधि संस्थापक भएकाले त्यही अनुसारको भूमिका निर्वाह गरिनुपर्ने बताउनुभयो ।

बाँकेका ८ वटा स्थानीय तहमध्ये खजुराले सामाजिक परिक्षणको पाटोलाई समेत अवलम्बन गर्दै आएकोले यो नयाँ शुरुवात भएको अध्यक्ष कक्षपतिले बताउनुभयो । उहाँले टुक्रे योजनाहरु अब नबन्ने, इच्छाशक्ति राखेर काम गर्दै जनसहभागितालाई बढाउने प्रयास गरिने प्रतिवद्धता जनाउनुभयो ।

उपाध्यक्ष एकमाया विकले सूचना पाटी राख्न योजनामै बजेट छुट्याउने गरेपनि राख्न अटेरी गरेकाले कडाईका साथ जाने बताउनुभयो । खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले आवश्यकता अनुसार कर्मचारी दरबन्दी नहुँदा कतिपय कार्यसम्पादनमा समस्या हुने गरेको बताउनुभयो ।

खजुराले जनतासम्म सूचना पु¥याउन मोबाइल एपदेखि वेभसाइटको समेत प्रयोग गरेपनि त्रैमासिक सूचना प्रकाशित गर्न नसकिएको र हेल्प डेस्कको छुट्टै व्यवस्थापन नभए पनि कर्मचारीबाटै सहयोगी भूमिका निर्वाह गरिएको सो अवसरमा जानकारी दिइयो ।

कार्यक्रममा वडा नं. ४ का अध्यक्ष तिलकवीर सुनार, ३ का अध्यक्ष कान्तुराम गौतम, कार्यपालिका सदस्य निशार अली लगायतले सुझाव राख्नुभएको थियो ।


प्रकाशित मिति: मंगलबार, असार ३०, २०७७  २१:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP