prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असोज १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • लकडाउनमा टेण्डर आव्हान गर्न नदिएकाले बजेट फ्रिज रोक्न नेपालगञ्जको माग
लकडाउनमा टेण्डर आव्हान गर्न नदिएकाले बजेट फ्रिज रोक्न नेपालगञ्जको माग
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, असार ३०, २०७७ बागेश्वरी पोस्ट
लकडाउनमा टेण्डर आव्हान गर्न नदिएकाले बजेट फ्रिज रोक्न नेपालगञ्जको माग

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले लकडाउनका कारण संघ र प्रदेशले स्वीकृत गरेको अधिकांश योजना अलपत्र अवस्थामा रहेको भन्दै लकडाउन अवधिभरको समय थप गर्न माग गरेको छ ।

नेपालगञ्जमा आज सम्पन्न भएको ७ औं नगरसभाले अर्थ मन्त्रालयका कारण लकडाउनको समयमा ठेक्का आव्हान गर्न नसकिएकाले अधिकांश योजना अधुरो अवस्थामा रहेको भन्दै समय थप गर्न माग गरेको हो । "अर्थ मन्त्रालयले पिएमओमार्फत् ठेक्का आव्हान गर्न दिएन" नगरसभामा नगरप्रमुख डा. धवलशम्शेर राणाले भन्नुभयो– "लकडाउन खुकुलो भएपछि आर्थिक बर्षको अन्तिम महिना सुरु भयो, जसका कारण धेरै योजना अलपत्र अवस्थामा छन् ।" अर्थ मन्त्रालयले समयमै काम गर्न नदिएर अहिले बजेट फ्रिज गर्ने हो भने देशभरका स्थानीय तहमा अधिकांश योजना अधुरो रहने र संरचनाहरु अलपत्र भई खण्डहर हुने भएकाले लकडाउन अवधिभरको समय योजनालाई पूर्णता दिन थप गर्नुपर्ने नगरप्रमुख राणाले माग गर्नुभयो ।

चालु आर्थिक वर्ष २०७६/७७ मा सबैभन्दा बढी राजश्व संकलन गर्ने ५ वटा वडा कार्यालयलाई सम्मान गरेको छ । चालु आवमा सबैभन्दा बढी राजश्व संकलन गर्ने वडा कार्यालयहरु क्रमशः वडा नम्बर १८, वडा नम्बर २, वडा नम्बर १, वडा नम्बर १० र वडा नम्बर ४ लाई नगरसभामा सम्मान गरिएको हो ।

नगरप्रमुख डा. राणा, उपप्रमुख उमा थापा मगर र प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले नगरसभामा वडा नम्बर १८ का वडा अध्यक्ष दीपक वर्मा, वडा नम्बर २ का अध्यक्ष सुनिलसिंह हमाल, वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजाल, वडा नम्बर १० का अध्यक्ष विन्दुभुषण बस्नेत र वडा नम्बर ४ का अध्यक्ष मो. सफिक वेहनालाई सम्मान गर्नुभयो । यसैगरी हालै सेवा निवृत्त हुनुभएका बरिष्ठ कार्यक्रम अधिकृत शरद पौडेललाई पनि सम्मान गरिएको छ ।

नगरसभामा कोभिड–१९ मा महत्वपूर्ण योगदान गर्ने कर्मचारीहरु लेखा अधिकृत लोकेन्द्र रावत, जनस्वास्थ्य अधिकृत रामवहादुर चन्द, जनस्वास्थ्य निरिक्षक जागेश्वर बस्नेत, महिला विकास अधिकृत मञ्जु पाण्डे, सरसफाई शाखा प्रमुख अशोक केसी, सहायक ५ औं रामकुमार पौडेल, नगर प्रहरी हवल्दार पवनकुमार कनौजिया, नगर प्रहरी चन्द्र राना र सवारी चालक भुपति ढकाललाई पनि सम्मान गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका स्तरीय अपांगता सञ्जाल, नेपाल रेडक्रस सोसाईटी बाँकेका सभापति गोवद्र्धन सिंह सम्झना, भेरी अस्पतालका मेसु डा. प्रकाश थापा, साईनिङ अस्पतालका सवारी चालक आशिष रानामगरलाई सम्मान गरिएको छ । साफ खेलकुदमा भारत्तोलनमा काश्य पदक विजेता प्रकाश केसीलाई ५० हजार, क्रिकेटतर्फ पदक विजेता राष्ट्रिय खेलाडी अविनाश बोहरालाई नगद २१ हजार , जिल्ला हक्की सङ्घ बाँकेको महिला र पुरुष टोलीलाई प्रति टोली ५१ हजार र मुख्यमन्त्री कप कप प्रदेश स्तरीय फुटबलमा प्रथम हुने धम्बोझी क्लवलाई नगद १५ हजार रुपियाँसहित सम्मान गरिएको छ ।

कोभिड–१९ नियन्त्रण र रोकथामका लागि सहयोग तथा सहकार्य गर्ने विभिन्न सङ्घ संस्थालाई पनि नगरसभामा सम्मान गरिएको छ । नगरसभाले आधुनिक एवम सुविधासम्पन्न क्रिकेट स्टेडियम निर्माणका लागि संघ र प्रदेशसँग सहकार्य गर्ने, नगरक्षेत्रमा सडक एवम भवनको मापदण्ड तयार गरि लागू गर्ने, नगर क्षेत्र सफा राख्ने लगायतका निर्णय गरेको छ । नगरप्रमुख डा. राणाले नगरसभाले गरेका निर्णय कार्यान्वयनका लागि जनप्रतिनिधि, कर्मचारीसँगै आम नगरबासीसँग आग्रह गर्नुभयो ।


प्रकाशित मिति: मंगलबार, असार ३०, २०७७  २२:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतमा गाडी दुर्घटना हुँदा सल्यानका चार जनाको मृत्यु
भारतमा गाडी दुर्घटना हुँदा सल्यानका चार जनाको मृत्यु
असोज १ गते शोक दिवस मनाइने, देशभर सार्वजनिक विदा
असोज १ गते शोक दिवस मनाइने, देशभर सार्वजनिक विदा
जेन–जी आन्दोलनमा निधन भएका व्यक्तिको सम्मानमा राष्ट्रिय शोक दिवस मनाउने निर्णय
जेन–जी आन्दोलनमा निधन भएका व्यक्तिको सम्मानमा राष्ट्रिय शोक दिवस मनाउने निर्णय
जेनजी आन्दोलनमा ज्यान गुमाएका नेपालगन्जका आयुषको पनि अन्त्येष्टि
जेनजी आन्दोलनमा ज्यान गुमाएका नेपालगन्जका आयुषको पनि अन्त्येष्टि
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP