prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • पत्रकार महासंघले सदस्यता खारेजी गरेको उदय सिंह श्रेष्ठ बिरुद्ध मुद्दा दर्ता
पत्रकार महासंघले सदस्यता खारेजी गरेको उदय सिंह श्रेष्ठ बिरुद्ध मुद्दा दर्ता
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, भदौ ३१, २०७७ बागेश्वरी पोस्ट
पत्रकार महासंघले सदस्यता खारेजी गरेको उदय सिंह श्रेष्ठ बिरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । नेपाल पत्रकार महासंघले साधारण सदस्यता समेत खारेजी गरिसकेको आफूलाई वरिष्ठ पत्रकार भनेर सामाजिक सन्जाल फेसबुकमार्फत आमनागरिकलाई आतंकित बनाउदै बाँकेका सक्रिय १८ जना पत्रकारलाई समेत गालीगलौज तथा अपशब्द बोल्दै मान मर्यादा र प्रतिष्ठामा आँच पुर्‍याउँदै आएका नेपालगन्जका उदय बहादुर सिंह श्रेष्ठ विरूद्ध बुधबार बाँकेका पत्रकारहरूले कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेमा मुद्दा दर्ता गराएका छन ।

paribartan 1

अहिले विद्युत चोरीको आरोप खेपिरहेका नेपालगन्जका १० का उदयसिंह श्रेष्ठ विरूद्ध बाँके प्रशासन र प्रहरीमा गरी यो सहित ३ वटा मुद्दा दर्ता भईसकेका छन् । यसअघि नेपालगन्ज उपमहानगरपालिकाका एक वडाध्यक्षले आफनो मानाहानी गरेको भन्दै मुद्दा दायर गरेका थिए । त्यस अवस्थामा ९० दिन नेपालगन्ज छोडेर भागी हिडेका श्रेष्ठ पछिल्लो समय नेपाल पत्रकार महासंघको विरूद्ध खनिएका थिए । त्यसबखत महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारूले महासंघका तर्फबाट प्रशासनमा दर्ता गराएको मुद्दामा उनको अन्तिम सम्पर्क म्याद अब तीन दिन बाँकी रहेको बेला बुधबार फेरि उनकै विरूद्ध अर्को मुद्दा दर्ता भएको हो ।

नेपाल पत्रकार महासंघ बाँकेले साधारण सद्स्यता खारेज गरेको उदय श्रेष्ठ नाम गरेका ती गैर पत्रकारलाई तत्काल सम्पर्कमा आउन प्रशासनले आग्रह गरेको छ । बाँके प्रशासनले उनलाई तत्काल पक्राउ गर्न पनि बाँके प्रहरीलाई निर्देशन दिएको छ । अहिले नेपालगन्ज छोडेर फरार रहेका उदय काठमाडौंमा भएको र उनलाई जतिसम्दो चाँडो पक्राउ गरिने बाँके प्रहरीले बताएको छ । प्रशासनले तोकेको समय अवधीमा उनी सम्पर्कमा नआई भागेको अवस्थामा उनलाई नियम अनुसार कानूनी कारवाही अघि बढ्ने प्रशासनले जनाएको छ । उनले उक्त समयमा प्रशासनको सम्पर्कमा नआए १ बर्षसम्म कैद तथा कानूनले तोके अनुसारको जरिवाना हुने देखिएको छ ।

समाचार लेखेकै कारण पत्रकारलाई धम्काउँदै र गाली गलौज र अपशब्द प्रयोग गर्दै आएका उदयसिंह श्रेष्ठको आचारण खराब भएकै कारण् यसअघि नेपाल पत्रकार महासंघले साधारण सदस्यताबाटै निलम्बन गरेको थियो । विद्युत प्राधिकरणले विद्युत चोरेको आरोप लगाउँदै उनिद्वारा संचालित एक छापाखाना र उनको घरमा जोडिएको सिंचाइ मिटरको विद्युत लाइन् काटेपछि त्यस घटनाको यहाँका पत्रकारले समाचार संकलन तथा सम्प्रेषण गरेका थिए । त्यसकै कारण देखाउँदै उनले यहाँका पत्रकारलाई ५ कार्टुन सामान चोरीको झुटो आरोप समेत लगाउँदै गैरकानूनी रूपमा अबैध ढंगले फेसबुक लाइभ भन्दै बदनाम गर्दै आएका छन् ।

श्रेष्ठले कृषि सिंचाईका नाममा विद्युत जडान गरि घरमा अन्य व्यवसाय चलाईरहेको प्राधिकरण बताउँछ । नियमित जुन प्रयोजनका लागि विद्युत जडान गरिएको हो त्यसैमा प्रयोग गरिनुपर्ने प्राधिकरणको भनाई छ । कानूनत पत्रकारिताको नाममा फेसबुक लाइभ गर्न नपाईने जानकारहरू बताउँछन् । यसअघि उदयलाई प्रेस काउन्सिलले समेत कारवाही गरिसकेको छ । विद्युत प्राधिकरणले विद्यूत लाइन काटेको समाचार लेखेकै कारण उनले यहाँका १८ जना पत्रकारलाई नामै किटेर तथा नाम गालीगलोजका साथै अपमान र अभद्र शब्द प्रयोग गर्दै आएका छन् । भदौ २४ गते नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण शाखाले नेपालगन्ज उपमहानगरपालिका वडा नंं. १० बिपी चोक नजिकै रहेको श्रेष्ठको घरमा छापा मारेको थियो । सो क्रममा कृषि सिंचाइ मिटर जडान गरी विद्युत चोरी गरेको फेला पारेको थियो । प्राधिकरणले सोही विषयमा तीनदिने म्याद सहित विद्युतमा उपस्थिती हुन पत्र काटेको छ । विद्युतले घरमा छापामारी कृषि मिटर र व्यवसायीक मिटरको दुरुपयोग गरेको पाइएको भन्दै विद्युत लाइन काटेर मिटरहरु आफ्नो नियन्त्रणमा लिएको थियो ।

औषत मासिक १०६९ यूनिट खपत देखिएको र कृषि कार्यमा उक्त मिटर प्रयोग गरेको नपाइएकोले कृषि मिटरको दुरुपयोग गरेको प्राधिकरणको ठहर थियो । सोही सम्बन्धी समाचार प्रकाशन गरेको भन्दै बाँकेका १८ जना पत्रकार बिरुद्ध श्रेष्ठले समाजिक सन्जाल र फेसबुक लाइभमा चोरको आरोप लगाउने, पत्रकारलाई धम्क्याउने, अनेक मुद्दा लगाउँछु भन्दै त्रसित बनाउने कार्य गर्दै आएका छन् । श्रेष्ठको उक्त कार्यको बाँकेका पत्रकारहरुले घोर बिरोध एवं निन्दा गरेका छन् ।

समाचार लेखेकै आधारमा धम्क्याउने, बिभिन्न खाले आरोप लगाउने, मनोवल गिराउन खोज्ने खालका गतिविधि तत्काल रोक्न पत्रकारले माग गरेका छन् । समाचार सम्प्रेषणकै कारण धम्क्याउने निज श्रेष्ठलाई कानूनको दायरामा ल्याउन स्थानीय प्रशासन र प्रहरी समक्ष जोडदार माग गरिएको छ । सामाजिक सन्जालमा पत्रकारहरुको मानमर्दन गर्ने, नामै किटेर चोरीको आरोप लगाउने व्यक्ति बिरुद्ध कानूनी उपचार खोजिएको छ । समाचार संकलनका क्रममा हामी पुगेका पत्रकारहरुले आफ्नो आचारसंहितामै रहेर समाचार संकलन तथा सम्प्रेषण गरेको जनाउँदै यस्ता भ्रमपूर्ण खबरको कुनै सत्यता नरहेकाले भ्रममा नपर्न सम्पुर्ण जनसमुदायमा आग्रह गरिएको छ ।


प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७  २०:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा ७५.७४ प्रतिशत मुद्दा फछ्र्यौट
उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा ७५.७४ प्रतिशत मुद्दा फछ्र्यौट
इन्जिनियर्स एशोसिएसन लुम्बिनी प्रदेशको आयोजनामा रक्तदान कार्यक्रम
इन्जिनियर्स एशोसिएसन लुम्बिनी प्रदेशको आयोजनामा रक्तदान कार्यक्रम
तत्काल सदस्यता नवीकरण गर्न पत्रकार महासंघ बाँकेको ताकेता
तत्काल सदस्यता नवीकरण गर्न पत्रकार महासंघ बाँकेको ताकेता
जनउत्तरदायी र परिवर्तनमुखी पत्रकारिता आजकाे आवश्यकता : मुख्यमन्त्री आचार्य
जनउत्तरदायी र परिवर्तनमुखी पत्रकारिता आजकाे आवश्यकता : मुख्यमन्त्री आचार्य
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP