नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगन्ज गायत्रीनगरका सुकुम्वासीलाई खानाकै समस्या
नेपालगन्ज गायत्रीनगरका सुकुम्वासीलाई खानाकै समस्या
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, साउन ३०, २०७७ बागेश्वरी पोस्ट
नेपालगन्ज गायत्रीनगरका सुकुम्वासीलाई खानाकै समस्या

नेपालगञ्ज । नेपालगञ्ज–२० मनिकापुर गायत्रीनगरमा बसोबासरत सुकुम्वासी/भूमीहिनलाई समस्यामाथि समस्या थपिँदै गएका छन् ।

कोरोनाको बढ्दो संक्रमणका बीच निरन्तरको लकडाउन र बेला बेला गरिएको निषधाज्ञाले मजदुरी गरेर जीवन निर्वाह गर्ने उनीहरुलाई खाना खान समेत समस्या परिरहको छ ।

वर्षौंदेखि सुकुम्बासी/भूमीहिनका नाममा आदर्श माविको जग्गामा बसोवास गरिरहेका ६० परिवारहरुलाई हालै नजिकै नाला किनारमा स्थानान्तरण गरिएपछि व्यवस्थित बस्ने प्रयास जारी रहेको थियो । वडा नम्बर २० वडा समिति कार्यालयको अग्रसरता र सम्वाद समूह बाँकेको सम्वाद सहजीकरणपछि डेढ दशक अघिदेखिको बसोबासको किचलो अन्त्य भएको थियो ।

विद्यालयको अतिक्रमित जग्गा खाली भइसकेको थियो भने अधिकांश परिवारले घर बनाएर अन्यत्र बस्ने चाँजो मिलाइरहेका बेला लकडाउन भएपछि विचल्ली भएको हो । सो क्षेत्रमा कुछबंधियासहित करिव ८५ घरपरिवार रहेका छन् । दिनभर काम गरेर साँझपख जोहो गर्ने अधिकांश परिवार यतिबेला थप आहतमा परेका छन् । अपांग, अशक्त, एकल महिला, वृद्ध, वृद्धाहरु झनै अफ्ठयारोमा परेका छन् । लगातारको बन्दले मजदुरी गर्ने, रिक्सा चलाउने, मिस्त्री, ठेला व्यापार , घुम्ती पसल लगायतका काममा संलग्नहरु पनि मारमा परेका छन् । 'भएको रासनपानी, पैसो सबै सकियो, काम गर्ने बातावरण पनि छैन । के गरेर गुजारा गर्ने हो भन्ने पीर छ'— कृष्ण बहादुर कामीले सामुहिक समस्या सुनाउनुभयो ।

केही समय अघि वडा कार्यालय, विभिन्न सामाजिक संघसंस्थाको खाद्यान्न सहयोगले केही राहात भएपनि अहिले भने थप समस्या दखिएको छ । स्थानीय अगुवा लाल बहादुर परियारले भन्नुभयो— 'खाने कुरा पनि छैन्, काम पनि छैन, समस्यामाथि समस्या थपिएको छ ।' अपांग समेत रहेका परियारको एउटै माग थियो —'कहीं कतैबाट खाद्यान्न सहयोग जुटाई दिनुस् ।'


प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७  १६:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP