नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, मंसिर २१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • रोहिणी र डुडुवा खोलाको कटानले कोहलपुरका बस्ती जोखिममा
रोहिणी र डुडुवा खोलाको कटानले कोहलपुरका बस्ती जोखिममा
banijya office RSG-2
रासस
मंगलबार, साउन ६, २०७७ रासस
रोहिणी र डुडुवा खोलाको कटानले कोहलपुरका बस्ती जोखिममा

नेपालगञ्ज । बाँकेको रोहिणी र डुडुवा खोलाको कटानले कोहलपुर नगरपालिकाका तीन टोल जोखिममा परेका छन् । कोहलपुर नगरपालिका हुँदै बग्ने रोहिणी र डुडुवा खोलाको कटानका कारण सबैभन्दा बढी जानकी टोल, एकतानगर, चट्टार लगायत टोल जोखिममा रहेको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले जानकारी दिनुभयो ।

उहाँका अनुसार रोहिणी र डुडुवा खोलाको बाढीका कारण कोहलपुर नगरपालिकाको वडा नं ७, ८, १०, ११, १२ र १३ गरी पाँच वडाका बासिन्दा प्रभावित हुँदै आएका छन् । खोलाको कटान रोकथामका लागि आवश्यक पहल गरिएपनि खोलाको बहावले धार फेर्दा बर्सेनी ठूलो क्षति हुँदै आएको छ ।

डुडुवा र रोहिणी खोलामा आएको बाढीले तीव्ररुपमा कटान गरिरहेकाले खोलाको छेउमा रहेको बस्ती जोखिममा परेको छ । बस्ती बचाउन नगरपालिकाले मात्रै नसक्ने भएकाले प्रदेश र केन्द्रीय सरकारलाई पनि सहयोगको लागि पहल गरिएको नगर प्रमुख रावतको भनाई छ ।

केही दिनयता निरन्तर परेको पानीले कोहलपुर–१२ स्थित जानकीनगर टोल रोहिणी खोलाको तीव्र कटानले जोखिममा परेको स्थानीयवासी एवं कोहलपुर नगरकार्यपालिका सदस्य नारायणी वलीले जानकारी दिनुभयो । लगातारको वर्षाका कारण रोहिणी खोलामा आएको बाढीले करिब १५ मिटर कटान गरी बहाव परिवर्तन गरी बस्तीतिर फर्केकाले जोखिम बढेको वलीले बताउनुभयो । तीन मिटरको चौडाइमा रहेको रोहिणीखोलाले कटान तीव्र पार्दै अहिले १५ मिटरभन्दा बढी फैलिएको उहाँको भनाई छ ।

खेतबारी बगाउँदै बस्तीतिर खोला सोझिएको स्थानीय खेमराज शर्माले बताउनुभयो । उहाँका अनुसार खोलाको कटानबाट जोगाउनका लागि तत्काल पहल गर्न नसकिए ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था आएको छ । रोहणी र डुडुवा खोलाको तीव्र कटानका कारण जोखिममा परेका बस्ती जोगाउनका लागि तत्काल अस्थायीरूपमा तटबन्ध निर्माणकार्य शुरु गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।

उहाँले नदीले कटान गरेको स्थानको स्थलगत अवलोकन गरी कटानलाई तत्कालका लागि रोक्न जिल्ला विपद् व्यवस्थापन समितिबाट बोरी र जालीको व्यवस्था गरी नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको पहलमा तटबन्ध लगाउन शुरु गरिएको बताउनुभयो ।


प्रकाशित मिति: मंगलबार, साउन ६, २०७७  १२:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
क्रियाशील पत्रकार महिला बाँकेको कार्यालय उद्घाटन  
क्रियाशील पत्रकार महिला बाँकेको कार्यालय उद्घाटन  
'कार्यस्थलमा समेत महिला असुरक्षित'
'कार्यस्थलमा समेत महिला असुरक्षित'
अपाङ्गता भएका ब्यक्तिहरुलाई प्रदान गरिएका सेवा सुविधालाई ब्यवहारिक बनाइनुपर्नेमा जोड
अपाङ्गता भएका ब्यक्तिहरुलाई प्रदान गरिएका सेवा सुविधालाई ब्यवहारिक बनाइनुपर्नेमा जोड
तनावको सामना गर्ने उपायका बारेमा मन्थन
तनावको सामना गर्ने उपायका बारेमा मन्थन
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP