नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • रौतहटमा जलाइएका भनिएका अख्तर वैदेशिक रोजगारीबाट नफर्किएको परिवारको भनाई
रौतहटमा जलाइएका भनिएका अख्तर वैदेशिक रोजगारीबाट नफर्किएको परिवारको भनाई
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, कात्तिक २३, २०७६ बागेश्वरी पोस्ट
रौतहटमा जलाइएका भनिएका अख्तर वैदेशिक रोजगारीबाट नफर्किएको परिवारको भनाई
फाइल फोटो

रौतहट । नेपाली कांग्रेसका सांसद मो अफताव आलम प्रकरणमा जिल्ला अदालत रौतहटमा थुनछेक बहस भइरहेको छ । शुक्रबार वादी पक्षका वकिलहरुको बहस सकियो । आलमलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने, धरौटीमा छोड्ने वा तारेखमा छोड्ने भन्नेबारे बहस भइरहेका बेला यो मुद्दामा नयाँ ट्वीस्ट आएको छ ।

राजपुर बम विस्फोटमा घाइते भएर इँटा भट्टामा लगाइएको भनिएका ओसी अख्तरकी पत्नीले उनी वैदेशिक रोजगारीमा गएर नफर्किएको भन्दै अदालतमा निवेदन दिएकी छन् । अख्तरकी पत्नी अमना खातुनले ओसीको विस्फोटमा मृत्यु भएको नभई रोजगारीका लागि विदेश गएको र नफर्किएको जिकिर गरेकी छन् । यद्यपि उनको निवेदन दर्ता भएको छैन । खातुन सरकारी गवाह हुन् । उनले आफ्ना कुरा राख्नु परे सरकारी वकिलमार्फत आउनुपर्ने हो ।

तर प्रतिवादी आलमका वकिलमार्फत आएपछि वादी पक्षका वकिलहरुले प्रतिवाद गरेका छन् । न्यायाधीशले भने निवेदनलाई पछि हेर्ने बताएका छन् । मुद्दामा वादी पक्षमा रहेका एक अधिवक्ताअनुसार आलमका मानिसहरुले अहिले पनि सरकारी गवाहलाई प्रभावित पार्ने प्रयास गरिरहेका छन् । त्यसकै परिणाम स्वरुप खातुनको निवेदन आएको हो । स्रोतका अनुसार आलमका मानिसहरुले खातुन परिवारलाई फकाउने प्रयास गरिरहेको भिडियो समेत प्रहरीले प्राप्त गरेको छ । त्यसमा अलामका मानिसहरुले खातुन परिवारलाई हामी मिल्नुपर्छ भनिएको प्रष्ट सुनिन्छ, तर लेनदेन खुलेको छैन ।

खातुनका बुवा यो मुद्दाका एक बलियो प्रमाण हुन्, जसले बम विस्फोटमा घाइते भएकाहरुलाई इँटा भट्टामा जलाएको गहुँबारीमा लुकेर हेरेको बताएका थिए । उनले नै २०६५ सालमा दिएको लिखित बयानलाई बलियो प्रमाण मानिएको छ ।

तर उनकी छोरीले नै मृतक भनिएका अख्तर विदेशमा गएर नफर्किएको भन्दै निवेदन दिएका हुन् । यद्यपि यसले मुद्दालाई प्रभावित नपार्ने सरकार पक्षीय वकिलहरु बताउँछन् ।श्रोत: अनलाइनखबर।


प्रकाशित मिति: शनिबार, कात्तिक २३, २०७६  ०५:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP