prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ३०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सम्वादपछि वस्ती व्यवस्थापन
सम्वादपछि वस्ती व्यवस्थापन
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असार ३१, २०७७ बागेश्वरी पोस्ट
सम्वादपछि वस्ती व्यवस्थापन

नेपालगञ्ज । नेपालगञ्ज राँझास्थित आदर्श माविको जग्गामा बसोवास गरिरहेका सुकुम्वासीहरुलाई स्थानान्तरण गरिएपछि जग्गाको किचलो सदाका लागि साम्य भएको छ ।

paribartan 1

सम्वाद समूह, बाँकेको निरन्तर सम्वाद प्रक्रिया र वडा नं २० वडा समिति कार्यालयको अग्रसरतापछि डेढ दशक अघिदेखिको बसोबासको किचलो अन्त्य भएको हो । विद्यालयको नेपालगञ्ज–२० गायत्रीनगरस्थित ३ बिघा ७ कठ्ठा १४ धुर जग्गामा वर्षौंदेखि सुकुम्बासी/भूमीहिनका नाममा ८४ घरपरिवारले कब्जा गरी घर टहरा बनाएर बसेका थिए ।

२५ घर परिवार गत वर्ष नै उत्तर (नाली किनार)तर्फ सरेपनि बाँकि घरपरिवारलाई वडा कार्यालयले क्रमिकरुपमा व्यवस्थापन गरेको हो । विद्यालयको अतिक्रमित जग्गा अहिले खाली गरिसकिएको छ भने अधिकांस परिवारले अन्यत्र घर बनाएर बसीसकेका छन् । वडाकै सहमतीमा यसपाली विद्यालयको पश्चिमतर्फ १५, दक्षिणतर्फ १६ घरपरिवारलाई ऐलानी र नाली किनारको जग्गामा घर बनाउन दिइएको हो । सम्वाद समूह, बाँकेको सहजीकरणमा गत वर्ष जेठ २ गते सुकुम्वासी/भूमिहिन, विद्यालय र वडा कार्यालयबीच बास्तविक सुकुम्वासीलाई विद्यालय र नाला वरिपरिको ऐलानी जमीनमा स्थानान्तरण गर्ने सहमती गरिएपछि व्यवस्थापन प्रक्रिया शुरु भएको थियो ।

अतिक्रमित जग्गा खाली गर्न गरिएको वडा र विद्यालयको हर प्रयास असफल भएपछि सम्वाद समूह, बाँकेले दुई वर्षदेखि सरोकार पक्षसँग सम्वाद सहजीकरण गर्दै आइरहेको थियो । गृह मन्त्रालयले गत मंसीरमा विद्यालयको जग्गा खाली गर्न प्रशासनलाई परिपत्र गरेपछि थप दबाब बढेको थियो । वडा कार्यालयले ३१ घरपरिवारलाई ५०/५० हजारका दरले घर स्थानान्तरणका लागि सहयोग गरेको थियो भने सरकारका तर्फबाट सुरक्षित आवास कार्यक्रम अन्तर्गत २३ जनालाई ५०/५० हजार उपलव्ध गराइएको थियो । यसअघि नेपालगञ्ज उपहानगरपालिकाद्धारा कार्यपालिका सदस्य देउमल सुनारको संयोजकत्वमा गठीत अध्यन समितीले ४४ घरपरिवार वास्तविक सुकुम्वासी रहेको ठहर गरेको थियो तथापी अपांग, नागरिकता समेत नभएका गरि थप घरपरिवारलाई पनि व्यवस्थापन गर्नु पर्ने सुझाएको थियो ।

गायत्री नगरमा कक्षा ९ देखि १२ सम्म पढाई संचालन भइरहेपनि बस्तीकै कारण हो हल्ला हुने, पढाईमा बाधा पुग्ने लगायतका समस्याहरु झेल्नु परिरहेको थियो । राँझा चौकमा रहेको आदर्श माध्यमिक विद्यालयको भवन नेपालगञ्ज नागरिक उड्डयन प्राधिकरण नेपालगञ्ज विमानस्थल कार्यालयले अधिग्रहण गर्ने भएपछि गायत्रीनगरमा सर्नु पर्ने बाध्यात्मक स्थिती रहेको थियो । दुवै स्थानमा गरेर चौध सय विद्यार्थी अध्यनरत रहेका छन् ।

सम्वाद प्रक्रियामा सहभागी अपाङगता भएका व्यक्ती लाल बहादुर परियारले वस्ती, विद्यालय र वडा कार्यालयबीचको वर्षौदेखिको विवाद सम्वादकै कारण सम्भव भएको जीकीर गर्नु भयो । बास वस्ने जग्गा व्यवस्था भएपनि नाला व्यवस्थापन लगायतका सेवा सुविधामा पनि वडाले अग्रसरता देखाउनु पर्ने माग राख्नु भयो । वडा न २० का वडा अध्यक्ष कृष्णबहादुर कार्कीले निरन्तरको सम्वादबाट विद्यालयले आफनो जग्गा र सुकुम्वासीले बास पाएकोमा खुसी प्रकट गर्नु भयो । विद्यालय र वस्ती व्यवस्थापनका लागि वडाबाट अहिले सम्म करिव ५० लाख खर्च गरिसकिएको उहाँले दाबी गर्नु भयो । बस्ती व्यवस्थापनको काम सकीएपनि बाटो, नाली निर्माण, खानेपानी लगायतका काम अझैं जारी रहेको कार्कीको भनाई थियो ।

बस्ती व्यवस्थापन र शैक्षिक विकास लागि उपमहानगरपालिकाले पनि आवश्यक समन्वय र सहजीरकण गरेको उपमहानगरपालिका उपप्रमुख एवं सम्वाद सदस्य उमा थापामगरले जानकारी दिनु भयो । विद्यालयका प्राचार्य प्रकाश आचार्यले वस्ती व्यवस्थापनको अथक प्रयास सफल भएकोमा खुसी प्रकट गर्दै विद्यालयको समग्र विकासमा थप योजनासहित अघि बढ्ने जिम्मेवारी बढेको बताउनु भयो ।

२००९ सालदेखि स्थानीय अगुवा राम मिलन बर्मा लगायतले घरगोठमै सञ्चालन गर्दै आएको विद्यालय २०१६ सालदेखि आदर्श जनता प्राइमरी स्कुलका नाममा सरकारी मान्यतामा छ । सम्वाद समूह बाँकेले सार्वजनिक सरोकारका विषयमा देखिएको विवादमा सहजीकरण गर्दै आएको छ ।


प्रकाशित मिति: बुधबार, असार ३१, २०७७  १७:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्राविधिक विश्वविद्यालयमा स्नातकोत्तर पढाई सुरु, विद्यार्थीलाई अभिमुखीकरण
लुम्बिनी प्राविधिक विश्वविद्यालयमा स्नातकोत्तर पढाई सुरु, विद्यार्थीलाई अभिमुखीकरण
लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा कोहलपुरमा अव्यवस्थित वसोवासीलाई लालपुर्जा वितरण
लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा कोहलपुरमा अव्यवस्थित वसोवासीलाई लालपुर्जा वितरण
कपडा तथा सिलाई व्यवसायी संघले प्रशासनसंगै स्थानीय सरकारलाई बुझायो ज्ञापनपत्र
कपडा तथा सिलाई व्यवसायी संघले प्रशासनसंगै स्थानीय सरकारलाई बुझायो ज्ञापनपत्र
आज मुस्लिम समुदायको मोहर्रम पर्व, ताजिया विसर्जन गरिँदै
आज मुस्लिम समुदायको मोहर्रम पर्व, ताजिया विसर्जन गरिँदै
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP