prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • कोहलपुरमा कोरोना संक्रमित गर्भवती महिलाको शल्यक्रिया गरियो
कोहलपुरमा कोरोना संक्रमित गर्भवती महिलाको शल्यक्रिया गरियो
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, भदौ ६, २०७७ बागेश्वरी पोस्ट
कोहलपुरमा कोरोना संक्रमित गर्भवती महिलाको शल्यक्रिया गरियो

नेपालगन्ज ।गत सोमबार बुटवलबाट कोहलपुर मेडिकल कलेज रिफर गरिएकी कोरोना सङ्क्रमित गर्भवतीको आज शल्यक्रिया गरिएको छ ।आज स्त्री रोग विशेषज्ञ सहितको टोलीले बिहान सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । सङ्क्रमित महिलालाई गएराति एक्कासी पेट दुखेपछि नेपालगञ्जस्थित आइसोलेशनबाट अस्पताल लगिएको थियो। बुटवल उपमहानगरपालिका(११ नहरपुरकी २८ वर्षीया गर्भवतीमा कोरोना सङ्क्रमण देखिएपछि लुम्बिनी प्रादेशिक अस्पतालले भर्ना नलिएपछि कोहलपुर लगिएको थियो । मेडिकल कलेजका चिकित्सकले उनको तत्काल शल्यक्रिया गर्न आवश्यक नरहेको भनी आइसोशनमा राखेर निगरानी गरिरहेका थिए । बिहान करीब ९ः३० बजे शल्यक्रियाबाट छोरी निकालीएको हो । शिशुको तौल साढे २ केजी रहेको र स्वास्थ्यावस्था ठीक रहेको मेडिकल कलेजका उपनिर्देशक दिनेश श्रेष्ठले जानकारी दिए ।

paribartan 1

‘अहिले आमा र बच्चाको स्वास्थ्यावस्था ठिक छ । भोलि कोरोना परीक्षण गर्छौँ त्यसपछि मात्रै बच्चामा कोरोना भइरस सङ्क्रमण भए नभएको थाहा हुन्छ’, उनले भने । उनका अनुसार यो सँगै मेडिकल कलेजमा सङ्क्रमित गर्भवतीको चौथो पटक शल्यक्रिया गरिएको हो । गत आइतबार एक्कासी पेट दुखेपछि प्रादेशिक अस्पताल बुटवल पुग्नुभएकी उनको कोरोना रिपोर्ट पोजेटिभ आएपछि चिकित्सकले उपचारका लागि काठमाडौं वा नेपालगञ्ज जान सुझाएका थिए । पहिलो सन्तान जन्माउन नसकेर शल्यक्रिया गरिएका कारण दोस्रो सन्तानका लागि पनि शल्यक्रिया नै गर्नुपर्ने भन्दै प्रदेशिक अस्पतालले छिटो विधिबाट पिसिआर परीक्षण गर्दा उनिमा कोरोना पोजेटिभ देखिएको थियो ।

गर्भवतीका श्रीमान पनि कोरोना पोजेटिभ भएका कारण आइसोलेशनमै छन् । सङ्क्रमित गर्भवतीलाई कोहलपुरसम्म लैजान एम्बुलेन्सले समेत नमानेपछि आफन्तले नीजि साधनमा नेपालगञ्ज पुर्‍याएका थिए । नियमित जाँच गर्दै आएका डाक्टर प्रायश्चित श्रेष्ठले समेत श्रीमानलाई कोरोना लागेको थाहा पाएपछि अब यहाँ नआउनु भन्ने जवाफ दिएपछि गर्भवती तथा उनका आफन्त तनावमा परेका थिए । कोरोना फैलिएको करीब ५ महिनासम्म पनि पोजेटिभ बिरामीको शल्यक्रियाका लागि यस क्षेत्रमा व्यवस्थापन भएको छैन । लुम्बिनी प्रादेशिक अस्पताल प्रशासनले कोरोना भाइरस सङ्क्रमित गर्भवती महिलाको उपचार तथा शल्यक्रियाका लागि छुट्टै कक्षको निर्माणको तयारी गरे जनाएको छ । प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयले कोभिड(१९ सङक्रमित गर्भवती महिलाको उपचार तथा शल्यक्रियाका लागि भीम अस्पताल भैरहवामा व्यवस्था मिलाइएको जनाए पनि अहिलेसम्म शल्यक्रिया नभएको अस्पतालले स्पष्ट पारेको छ ।

नेपालको संविधानको धारा ३८ को ९२० मा प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य संम्बन्धि हक हुनेछ भनि ब्यवस्था गरिएको छ । उपधारा ३ मा महिलालाई शिक्षा, स्वाथ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त गर्ने हक हुनेछ भनि उल्लेख गरिएको छ । साथै महामारीको बेला यौन तथा प्रजनन् स्वास्थ्य अति आवश्यक सेवाको रुपमा रहेकोले योसँग सम्बन्धित सम्पूर्ण सेवामा केही पनि अवरोध नआउने नेपाल सरकारले प्रतिबद्धता व्यवहारमा कार्यान्वय भएको छैन । रासस


प्रकाशित मिति: शनिबार, भदौ ६, २०७७  १४:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा ७५.७४ प्रतिशत मुद्दा फछ्र्यौट
उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा ७५.७४ प्रतिशत मुद्दा फछ्र्यौट
इन्जिनियर्स एशोसिएसन लुम्बिनी प्रदेशको आयोजनामा रक्तदान कार्यक्रम
इन्जिनियर्स एशोसिएसन लुम्बिनी प्रदेशको आयोजनामा रक्तदान कार्यक्रम
तत्काल सदस्यता नवीकरण गर्न पत्रकार महासंघ बाँकेको ताकेता
तत्काल सदस्यता नवीकरण गर्न पत्रकार महासंघ बाँकेको ताकेता
जनउत्तरदायी र परिवर्तनमुखी पत्रकारिता आजकाे आवश्यकता : मुख्यमन्त्री आचार्य
जनउत्तरदायी र परिवर्तनमुखी पत्रकारिता आजकाे आवश्यकता : मुख्यमन्त्री आचार्य
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP