Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • पन्नालाल गुप्त 'चाचाजी'को ९२ औं जन्मजयन्ति आइतबार मनाइने
पन्नालाल गुप्त 'चाचाजी'को ९२ औं जन्मजयन्ति आइतबार मनाइने
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, भदौ २६, २०७७ बागेश्वरी पोस्ट
पन्नालाल गुप्त 'चाचाजी'को ९२ औं जन्मजयन्ति आइतबार मनाइने

नेपालगञ्ज । वरिष्ठ पत्रकार प्रेस स्वतन्त्रता सेनानी स्व. पन्नालाल गुप्त 'चाचाजी'को भोलि ९२ औं जन्मजयन्ति । नेपालगञ्जमा शुक्रबार र शनिवार निषेधाज्ञा लगाइएका कारण गुप्तको जन्मजयन्ति आइतबार मात्र मनाइने भएको हो । किरण साप्ताहिक र प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त प्रतिष्ठानद्वारा महेन्द्र पुस्तकालयमा श्रद्धाञ्जली सभा गरिने भएको छ । नेपाल प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष गुप्तको गत माघ १५ गते निधन भएको थियो । यसअघि नेपाल प्रेस युनियन बाँकेको संयोजनमा जन्मदिन मनाइँदै आइएको थियो । नेपाल पत्रकार महासंघ बाँकेका पुर्व सभापति समेत रहनुभएका गुप्तले झण्डै ४ दशक अघिदेखि नेपालगन्जबाट साप्ताहिक किरण प्रकाशन र सम्पादन गर्दै आउनुभएको थियो । प्रेस स्वतन्त्रता सेनानी गुप्तले लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि पत्रकारिताको माध्यमबाट महत्वपुर्ण योगदान दिएको भन्दै दुई वर्ष अघि नागरिक अभिनन्दन गरिएको थियो । यसैबीच प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त प्रतिष्ठान गठन गरिएको छ । प्रतिष्ठानको संरक्षकमा स्व. गुप्तकी धर्मपत्नी कमलादेवी गुप्ता रहनुभएको छ । स्व. गुप्तका जेष्ठ सुपुत्र विजय कुमार गुप्ताको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्माण गरिएको हो । प्रतिष्ठानको उपाध्यक्षमा अजय गुप्ता, महासचिवमा शुक्रऋषि चौलागाई र कोषाध्यक्षमा शालु गुप्ता रहनुभएको छ । यस्तै सदस्यहरुमा सचिदानन्द चौवे, प्रभाकर मिश्रा, रामकुमार गुप्ता, सन्तोष रेग्मी, अर्जुन वली, मो. आरिफ अन्सारी र सुनिल गुप्ता रहनुभएको छ । यस्तै सल्लाहकार समितिमा किशोर नेपाल, सनत रेग्मी, धर्मेन्द्र झा, नयनराज पाण्डे, दिनेशमणि त्रिपाठी, हेमन्त कर्माचार्य, श्यामानन्दसिंह ठकुरी, सन्तोष कनोडिया, झलक गैरे, जयनारायण शाह र राकेश कुमार सोनी रहनुभएको छ । प्रतिष्ठानले अक्षय कोष निर्माण, छात्रवृत्ति लगायतका रचनात्मक कार्यहरु गर्ने जनाइएको छ ।


प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०७७  १८:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP