नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, जेठ १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • ईश्वर पोखरेल ओली सरकारको आधा कार्यकालमा सबैभन्दा विवादित मन्त्री
ईश्वर पोखरेल ओली सरकारको आधा कार्यकालमा सबैभन्दा विवादित मन्त्री
बागेश्वरी पोस्ट
शुक्रबार, भदौ १२, २०७७ बागेश्वरी पोस्ट
ईश्वर पोखरेल ओली सरकारको आधा कार्यकालमा सबैभन्दा विवादित मन्त्री

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारका उपप्रधान तथा रक्षामन्त्री सबैभन्दा विवादित मन्त्रीका रुपमा देखिएका छन् ।

उनको संलग्नतामा हुने विवादास्पद निर्णय र कामले मन्त्री पोखरेल सबैभन्दा विवादित देखिएका हुन् । कोरोना संक्रमणको महामारीमा उनी सबैभन्दा विवादित बने ।                                                                                  प्रधानमन्त्री ओलीले गत फागुनमा दोश्रो पटकको मृगौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुँदा कोरोनासँग जुध्ने रणनीति बनाउन सरकारका तर्फबाट त्यसको कमाण्डरका रुपमा मन्त्री पोखरेललाई जिम्मेवारी दिएका थिए ।

प्रधानमन्त्रीकै आधा जिम्मेवारी पाएका पोखरेलले एक पटक सबै सचिवहरुको बैठक राखेर कार्यवाहक प्रधानमन्त्रीकै जसरी काम गर्न खोजे । तर उनले कार्यवाहक नपाइसकेको अवस्थामा सचिवहरुले उनको कुरालाई खासै ध्यान दिएनन् । कोरोना संक्रमणसँग जुध्नका लागि बनेको संयन्त्र अन्तर्गत उनी मातहत करिब एक दर्जन बढी मन्त्रीहरु रहेका थिए ।                                                                                                             कोरोना रोकथाम र नियन्त्रण उच्चस्तरीय समितिको संयोजक भएपछि उनको ध्यान कमाउ धन्दातर्फ मोडिएको थियो ।

मुलुक कोरोना संक्रमणसँग जुधिरहेका बेला उनी उच्चस्तरीय समितिको संयोजक भएपछि चैत ११ मा लकडाउन शुरु भयो। त्यतिबेला औषधी खरिदमा उनकै दबाबमा ओम्नीसँग खरिद प्रक्रिया अगाडी बढाइयो । जसले महँगो दररेटमा, गुणस्तरहीन औषधी लगायतका स्वास्थ्य सामग्री खरिदको जिम्मा रातारात लगाउने काम गरे । ओम्नीले पनि एक चरणमा मात्र स्वास्थ्य सामग्री ल्याउने काम गर्यो । यसभित्र ब्यापक अनियमितिता भएको, ओम्नीसँगको खरिद सम्झौतामा नीतिगत भ्रष्टाचार गरेको लगायत आरोप उनीमाथि लागेका छन् ।

अहिले पनि यो प्रकरणका विषयमा संसदको सार्वजनिक लेखा समितिले छानविन गरिरहेको छ ।                                                                                                                               त्यसमा मन्त्री पोखरेल जोडिएका छन् भने अहिले ओम्नी समूह आफूलाई अन्याय भएको भन्दै सर्वोच्च अदालतमा सरकारविरुद्ध रिट हाल्न पुगेको छ । ओम्नीसँगको खरिद सम्झौतामा विवादित बनेपछि प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई समेत गाली गरेका थिए । उनले जनस्वास्थ्यमा खेलवाड भो भनेर गाली गरेका प्रधानमन्त्रीले ओम्नी समूहबारे आफूलाई जानकारी नै नभएको भन्दै सार्वजनिक अभिव्यक्ति दिनुपरेको थियो ।                                                                                                                                                 

ओम्नीसँग सम्झौता खारेज गरी सेनालाई जिटुजी मार्फत स्वास्थ्य सामग्री खरिद प्रक्रिया अगाडी बढाउने निर्णय भएको थियो । त्यो पनि विवादरहति बन्न सकेन । सेनाले पहिलो चरणमा पिसिआर किट ल्याउन भनेर आफ्नो तर्फबाट अधिकृत नै खटाएको थियो । तर त्यो किट आइपुगेन । प्रयोगशालामा परिक्षण गर्नमा किट आवश्यक पर्छ । तर त्यो त्यसरी आएन् ।

सेनाले खरिद गर्न खोजेको स्वास्थ्य सामग्रीमा पनि पोखरेलले आफैंले एजेण्ट स्थापित गर्न खोज्ने र निहित स्वार्थ मात्र हाबी गराउन खोज्दा त्यसमा पनि उनी विवादित बने ।                                                                                                                                                              यही समयमा उनले रक्षा मन्त्रालयमा प्रधानसेनापति सहितको एउटा बैठकमा सेनाको काम गराईलाई लिएर ‘लकिरका फकिर’ भनेर असन्तुष्टि व्यक्त गरे । जस्ले गर्दा उनका लागि त्यो शब्द प्रत्युत्पादक मात्रै बनेन, प्रधानसेनापति पूर्णचन्द्र थापाले रक्षामन्त्रीका कारण आफूहरुलाई काम गर्न कठिन भएको समेत बताए ।                                                                                                                             

प्रशासनिक काममा अल्झाउने काम भएको, खोकना बुङमतिका विषयमा सेनापतिले बैठकमा कुरा उठाएपछि पोखरेलले फकिरका लकिर भनेर सेनामाथि आक्षेप लगाउने काम गरेका थिए । मन्त्री पोखरेल त्यतिमै सीमित छैनन् पछिल्लो समय आफ्ना नातेदारलाई प्रतिष्ठित पोष्टमा जिम्मेवारी दिलाएर समेत विवादित बनेका छन् । हाम्राकुराडटकमबाट साभार।


प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०७७  १४:२२
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशकी सांसद गुरुङले दिइन् राजीनामा
लुम्बिनी प्रदेशकी सांसद गुरुङले दिइन् राजीनामा
शौचालयमा लडेर प्रचण्ड घाइते
शौचालयमा लडेर प्रचण्ड घाइते
खर्च घटाउने मोडेलबाट संघियतालाई छरितो ढंगबाट अघि बढाउन आवश्यक देखिएकोे छः पौडेल
खर्च घटाउने मोडेलबाट संघियतालाई छरितो ढंगबाट अघि बढाउन आवश्यक देखिएकोे छः पौडेल
नेकपा एकीकृत समाजबादी बाँकेको अध्यक्षमा दिपक जिएम सर्वसम्मत निर्वाचित
नेकपा एकीकृत समाजबादी बाँकेको अध्यक्षमा दिपक जिएम सर्वसम्मत निर्वाचित
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP