नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, माघ २७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नरैनापुरबाट सेना फिर्ता, अध्यक्ष शाहद्वारा विदाई
नरैनापुरबाट सेना फिर्ता, अध्यक्ष शाहद्वारा विदाई
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, साउन १३, २०७७ बागेश्वरी पोस्ट
नरैनापुरबाट सेना फिर्ता, अध्यक्ष शाहद्वारा विदाई

नरैनापुर(बाँके), साउन १३ । बाँकेको नरैनापुर गाउँपालिकाकाबाट सेना फिर्ता भएको छ । कोरोना कहरमा परिचालन गरिएको सेना आज फिर्ता गरिएको हो । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले उनीहरुलाई बिदाई गर्नुभएको हो ।

अप्ठ्यारो अवस्थामा स्थितिलाई नियन्त्रणमा लिन सेनाले गरेको योगदानको अध्यक्ष शाहले मुक्तकण्ठले प्रशंसा गर्नुभयो । कोरोनाको हटस्पट बनेको नरैनापुरलाई पूर्ववत् अवस्थामा ल्याउन सेनाले खेलेको भूमिका सराहनीय रहेको उहाँले बताउनुभयो ।

कोरोनाले गाँजेको बेला असहज परिस्थितिलाई नियन्त्रणमा लिन सेना खटाइएको थियो । कोरोनाका कारण परिस्थिति नियन्त्रण बाहिर जान थालेपछि गाउँपालिकाले सेनाको माग गरेको थियो । त्यसपछि जिल्ला सुरक्षा समितिले सेना परिचालन गर्ने निर्णय गरेको थियो । क्वारेन्टाइनमा बसेकाहरुमा धमाधम कोरोना देखिँदा संक्रमितहरुलाई आइसोलेसनसम्म ल्याउन स्थानीय केही नेताहरुले अवरोध सिर्जना गरेपछि परिस्थिति जटिल बनेको थियो ।

क्वारेन्टाइन व्यवस्थापन, शिल गरिएको क्षेत्रको अनुगमन, लकडाउन प्रभावकारी बनाउँदै शान्ति सुरक्षा मजबुत बनाउन सेनालाई जिम्मेवारी दिइएको थियो । सेनानी सुरेश कुमार श्रेष्ठको कमाण्डमा राँझास्थित भैरव प्रसाद गणबाट ४५ जना सेना खटाइएको थियो । गत जेठ ११ गतेदेखि सेना परिचालन गरिएको थियो ।

जय किसान माविमा क्याम्प बनाई बसेको सेनालाई आज एक कार्यक्रमका विच बिदाई गरिएको हो । शिक्षक अरुण यादवले संचालन गरेको बिदाई कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष मसुद अहमद शाह, जय किसान माविका प्रधानाध्यापक लक्ष्मण तिवारी लगायतको उपस्थिति थियो ।

जेठको मध्यसम्म देशकै सबैभन्दा बढी कोरोना संक्रमित फेला परेको नरैनापुरमा हाल नयाँ संक्रमित छैनन् । नरैनापुरमा १ सय १९ जनामा संक्रमण भएकोमा सबै निको भएर घर फर्किसकेका छन् । नरैनापुर ५ का २५ वर्षका एक युवकको भने क्वारेन्टाइनमै बसेको बेला मृत्यु भएको थियो ।


प्रकाशित मिति: मंगलबार, साउन १३, २०७७  २१:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रेस युनियन लुम्बिनी 'रणनीतिक वैठक': प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि कांग्रेसले जित्नु अनिवार्य-अध्यक्ष लम्साल
प्रेस युनियन लुम्बिनी 'रणनीतिक वैठक': प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि कांग्रेसले जित्नु अनिवार्य-अध्यक्ष लम्साल
नेपालगन्जमा बाल अधिकारसम्बन्धि परियोजनाको 'क्लोज-अप' बैठक सम्पन्न
नेपालगन्जमा बाल अधिकारसम्बन्धि परियोजनाको 'क्लोज-अप' बैठक सम्पन्न
कोशी प्रदेश स्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन
कोशी प्रदेश स्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन
एकै दिन बर्दियामा चितुवाको आक्रमणमा दुई जनाले ज्यान गुमाए
एकै दिन बर्दियामा चितुवाको आक्रमणमा दुई जनाले ज्यान गुमाए
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP