prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ १२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
पत्रपत्रिकामा
  • गृहपृष्ठ
  • पत्रपत्रिकामा
  • कांग्रेसले ५ लाख नयाँ क्रियाशील सदस्य बढाउने
कांग्रेसले ५ लाख नयाँ क्रियाशील सदस्य बढाउने
RSG-2
छापाबाट
शुक्रबार, साउन २३, २०७७ छापाबाट
कांग्रेसले ५ लाख नयाँ क्रियाशील सदस्य बढाउने
कांग्रेस मुख्यालय

नेपालगन्ज । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता शतप्रतिशत बढाउने भएको छ। बिहीबार बसेको कांग्रेस पदाधिकारी बैठकमा नेताहरूबीच नयाँ क्रियाशील सदस्यता बढाउने अनौपचारिक सहमति भएको हो।

देशभर नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको काम चलिरहेका बेला कांग्रेसका शीर्ष नेताले सदस्यता दोब्बर बनाउने सहमति गरेका हुन्। अहिले कांग्रेसमा करिब पाँच लाख क्रियाशील सदस्य छन्। अब पाँच लाख क्रियाशील सदस्य थपिनेछन्। पदाधिकारी बैठकमा भएको सहमतिलाई औपचारिकता दिन केन्द्रीय समिति बैठक बोलाउने नेताहरूले बताएका छन्।

‘छिट्टै केन्द्रीय समिति बैठक बसेर औपचारिक निर्णय हुनेछ’, कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले भने। पार्टीका पूर्वपदाधिकारीसहित पदाधिकारी बैठक बसेको हो। विभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गर्ने र पार्टी समायोजनका साथै सदस्यता लिन चाहनेको संख्या धेरै भएपछि तल्लो तहबाटै क्रियाशील सदस्यता थप गर्नुपर्ने दबाब आएको हो। यसअघि पार्टी संस्थापन पक्षले क्रियाशील सदस्यता दोब्बर बनाउनुपर्ने प्रस्ताव गरे पनि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले असहमति जनाएको थियो।

कांग्रेसको महाधिवेशन नजिकिएसँगै नेताहरूबीच गुटगत राजनीति गहिरिँदै गएका बेला पदाधिकारी बैठक बसेको हो। ‘पछिल्लो समय शीर्ष नेताबीच संवादहीनताको अवस्था थियो, त्यसलाई तोड्ने काम भएको छ,’ एक पदाधिकारीले अन्नपूर्णसँग भने, महाधिवेशनबारे विभिन्न टीकाटिप्पणी भइरहेका बेला शीर्ष नेताहरू एकै ठाउँमा बसेर छलफल भएको छ।’

महाधिवेशनको मिति तोकिसकेपछि सभापति शेरबहादुर देउवाले विभाग गठनका साथै पूर्णता दिने काम थालेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले विरोध गर्दै आएको छ। असन्तुष्ट समूहले पार्टीको केन्द्रीय निर्वाचन समितिमा उजुरीसमेत दिनुका साथै सभापति देउवालाई भेटेरै लिखित ध्यानाकर्षण गराएको थियो।

महाधिवेशनलाई प्रभावित पार्ने गरी विभाग र विभिन्न समिति गठन गरिएकोप्रति पदाधिकारी बैठकमा पनि पौडेलले असन्तुष्टि जनाएका थिए। ‘अहिले आएर किन विभाग गठन गर्दै हुनुहुन्छ, महाधिवेशन गर्नुपर्ने बेलामा विभाग गठन गर्ने र मनोनीत गर्ने कार्य बन्द गर्नुस्,’ पौडेलले भने, ‘समयमै महाधिवेशन गर्ने सुनिश्चितता गर्नुपर्छ।’ साथै उनले केन्द्रीय समितिको बैठक नै नबोलाई भ्रातृसंस्थाको समयावधि थप गरेकोप्रति पनि असहमति जनाएका थिए।यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।


प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७  १०:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सत्तामा फर्कन रवि लामिछानेको आशक्ति
सत्तामा फर्कन रवि लामिछानेको आशक्ति
डीएसपीको उक्साहटमा प्रश्नपत्र चोरी भएको खुलासा
डीएसपीको उक्साहटमा प्रश्नपत्र चोरी भएको खुलासा
प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु
प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु
होटलमा ‘लुकाएको’ कोरोना विरुद्धको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
होटलमा ‘लुकाएको’ कोरोना विरुद्धको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP