नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, पुस ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राप्तीपारीको बिद्युतीकरणबारे गाउँपालिकाको पहल
राप्तीपारीको बिद्युतीकरणबारे गाउँपालिकाको पहल
banijya office RSG-2
अलपत्र काम अगाडी बढाउन अदालतले सहजीकरण गरिदिनुपर्ने उपभोक्ताको माग
बागेश्वरी पोस्ट
बुधबार, भदौ २४, २०७७ बागेश्वरी पोस्ट
राप्तीपारीको बिद्युतीकरणबारे गाउँपालिकाको पहल

बाँके(राप्तीसोनारी)। राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ३ र ४ मा अलपत्र बिद्युतीकरणको कामलाई अगाडी बढाउन अदालतले सहजीकरण गरिदिनुपर्ने उपभोक्ताले माग गरेका छन् ।                                                                    ठेकेदार कम्पनी ‘उष्मा÷गौरी पार्वती जेभीले २०६९ चैत २१ गते सम्झौता गरेपनि अहिलेसम्म उक्त वडामा काम सुरु गरेको छैन । ठेक्काको म्याद गुज्रिएपनि ठेकेदारले तुलसीपुर उच्च अदालत नेपालगन्ज इजलासमा उल्टै मुद्दा हालेपछि प्राधिकरणले कुनै प्रक्रिया सुरु गरेको छैन । मुद्दा विचाराधिन रहेका कारण बिद्युतीकरणको काम अलपत्र परेपछि बर्षौदेखी अध्यारोमा बस्न बाध्य भएका राप्तीपारीका उपभोक्ताले विकास निर्माणको काममा अदालत बाधक बन्न नहुने तर्क गरेका हुन् ।                                                    राप्तीसोनारी गाउँपालिकाले बुधबार कार्यालयको सभाहलमा गरेको छलफलमा उपस्थित भएका अधिकांस उपभोक्ताले बर्षौसम्म काम अलपत्र पारेको ठेकेदारले हालेको मुद्दालाई अदालतले समयमै टुंग्याउनुपर्ने र आफुहरुले न्याय पाउनुपर्ने बताए । छलफलमा सहभागी उपभोक्ता समितिका पदाधिकारीले अन्य वडाको ठेक्का बदर गरेर काम गर्न मिल्ने, वडा नम्बर ३ र ४ को ठेक्का बदर किन गर्न नमिल्ने ? भनि प्रश्न गरेका थिए ।                                                    जबकी सोही ठेकेदार कम्पनीले कोहलपुर–धामपुर ३३ केभी प्रशारण लाईन बिस्तारको काम अलपत्र पारेपछि बिद्युत प्राधिकरणले गतवर्ष ठेक्का तोडेर आफै काम सम्पन्न गरेको थियो । उक्त ठेकेदार कम्पनीले साविक बैजापुर र नरैनापुर गाविसमा पनि बिद्युतीकरण गर्न अर्को ठेक्का लिएकोमा कामै सुरु नगरेर अलपत्र पारेको हो ।                                  विगतमा प्रशारण लाईनको ठेक्का तोडेपनि प्राधिकरणले अहिले मुद्दाको बहानामा ठेक्का तोड्न आनाकानी गरिरहेको उपभोक्ताको आरोप छ । प्राधिकरणले राप्तीसोनारीको वडा नम्बर ५ मा भने छुट्टै ठेक्कामार्फत बिद्युतीकरणको काम अन्तिम चरणमा पु¥याएको छ । छलफलमा प्रतिनिधी सभाका सांसद महेश्वर गहतराजले बजेटको कारणले नभई कानुनी र प्राविधिक कारणले राप्ती सोनारीको वडा नम्बर ३ र ४ मा काम रोकिएको बताउनु भयो ।                                      आठ करोडको बजेटमा ठेक्का रहेकाले बजेटमा चिन्ता गर्नुपर्ने अवस्था नरहेको तर अदालतमा रहेको मुद्दा छिनोफानो नहुँदा सम्म प्रक्रिया अगाडी बढाउन नमिल्ने उहाँको भनाई छ । यसका लागि स्थानीय स्तरमा विद्युत प्रधिकरण र अदालतलाई दवाव दिन सुझाव दिनुभयो । ‘भदौं मसान्तसम्म ठेकेदारको मुद्दाबारे पेसी नसारेर टुंगोमा पु¥याउने आश्वासन पाएका छौं, उहाँले भन्नुभयो ‘आशा गरौं फैसला जनताकै पक्षमा हुनेछ, त्यसपछि प्रक्रिया अगाडी बढाउन सहज हुनेछ ।’            ठेकेदार राजेन्द्र मिश्रले विद्युत प्राधिकरणसँग ८६ लाख पेश्की वापतको रकम भुक्तानी लिइसकेको बताइएको छ । ‘अदालतको फैसला केही दिन कुरौं नभए, अशोज १५ पछि जनदवाव सृजना गरौं,’ सांसद गहतराजले भन्नुभयो । राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले स्थानीय स्तरको बजेटले काम धमाधम भईरहेकाले संरचना निर्माण कार्य पूरा भईसकेपछि बिद्युत प्रशारण लाईन जहाँबाट पनि ल्याउन सकिने धारणा राख्नुभयो ।                  ‘बिद्युतीकरणका लागि आवश्यक पर्ने संरचना हामी गाउँपालिकाको बजेटबाट बनाउँदै जान्छौं, हाम्रोतर्फबाट काम रोकिदैन,’ उहाँले भन्नुभयो । अदालतमा विचाराधिन अवस्थामा रहेको मुद्दाका कारण प्राधिकरणले ठेक्का तोड्न आनाकानी गरिरहेको उहाँले बताउनु भयो ।                            ‘अदालतमा विचाराधिन मुद्दाकै कारण राप्तीपारीका जनता अन्यायमा पर्नु हुदैन, बत्ती बाल्न पाउने उपभोक्ताको अधिकारलाई बन्चित गर्नु अन्याय हुनेछ,’ अध्यक्ष थारुले भन्नुभयो । यस्तै गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले ठेकेदारले आफै काम अलपत्र पारेर मुद्दा हालेको स्मरण गर्दै अदालतले अवश्यपनि राप्तीपारीका जनतालाई न्यायको अनुभुती दिलाउने विश्वास ब्यक्त गर्नु भयो ।              ‘सम्मानित अदालतले पक्कैपनि हजारौ जनतामाथी परेको अन्यायलाई सम्बोधन गर्नेछ,’ स्थानीय न्यायिक समितिका संयोजक समेत रहेकी उपाध्यक्ष खत्रीले भन्नुभयो । अलपत्र बिद्युतीकरणको काम अगाडी बढाउन अदालतले मुद्दा खारेज गर्नुको अर्को विकल्प नरहेको उहाँको सुझाव छ ।


प्रकाशित मिति: बुधबार, भदौ २४, २०७७  २०:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पछिल्लो चार महिनामा शान्ति पुनःस्थापना केन्द्रद्वारा नेपालगञ्ज नाकाबाट १२६ जनाको उद्दार
पछिल्लो चार महिनामा शान्ति पुनःस्थापना केन्द्रद्वारा नेपालगञ्ज नाकाबाट १२६ जनाको उद्दार
सुरक्षित बैदेशिक रोजगारीका लागि प्रहरीसंग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम
सुरक्षित बैदेशिक रोजगारीका लागि प्रहरीसंग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम
पूर्व प्रहरी संगठन बाँकेको नवनिर्मित भवन उद्घाटन
पूर्व प्रहरी संगठन बाँकेको नवनिर्मित भवन उद्घाटन
नेपालगञ्जका धेरैजसो टुर्स एण्ड ट्राभल्स इजाजत नलिएरै सञ्चालन
नेपालगञ्जका धेरैजसो टुर्स एण्ड ट्राभल्स इजाजत नलिएरै सञ्चालन
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP