prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • मन्त्रिपरिषद पुर्नगठन गर्ने तयारीमा प्रधानमन्त्री ओली
मन्त्रिपरिषद पुर्नगठन गर्ने तयारीमा प्रधानमन्त्री ओली
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, साउन २१, २०७७ बागेश्वरी पोस्ट
मन्त्रिपरिषद पुर्नगठन गर्ने तयारीमा प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओली

नेपालगन्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको पुर्नगठन गर्ने तयारी थालेका छन् । दुई वर्ष पुगेका र सरकारमै रहेर प्रधानमन्त्रीको विरोधमा रहेका मन्त्रीहरुलाई विदा दिने गरी प्रधानमन्त्रीले मन्त्रिपरिषद पुर्नगठन गर्ने विषयमा निकटस्थहरुसंग छलफल सुरु गरेका हुन् । 

उनले पार्टीभित्रका सवै पक्ष र क्षेत्रलाई समेटेर मन्त्रिमण्डल पुर्नगठनको तयारी गरेका हुन् । नेकपाभित्र पार्टीका दुई अध्यक्ष पुष्पकमल दाहाल र केपी शर्मा ओलीबीच विवाद बढेपछि देश बन्धकजस्तै बनेको छ । 

प्रधानमन्त्री ओलीले नेकपाको विवादले देश बन्धक बनेको भन्दै अव सरकार प्रभावकारी ढंगले संचालन गर्ने तयारी गरेका हुन् । उनले त्यसका लागी अव अन्तिम कदम चाल्ने तयारी गरेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो । 

कोरोना भाइरसको महामारी फैलिरहेको बेला नेकपाभित्र चरम विवाद भएको र सरकारका काम समेत त्यसबाट प्रभावित भएको भन्दै सर्वत्र विरोध भइरहेको बेला प्रधानमन्त्रीले मन्त्रिपरिषदको पुर्नगठन गरेर अघि बढ्ने तयारी गरेका हुन् । 

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सचिवालयका सदस्यहरु माधवकुमार नेपाल,झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीले दुई पदमध्ये एकबाट राजीनामा दिनुपर्ने अडान राख्दै आएका छन् । तर, प्रधानमन्त्री ओलीले भने दुवै पदबाट राजीनामा नदिने स्पष्ट पारिसकेका छन् । 

नेकपाको स्थायी समिति वैठकमा समेत प्रधानमन्त्री ओलीको राजीनामाको विषयले प्रवेश पाएपछि वैठक अनिश्चितकालका लागी स्थगित भएको छ । प्रधानमन्त्री ओली सचिवालय वैठक बोलाउने र स्थायी समीति वैठक स्थगित गर्ने पक्षमा छन् । तर, अर्का अध्यक्ष प्रचण्डले भने स्थायी समितिको वैठकबाटै विवाद समाधान गर्नुपर्नेमा छन् । 

दुवै अध्यक्षबीच वैठक जारी भएपनि सहमती भने निस्केको छैन् । प्रधानमन्त्री ओली यो साताभित्र सहमति भए पनि नभए अर्को हप्ता नै मन्त्रिपरिषद पुर्नगठन गर्ने तयारीमा लागेको बालुवाटार स्रोतको दावी छ । 

‘उहांले अव सहमति भए पनि नभएपनि मन्त्रिपरिषद पुर्नगठन गर्नुहुन्छ, त्यसका लागी गृहकार्य समेत भइसकेको छ,अव नेकपाको विवादले देश बन्धक बन्दैन ।’ प्रधानमन्त्री निकट स्रोतले भन्यो । 

प्रधानमन्त्री ओलीले दुई वर्ष पुगेको अधिकांशलाई विदा दिने तयारी गरेका छन् । पुर्व माओवादीबाट उर्जामन्त्री वर्षमान पुन,वनमन्त्री शक्तिबहादुर बस्नेत, शिक्षामन्त्री गिरीराजमणी पोखरेल र खानेपानी विना मगरलाई विदा गर्ने पक्षमा प्रधानमन्त्री ओली छन् । गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्टको हकमा भने प्रधानमन्त्री सकरात्मक छन् । भट्टलाई अर्को मन्त्रालयमा सार्ने तयारी समेत भएको स्रोतको दावी छ । 

त्यसैगरी पुर्व माओवादीबाट जनार्दन शर्मा, हरिवोल गजुरेल, टोपबहादुर रायामाझी, देवेन्द्र पौडेल र पम्फा भुषाललाई समेत समेट्ने तयारी भएको छ । 

पुर्व एमालेबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, वसन्त नेम्वांङ,शिवमाया तुम्वाहाम्फे,पावर्त गुरुंग, घनश्याम भुषाल र योगेश भट्टराईले भने मन्त्रिपरिषदमा निरन्तरता पाउनेछन् । दुई वर्ष पुगेका सवैलाई विदा गर्ने अवस्थामा भने उपप्रधानमन्त्री पोख्रेललाई पार्टीमा जिम्मा दिने सम्भावना छ । 

एमालेबाट पार्टी महासचिव विष्णु पौडेल, भिम रावल, सुरेन्द्र पाण्डे, सोमप्रसाद पाण्डे,शेरबहादुर तामांग, गणेश ठगुन्ना र प्रेम आलेलगायत मन्त्री बन्ने सुचिमा छन् । 

प्रधानमन्त्री ओलीले पार्टीका सिनियर नेताहरुलाई समेटेर मन्त्रिपरिषद पुर्नगठन गर्ने तयारी गरेको स्रोतको दावी छ । यसअघि पार्टीमा प्रभाव नभएकालाई समेट्दा सरकार कमजोर भएको निष्कर्शसहित प्रधानमन्त्रीले यसपटक वरिष्ठ नेताहरुलाई राखेर मन्त्रिपरिषद पुर्नगठन गर्न लागेका हुन् । काठमाण्डुपाटीबाट


प्रकाशित मिति: बुधबार, साउन २१, २०७७  १८:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
काँग्रेस बाँकेले नेता कार्यकर्तालाई दक्ष बनाउन प्रशिक्षण दिने
काँग्रेस बाँकेले नेता कार्यकर्तालाई दक्ष बनाउन प्रशिक्षण दिने
वीपी कोइरालाको स्मृति दिवसको अवसरमा सरसफाई तथा वृक्षारोपण
वीपी कोइरालाको स्मृति दिवसको अवसरमा सरसफाई तथा वृक्षारोपण
वीपी स्मृति दिवसको अवसरमा सरसफाई
वीपी स्मृति दिवसको अवसरमा सरसफाई
४३औं वीपी स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम
४३औं वीपी स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP