नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सभापति देउवाविरुद्ध 'नयाँ स्टेप' चाल्ने तयारीमा पौडेल समूह
सभापति देउवाविरुद्ध 'नयाँ स्टेप' चाल्ने तयारीमा पौडेल समूह
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, भदौ ९, २०७७ बागेश्वरी पोस्ट
सभापति देउवाविरुद्ध 'नयाँ स्टेप' चाल्ने तयारीमा पौडेल समूह
फाइल तस्बिर

काठमाण्डौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले 'नयाँ स्टेप' चाल्ने तयारी थालेको छ ।

सभापति शेरबहादुर देउवा समूहले पार्टीको १४ औं महाधिवेशन प्रभावित गर्न थालेको भन्दै त्यसलाई रोक्नका लागि नयाँ कदम चाल्ने निष्कर्षमा वरिष्ठ नेता पौडेल समूह पुगेको हो ।

हिजो साँझ भएको पौडेल समूहका केन्द्रिय सदस्यहरुको भर्चुअल बैठकले निष्पक्ष महाधिवेशनको ग्यारेन्टीका लागि नयाँ स्टेप चल्ने निष्कर्ष निकालेको हो ।

बैठकमा सहभागी एक केन्द्रिय सदस्यका अनुसार ११ जिल्लामा अहिलेसम्म समायोजन नसकिएको, अझै दुई नम्बर प्रदेशका कुनै पनि जिल्लामा समायोजनको काम नै नभएको, अवैध रुपमा विभाग गठन गरिएको तर त्यसका बारेका अहिलेसम्म सभापति समूह मौन रहेकाले नयाँ स्टेप चाल्नुपर्ने सुझाव सवै केन्द्रिय सदस्यहरुको थियो । निष्पक्ष महाधिवेशनको ग्यारेन्टीका लागि अनसन बस्ने, धर्ना दिने, हस्ताक्षर अभियान चलाउने लगायतका विकल्पमा भर्चुअल बैठकमा छलफल भएको नेता अर्जुननरसिंह केसीले बताउनुभयो ।

कोरोना महामारी कम भए लगत्तै पार्टी कार्यालयमा धर्ना दिनुपर्ने सुझाव आफुले दिएको केसीले बताउनुभयो । उहाँले भन्नुभयो-'जुन जिल्लामा अन्याय भएको छ, त्यही जिल्ला पार्टी कार्यालय घेराउ गर्न लगाउने, केन्द्रमा केन्द्रिय नेताहरु नै धर्ना र घेराउमा बसेर निष्पक्ष महाधिवेशनको दिशामा जानुपर्छ भन्ने विषयमा छलफल भएको छ।'

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, बलबहादुर केसी, शेखर कोइराला, दिलेन्द्र बडू, मिनेन्द्र रिजाल, दीपक गिरी, चन्द्र भण्डारी, , नविन्द्रराज जोशी, धनराज गुरुङ, गुरु घिमिरे, बद्री पाण्डे, जीवन परियार, रत्ना शेरचन, कमला पन्त लगायतको सहभागिता थियो ।


प्रकाशित मिति: मंगलबार, भदौ ९, २०७७  ०७:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP