नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राप्तीसोनारीका ३, ४ र ५ मा एकैसाथ बिद्युतीकरण सम्पन्न गर्न ध्यानाकर्षण
राप्तीसोनारीका ३, ४ र ५ मा एकैसाथ बिद्युतीकरण सम्पन्न गर्न ध्यानाकर्षण
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, भदौ २१, २०७७ बागेश्वरी पोस्ट
राप्तीसोनारीका ३, ४ र ५ मा एकैसाथ बिद्युतीकरण सम्पन्न गर्न ध्यानाकर्षण

नेपालगन्ज । बाँकेको  राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ मा एकैसाथ बिद्युतीकरणको काम सम्पन्न गर्न नेपाल बिद्युत प्राधिकरण प्रदेश ५ डिभिजन कार्यालय नेपालगन्जको ध्यानाकर्षण गराइएको छ ।

राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुको नेतृत्वमा आज प्राधिकरण कार्यालय नेपालगन्ज पुगेको डेलिगेशन टोलीले यस्तो ध्यानाकर्षण गराएको हो । साविक बैजापुर र नरैनापुर गाविसमा बिद्युतीकरण गर्न ‘उष्मा/गौरी पार्वती जेभी’ नामक ठेकेदार कम्पनीले २०६९ चैत २१ गते सम्झौता गरेपनि अहिलेसम्म काम अलपत्र अवस्थामा रहेको छ । ठेक्काको म्याद गुज्रिएपनि प्राधिकरणले यी ठाउँमा बिद्युतीकरणको काम सुरु गर्न सकेको छैन । सोही ठेकेदार कम्पनीले कोहलपुर–धामपुर ३३ केभी प्रशारण लाइन बिस्तारको काम अलपत्र पारेपछि प्राधिकरणले गत वर्ष ठेक्का तोडेर आफैंं काम सम्पन्न गरेको थियो ।

विगतमा प्रशारण लाइनको ठेक्का तोडेपनि प्राधिकरणले अहिले साविक बैजापुर गाविस (हाल राप्ती सोनारी वडा नम्बर ३ र ४) को ठेक्का तोड्न आनाकानी गरेर काममा विलम्व गरिरहेको गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताउनुभयो ।

प्राधिकरणले राप्तीसोनारीको वडा नम्बर ५ मा भने छुट्टै ठेक्कामार्फत बिद्युतीकरणको काम अन्तिम चरणमा पु¥याएको छ । तर, राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ र ४ मा भने पुरानो ठेक्का नतोडिंदा प्राधिकरणले अझै हात हालेको छैन । ‘प्राधिकरणले वडा नम्बर ५ मा बिद्युतीकरणको काम अन्तिम चरणमा पु¥याएकोमा म गाउँपालिकाको तर्फबाट धन्यवाद दिन चाहन्छु, तर वडा नम्बर ३ र ४ मा अहिलेसम्म बिद्युतीकरणको काम सुरु नहुँदा जनताको आक्रोश धेरै छ, त्यसकारण प्राधिकरणले राप्तीसोनारीका ३ वटै वडामा एकैसाथ बिद्युतीकरणको काम सम्पन्न गरोस्, मेरो विशेष आग्रह छ,’ अध्यक्ष थारुले भन्नुभयो ।

प्राधिकरण प्रदेश ५ डिभिजन कार्यालयका प्रमुख मुनिन्द्र ठाकुर समक्ष उहाँले कोहलपुर–धामपुर मुख्य प्रशारण लाइनको ठेक्का तोडेको नजिर प्राधिकरणमा ताजै रहेकाले राप्तीसोनारीको ३ र ४ मा अलपत्र कामको ठेक्का तोड्न ढिलाई गर्न नहुने सुझाव दिनुभयो । सो क्रममा प्राधिकरण प्रदेश ५ डिभिजन कार्यालयका प्रमुख ठाकुरले साविक बैजापुर र नरैनापुर गाविसमा लागेको ठेक्काको म्याद समाप्त भइसकेपनि अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेकाले तत्काल हात हाल्न समस्या रहेको बताउनुभयो । ‘यो ठेक्का कहिलेसम्म तोडिन्छ, अहिले नै भन्न सक्ने स्थिति छैन, म बिद्युत प्राधिकरणको चिफ हुन्थ्ये भने भन्न सक्थें, तर यसबारे अहिले केही भन्न सक्दैंन,’ उहाँले भन्नुभयो ‘ठेक्का तोडिने बित्तिकै काम थाल्न त समस्या नै छैन ।’

ठेकेदारले बिद्युतीकरणको काम अलपत्र पारेपछि राप्तीसोनारी गाउँपालिका आफैंले वडा नम्बर ३ बाट गत वर्षदेखि नै बिद्युतीकरणको काम थालिसकेको छ । गाउँपालिकाले गत वर्ष बिद्युतीकरणका लागि २०७६/०७७ मा एक करोड ८९ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

चालु आर्थिक वर्ष २०७७/७८ मा पनि २ करोड रुपैयाँ विनियोजन गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको बजेटबाट वडा नम्बर ३ का अधिकांश गाउँमा पोल गाड्ने र तार तान्ने काम सम्पन्न भइसकेको अध्यक्ष थारुका स्वकिय सचिव सन्तोष चौधरीले जानकारी दिनुभयो । ‘वडा नम्बर ३ का अधिकांश गाउँमा पोल गाड्ने र तार तान्ने काम सम्पन्न भइसकेको छ,’ उहाँले भन्नुभयो ‘अब ट्रान्सफर्मर मात्रै राख्ने काम छ, बिद्युत प्राधिकरणबाट हुनुपर्ने प्राविधिक काम अधुरो छ, हामीले ट्रान्फर्मरको कुरा गर्दा प्राधिकरण वडा नम्बर ३ र ४ मा पस्नै चाहन्न ।’

प्राधिकरण आफुले वडा नम्बर ३ र ४ मा बिद्युतीकरणको काम गर्न नसकेको र गाउँपालिकाले गर्न थालेको काममा पनि असहयोग गरिरहेको चौधरीको गुनासो छ ।

डेलिगेशनका क्रममा गाउँपालिका अध्यक्ष थारुसहित वडा नम्बर ३ का वडा अध्यक्ष गंगाराम थारु, वडा नम्बर ४ का वडा अध्यक्ष कान्छा थारु, समाजसेवी हेमकुमार डाँगी, कुसुम ग्रामिण बिद्युत सहकारी संस्थाका अध्यक्ष यमबहादुर खड्का, कोषाध्यक्ष गेहेन्द्रकुमार खड्का, गाउँपालिका अध्यक्षका स्वकिय सचिव चौधरी, कांग्रेसका युवा नेता कमल कार्की लगायतको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: आइतबार, भदौ २१, २०७७  १७:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP