Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राप्तीसोनारीका पौडेललाई सर्वोत्कृष्ट कर्मचारी सम्मान
राप्तीसोनारीका पौडेललाई सर्वोत्कृष्ट कर्मचारी सम्मान
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, भदौ २३, २०७७ बागेश्वरी पोस्ट
राप्तीसोनारीका पौडेललाई सर्वोत्कृष्ट कर्मचारी सम्मान

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकाले योजना शाखा प्रमुख बालानन्द पौडेललाई सर्वोत्कृट कर्मचारीको रुपमा सम्मान गरेको छ । निजामति कर्मचारी दिवसको अवसरमा गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनीकुमारी खत्री र प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले पौडेललाई नगद १० हजारसहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो । उहाँको कार्यसम्पादन, अनुशासन र सेवाग्राहीलाई गर्ने ब्यवहारको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिनुभएको छ ।

यसैगरी गाउँपालिकाले स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद चुडाली, सब-इन्जिनियर रामबहादुर बुढा, वडा नम्बर ३ का वडासचिव बुद्धिराम भण्डारी, वडा नम्बर ४ का वडासचिव शैलजा चौधरी, स्वास्थ्य चौकी बिनौनाका  इन्चार्ज प्रकाश गौतम र स्वास्थ्य शाखका बुद्धिराम थारु  तथा गाउँपालिकामा कार्यरत कार्यालय सहयोगी जंगु चौधरीलाई पनि उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरेको छ । सम्मानित सबैलाई प्रति ब्यक्ति ५ हजार रुपैयाँका दरले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको बस्नेतले बताउनुभयो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष थारुले कर्मचारीलाई सम्मान गरिँदा उत्कृष्ट काम गर्न हौसला मिल्ने बताउनुभयो । कर्मचारीले राम्रो काम गरेर हरेकले सम्मान ग्रहण गर्नुपर्ने उहाँको सुझाव छ ।  'इमानदारिता र लगनशीलता कर्मचारीको बहुमूल्य गहना हो, त्यसैले निजामति कर्मचारीले आफूले पाएको जिम्मेवारीलाई जागिरका हिसाब मात्र लिनु हुँदैन, जागिरलाई जिम्मेवारीका हिसाबले लिन सक्नुपर्छ,’ अध्यक्ष थारुले भन्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत बस्नेतले अनुशासन र कामले नै कर्मचारीको मूल्यांकन हुने भएकाले आफ्नो दायित्व र जिम्मेवारी निभाउनुपर्ने बताउनुभयो । उहाँले सरकारी नीति निर्देशनमा रहेर सेवाग्राहीलाई सेवा दिनु नै कर्मचारीको पहिलो काम, कर्तव्य भएको धारणा राख्नुभयो । यस्तै योजना शाखा प्रमुख पौडेलले सर्वोत्कृष्ट सम्मान पाउँदा काम गर्ने जिम्मेवारी अझै बढेको महसुस भएको बताउनुभएको छ । ‘कार्यालयले सर्वोत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरेपछि मैले थप जिम्मेवारी बढेको महसुस गरेको छु,’ उहाँले भन्नुभयो ।

 


प्रकाशित मिति: मंगलबार, भदौ २३, २०७७  १२:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP