prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • ज्ञानोदय पुस्तकालयले दियो फरक क्षमता भएकालाई राहत
ज्ञानोदय पुस्तकालयले दियो फरक क्षमता भएकालाई राहत
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, भदौ ३, २०७७ बागेश्वरी पोस्ट
ज्ञानोदय पुस्तकालयले दियो फरक क्षमता भएकालाई राहत

paribartan 1

कोहलपुर । बाँकेको कोहलपुर नगर क्षेत्रभित्र रहेका फरक क्षमता र अति विपन्न परिवारलाई ज्ञानोदय सामुदायिक पुस्तकाय तथा श्रोत केन्द्र कोहलपुरले राहत उपलब्ध गराएको छ । नोबेल कोरोना भाइरसका कारण पाँच महिनादेखि बन्दाबन्दी अवस्था कायम रहिरहेको अवस्थामा विशेषगरी दुई छाक भोजनको जोहो गर्न समेत मुस्किल भइरहका परिवारको विवरण संकलन गरेर पुस्तकालयले खाद्यान्न सहितको राहत उपलब्ध गराएको हो । नेपालभर रहेका सामुदायिक पुस्तकालयहरुको मातृ संस्था रिड नेपालको समन्वयमा ज्ञानोदयले नगर क्षेत्रमा रहेका अति न्यून आयसहित फरक क्षमता (अपाङ्गता) रहेका १२ परिवारलाई अपाङ्ग नवजीवन केन्द्र र स्थानीय अगुवाहरुको समन्वयमा राहत स्वरुप खाद्यान्न उपलब्ध गराइएको हो । पुस्तकालयको राहत वितरण कार्य सामाजिक कार्यको उच्चतम् नमूनायोग्य कार्य रहेको कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले प्रतिक्रिया दिनुभयो । सोमबार पुस्तकालय प्राङ्गणबाट राहत वितरण कार्यको शुभारम्भ गरेका नगर प्रमुख रावतले बन्दाबन्दीको मार सबैले खेपिरहेको अवस्थामा नगर क्षेत्रमा अति विपन्न एवम् न्यून आय र फरक क्षमता भएका परिवारको वास्तविक विवरण संकलन गरेर राहत उपलब्ध गराएकोमा पुस्तकालयलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । नगर क्षेत्रमा रहेका अति विपन्न तथा न्यून आय भएका परिवारलाई नगरपालिकाले पनि सहयोग गर्ने प्रतिबद्वता नगर प्रमुख रावतले व्यक्त गर्नुभयो । नगर प्रमुख रावतले कार्यक्रम शुभारम्भ गरेपछि पुस्तकालयका पदाधिकारीहरु नगर क्षेत्रका विभिन्न वडाहरुमा लक्षित परिवारको घरमै पुगेर राहत सहितको खाद्यान्न उपलब्ध गराएका छन् । वडा नं. ११ मा ३ जना फरक क्षमता भएका विपन्न परिवार, वडा नं. २ मा दुवै मृगौला निष्कृय भएर समस्याग्रस्त महिला सहित १ जना अति विपन्न परिवार, वडा नं. १० मा अति विपन्न २, फरक क्षमता भएको १ सहित १ जना विपन्न सुत्केरी महिला लगायत वडा नं. ८ र ६ मा गरेर १२ घर परिवारलाई प्रति घरपरिवार २५ के.जी. चामल, अढाई के.जी. दाल, २ के.जी. नुन र २ लिटर तेल सम्बन्धित वडाका जनप्रतिनिधि तथा अगुवाहरुको उपस्थितिमा पुस्तकालयले राहत उपलब्ध गराएको हो । वडा नं. १० मा राहत विवरण कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष निरज चलाउनेले वास्तविक विपन्न एवम् फरक क्षमता भएका परिवारको पहिचान गरेर लक्षित परिवारको घर आँगनमै पुगेर राहत उपलब्ध गराउनु उत्कृष्ट कार्य भएको प्रतिक्रिया दिनुभयो । सामाजिक कार्यमा अग्रणी भूमिका निर्वाह गरिरहेको पुस्तकालयले आगामी दिनमा पनि यस्तै गतिविधिहरु सञ्चालन गर्न अनुरोध गर्नुभएको छ । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजमा नगर क्षेत्रमा कुनै पनि परिवारले विपन्नता भएकै कारण चुलो बल्नबाट बन्चित हुन नपरोस् भनेर पनि तीजको पूर्व सन्ध्यामा राहत वितरण कार्यक्रम गरिएको पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईले बताउनुभयो ।


प्रकाशित मिति: बुधबार, भदौ ३, २०७७  १६:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा ७५.७४ प्रतिशत मुद्दा फछ्र्यौट
उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा ७५.७४ प्रतिशत मुद्दा फछ्र्यौट
इन्जिनियर्स एशोसिएसन लुम्बिनी प्रदेशको आयोजनामा रक्तदान कार्यक्रम
इन्जिनियर्स एशोसिएसन लुम्बिनी प्रदेशको आयोजनामा रक्तदान कार्यक्रम
तत्काल सदस्यता नवीकरण गर्न पत्रकार महासंघ बाँकेको ताकेता
तत्काल सदस्यता नवीकरण गर्न पत्रकार महासंघ बाँकेको ताकेता
जनउत्तरदायी र परिवर्तनमुखी पत्रकारिता आजकाे आवश्यकता : मुख्यमन्त्री आचार्य
जनउत्तरदायी र परिवर्तनमुखी पत्रकारिता आजकाे आवश्यकता : मुख्यमन्त्री आचार्य
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP