prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बाढीका कारण बाँकेका ११४ गाउँ उच्च जोखिममा
बाढीका कारण बाँकेका ११४ गाउँ उच्च जोखिममा
banijya office RSG-2
रासस
बुधबार, साउन १४, २०७७ रासस
बाढीका कारण बाँकेका ११४ गाउँ उच्च जोखिममा

नेपालगञ्ज । राप्ती नदी लगायत अन्य साना ठूला खोलामा आउने बाढीका कारण बाँकेका ११४ गाउँ उच्च जोखिममा परेका छन् । आठ स्थानीय तहमा पर्ने ३५ वडाका ११४ गाउँ राप्ती नदी, डुडुवा खोला, मानखोला लगायत साना–ठूला खोलामा आउने बाढीको उच्च जोखिममा रहेको नक्साङ्कन गरिएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका स्रोत व्यक्ति गौरीलाल बुढाथोकीले जानकारी दिनुभयो ।

जिल्लामा सबैभन्दा धेरै राप्तीसोनारीका नौ वटै वडाका ४३ गाउँ बाढीको उच्च जोखिममा रहेका छन् । वडा नं. १ मा पर्ने सिक्टा, जरुवा, बैरिया, ओजखोला, चप्परगौडी र तितेनघारी, वडा नं. २ का मदुवा, हरिहरपुर, औरहवा, टिकुलीपुर, शमशेरगञ्ज, बेलबास र राजपुर तल्लोबस्ती बाढीको उच्च जोखिममा रहेको उहाँले बताउनुभयो । राप्तीसोनारी गाउँपालिका–३ का शाहीपुर, नवलपुर, बैसा, गर्लाबास, सिनाबास र परसरामपुर, वडा नं. ४ का लालपुर, धामपुर र भगवानपुर वडा नं. ५ का ललही, आलीनगर, पठरिया, रिहार डाँडा र चिलहरिया पनि राप्ती नदीको उच्च जोखिममा रहेको बुढाथोकीले बताउनुभयो ।

राप्तीसोनारीको ६ नं. वडाका खल्लाटेपरी, गोडियनपुर्वा, वडा नं. ७ का खल्ला झगडिया, वसन्तापुर, भवनियापुर, पहाडीपुर, देउपुर्वा, पिप्रहवा, गेदवा, सोनपुर पनि राप्ती नदीको उच्च जोखिममा रहेका छन् । यसैगरी वडा नं. ८ का बालापुर, पेरानी र वडा नं. ९ का ढकेरी र महादेवा गाउँ पनि बाढीको उच्च जोखिममा रहेका छन् । राप्तीसोनारीपछि दोस्रोमा नरैनापुर गाउँपालिकाका पाँच वटा वडाका २० गाउँ बाढीको जोखिममा रहने गरेका छन् ।

नरैनापुरका बनियागाउँ, महतनिया, सुइया, वहाउँपूर्वा, कोटिया, कोदीपुर, रतेहिया, घोडदौरिया, नौसहरा, नरैनापुर, दौलतपुर, मटेहिया, जमुनाहा, भगवानपुर, निवाजीगाउँ, सोनवर्षा, कुदरबेटवा, गङ्गापुर, भोजपुर र जमुनी गाउँ बाढीको जोखिममा भएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका स्रोत व्यक्ति बुढाथोकीले जानकारी दिनुभयो । डुडुवा गाउँपालिका–१ को पिप्रहवा, कृषि चौफेरी, पाझा, खडैंचा र टेपरी, वडा नं. २ को सन्तलिया, अमृतपुर्वा, भेलोरपुर्वा, दासपुर्वा, खोलमसाहा, बाबागाउँ, कैरातीपुर्वा, कोहली र वडा नंं. ३ को रमपुर्वा, कटैहया, हलकारापुर्वा, लोधपुर्वा र राजापुर्वा पनि राप्ती नदी र डुडुवा खोलाको उच्च जोखिममा रहेका गाउँ हुन् । डुडुवा गाउँपालिका–४ का खालेमसाहा र लालापुर्वा, वडा नं. ५ का खजुरागौडी, लडियाघाट, सिधनिया तल्लोबस्ती, लिवाङ्गी टोल र शिवराजपुर राप्ती नदी र डुडुवा खोलाको उच्च जोखिम क्षेत्रभित्र पर्दछन् ।

जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले खजुरा गाउँपालिकाको वडा नं. ५ र ६ का सात वटा गाउँ मानखोला र पेडारी खोलामा आउने बाढीको उच्च जोखिममा रहेको नक्साङ्कन गरेको छ । वडा नं. ५ र ६ का गिजरा, पुरैना, दशबिघा, आठबिघा, बाह्रबिघा, शान्तिनगर र सल्यानी टोली बाढीको उच्च जोखिममा रहेको गाउँ हुन् । खजुरा गाउँपालिका–२ को गुराँसपुर पनि बाढीको जोखिमयुक्त गाउँमा पर्दछ । कोहलपुर नगरपालिकाको वडा नं. १०, ११, १२ र १४ का कालिकानगर, मुक्त कमैया टोल, चप्परगौडी र बजारटोल रोहिणी र डुडुवा खोलाको कटानका कारण जोखिममा रहेको केन्द्रले जनाएको छ ।

बैजनाथ गाउँपालिका वडा नं. २, ३, ४, ५, ६, ७ र ८ वडाका मकैबारी, जबदहवा, रामपुर, कलरामपुर, बानियाभार, इटा नाला, जनमत टोल, छमनिया, गरही, परशरामपुर सम्झनाबजार, गुरुवागाउँ, सिंहभवानी, गरही पनि बाढीको जोखिममा रहेको केन्द्रले जारी गरेको नक्साङ्कनमा उल्लेख छ । जानकी गाउँपालिकाको वडा नं. १ को साइगाउँ, शिवपुरी, पचपोखरा, बढैया गाउँ बाढीको उच्च जोखिममा रहेका छन् । यसैगरी नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं. २० मा पर्ने मदनापुर डुडुवा खोलाको जोखिममा रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

बाढीको उच्च जोखिममा रहेका गाउँमा क्षति हुन नदिन स्थानीय तह र जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले आवश्यक पूर्व तयारी गरेका छन् । कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले रोहिणी र डुडुवा खोलाको कटान रोकथामको लागि नगरपालिकाले अस्थायी तटबन्धन निर्माण गरी रोक्ने कार्य गरेको बताउँदै ठूलो क्षति पु¥याउने खतरा रहेकाले उद्धार तथा राहतको पूर्वसतर्कता र तयारी गरिएको बताउनुभयो । डुडुवा र रोहिणी खोलामा आएको बाढीले तीव्ररुपमा कटान गरिरहेकाले खोलाको छेउमा रहेको बस्ती जोखिममा परेको छ । बस्ती बचाउन कोहलपुर नगरपालिकाले मात्रै नसक्ने भएकाले प्रदेश र केन्द्रीय सरकारलाई पनि सहयोगको लागि पहल गरिएको नगरप्रमुख रावतको भनाई छ ।

बाढीको उच्च जोखिममा रहेका गाउँ र ठाउँको पहिचान गरी उद्धार, राहत तथा पूर्व सूचनासहित पूर्व तयारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताउनुभयो । “बाढीबाट हुने क्षति न्यूनीकरण गर्न उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको छ, उद्धार गरिएका व्यक्तिलाई सेल्टरमा राख्ने र बाढीमा परेका व्यक्तिको उद्धारका लागि प्रयोग हुने हेलिकप्टर बस्ने हेलीप्याड निर्माण गरिएको छ”, प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले भन्नुभयो, “क्षति हुन नदिन सबै खालका उपाय अवलम्बन गरिएको छ ।” उहाँले पहाडी क्षेत्रमा भारी वर्षा भई बबई र पश्चिम राप्ती नदीको बहाव उल्लेख्य बढ्न सक्ने हुँदा तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध समेत गर्नुभएको छ।


प्रकाशित मिति: बुधबार, साउन १४, २०७७  १५:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
असोज १ गते शोक दिवस मनाइने, देशभर सार्वजनिक विदा
असोज १ गते शोक दिवस मनाइने, देशभर सार्वजनिक विदा
जेन–जी आन्दोलनमा निधन भएका व्यक्तिको सम्मानमा राष्ट्रिय शोक दिवस मनाउने निर्णय
जेन–जी आन्दोलनमा निधन भएका व्यक्तिको सम्मानमा राष्ट्रिय शोक दिवस मनाउने निर्णय
जेनजी आन्दोलनमा ज्यान गुमाएका नेपालगन्जका आयुषको पनि अन्त्येष्टि
जेनजी आन्दोलनमा ज्यान गुमाएका नेपालगन्जका आयुषको पनि अन्त्येष्टि
जेन-जी प्रदर्शनमा ज्यान गुमाएका नेपालगञ्जका सुलभको अन्त्येष्टि, आयुषको शनिबार अन्त्येष्टि
जेन-जी प्रदर्शनमा ज्यान गुमाएका नेपालगञ्जका सुलभको अन्त्येष्टि, आयुषको शनिबार अन्त्येष्टि
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP