नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, फागुन ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसको अन्तरिम संरचना समायोजन अन्तिम चरण
कांग्रेसको अन्तरिम संरचना समायोजन अन्तिम चरण
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, साउन ४, २०७७ बागेश्वरी पोस्ट
कांग्रेसको अन्तरिम संरचना समायोजन अन्तिम चरण
कांग्रेस मुख्यालय

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन कार्यतालिका सार्वजनिक गरेसँगै आवश्यक प्रक्रिया अघि बढाएको छ ।

महाधिवेशनको तालिकानुसार राज्य पुनःसंरचनाबमोजिम समायोजन हुन बाँकी जिल्लामा पार्टीको अन्तरिम संरचना समायोजन अन्तिम चरणमा पुगेको पार्टी कार्यालयले जनाएको छ ।

हालसम्म ६७ जिल्लामा समायोजन सम्पन्न भइसकेको र बाँकी जिल्लाको पनि निर्धारित समयमै हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले जानकारी दिए ।

समायोजन हुन बाँकी जिल्लामा समायोजनका लागि समयावधि थपिने कुनै सम्भावना नरहेको उनले स्पष्ट पारे ।

कांग्रेस केन्द्रीय कार्यसमितिको गत असार २२ गतेको बैठकले १४ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्दै यही साउन १० गतेभित्र समायोजन हुन बाँकी जिल्लाको पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्नुपर्ने मिति निर्धारण गरेको थियो ।

सो बैठकले आगामी फागुन ७ देखि १० गतेसम्मका लागि पूर्वनिर्धारित महाधिवेशनको मिति कायम राख्दै समायोजन, कियाशील सदस्यता वितरण र अधिवेशनको कार्यतालिका हेरफेर गरेको थियो ।

पछिल्लो तालिकानुसार गत असार २५ गतेदेखि यही साउनसम्म प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गर्ने समय तोकिएको छ ।

यसैगरी केन्द्रीय कार्यालयबाट हालसम्म ५५ जिल्लाले क्रियाशील सदस्यता फाराम लगिसकेको र बाँकी जिल्लामा पनि निर्धारित मितिमै पुग्ने गरी काम भइरहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेस सङ्गठनमा सबैभन्दा महत्वपूर्ण सदस्यताका रुपमा लिइने क्रियाशील सदस्य हाल चार लाख ७० हजार छन् ।

विसं २०७४ को आमनिर्वाचनमा कांग्रेसमा समायोजन भएको विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमका थप २६ हजार क्रियाशील सदस्यलाई मान्यता दिने सहमति भएको थियो ।

कांग्रेसले अन्य पार्टीबाट प्रवेश गरेका सदस्य र संगठन सुदृढिकरणलाई मध्येनजर गरी आगामी महाधिवेशनमा हाल कायम क्रियाशील सदस्यको करिब ५० प्रतिशत नयाँ क्रियाशील सदस्यता वितरण गर्ने निर्णय गरेको मुख्य सचिव पौडेलले बताए ।

तालिकाअनुसार नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नवीकरणको नामावलीको अन्तिम सूची तयार गरी छानबिन समितिले केन्द्रीय सभापतिलाई बुझाइसक्नुपर्ने अवधि आगामी मङ्सिर २५ गते र केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि मङ्सिर मसान्तभित्र तोकिएको छ ।

कांग्रेसले गाउँनगर वडा अधिवेशन आगामी पुस ६ गते, गाउँनगरपालिका अधिवेशन पुस ८ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस ११ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस १३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस १६ गते र प्रदेश अधिवेशन माघ ६ गते निर्धारण गरेको छ ।

कांग्रेसले यसअघि सार्वजनिक गरेको महाधिवेशन तालिकानुसार गत फागुनदेखि चैतसम्म क्रियाशील सदस्यता वितरण र नवीकरण गर्ने कार्य निर्धारण गरिएको भए पनि कोरोना भाइरस सङ्क्रमणका कारण स्थगन गर्नुपरेको थियो । कांग्रेसमा केहीले अझै पनि कोरोनाका कारण निर्धारित मितिमै महाविधेशन हुनेमा आशङ्का व्यक्त गर्ने गरेका छन् ।

पार्टी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीले कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएको र कोरानाको प्रभाव पनि कमजोर बन्दै गएकाले निर्धारित मितिमै महाधिवेशन हुने विश्वास दिलाए ।

कांग्रेसको १३औँ महाधिवेशन विसं २०७२ फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा भएको थियो । पार्टी विधानमा सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्ष हुने र असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्ने व्यवस्था छ ।

सोही व्यवस्थानुसार कांग्रेसले गत पुस ११ गते पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि एक वर्ष थप गर्ने निर्णय गरेको थियो । खबरहब


प्रकाशित मिति: आइतबार, साउन ४, २०७७  १६:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके क्षेत्र नम्बर २ का नेकपा उम्मेदवार विष्टले सार्वजनिक गरे प्रतिबद्धता-पत्र
बाँके क्षेत्र नम्बर २ का नेकपा उम्मेदवार विष्टले सार्वजनिक गरे प्रतिबद्धता-पत्र
गौडेलको सादगी शैलीले जित्दै छ मतदाताको मन
गौडेलको सादगी शैलीले जित्दै छ मतदाताको मन
किसानलाई समस्या परेका बेला बोल्ने पार्टी कांग्रेस होः अध्यक्ष तिमिल्सिना
किसानलाई समस्या परेका बेला बोल्ने पार्टी कांग्रेस होः अध्यक्ष तिमिल्सिना
युवा उम्मेदवार कोइरालालाई ब्रम्हाकुमारी दुर्गा दिदीको आशिर्वाद
युवा उम्मेदवार कोइरालालाई ब्रम्हाकुमारी दुर्गा दिदीको आशिर्वाद
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP