नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, फागुन ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • रेशम चौधरीलाई सुटुक्क जेल मुक्त गर्ने तयारी !
रेशम चौधरीलाई सुटुक्क जेल मुक्त गर्ने तयारी !
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असोज २, २०७७ बागेश्वरी पोस्ट
रेशम चौधरीलाई सुटुक्क जेल मुक्त गर्ने तयारी !
रेशम चौधरी

नेपालगन्ज । टिकापुर काण्डमा जेल जीवन विताइरहेका रेशम चौधरीलाई संविधान दिवसको अवसरमा जेलमुक्त गर्ने तयारी सरकारले गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिके राउतकै शैलीमा चौधरीलाई जेलमुक्त गराउने तयारी गरेको उच्च स्रोतले जानकारी दिएको छ । ‘संविधान दिवसको अवसरमा चौधरीलाई छुटाउने तयारी छ, उनको जेलमुक्त गराएको जसपनि प्रधानमन्त्री ओली आफै लिएर थारु समुदायलाई न्याय गरेको देखाउन चाहिरहेका छन्’, उच्च स्रोतको दावी छ । 

स्रोतका अनुसार आइतबार बसेको मन्त्रीपरिषद बैठकमा कारागारका कैदी छाड्ने निर्णय भएको छ । त्यही निर्णयमा एक जना चौधरीको नाम थपेर थुनामुक्त गर्ने तयारीका लागि केहि चरण ओलीका तर्फबाट चौधरीसँग कुराकानी समेत भएको छ ।

सुदुरपश्चिममा भीम रावललाई चुनौति दिने गरी लेखराज भट्टलाई आफ्नो क्याम्पमा ल्याएपछि चौधरीलाई पनि थुनामुक्त गरेर ढीलोचाँडो पार्टी प्रवेश गराउने र आफ्ना विरोधीहरुलाई तह लगाउने समुह तयार गर्ने काममा प्रयोग गर्ने ओलीको योजना रहेको बताइएको छ ।

मन्त्रीपरिषद बैठकका सबै निर्णयहरु मन्त्रीहरुलाई जानकारी नहुने भएकाले यसबारेमा गृहमन्त्रीलाई समेत जानकारी दिइएको छैन । कारागार व्यवस्था विभाग हुँदै गृहमन्त्रालयले तयार गरेको कैदी छाड्ने सूचीमा चौधरीको नाम समावेश छैन । तर प्रधानमन्त्री कार्यालयबाटै यसको तयारी भएको स्रोतको दावी छ । राष्ट्रपति कार्यालयमा शुक्रबार साँझ सो नाम जाने पनि स्रोतले जनाएको छ । ‘जसरी सिके राउतलाई एकाएक थुनामुक्त गर्दै भूमिगत शैलीमा शान्ति प्रकृयामा ल्याइयो त्यसैगरी चौधरीलाई थुनामुक्त गरेर जनता समाजवादी पार्टीलाई समेत सरप्राइज दिने प्रधानमन्त्रीको योजना रहेको छ ’, स्रोतले भन्यो ।

डिल्लीबजारस्थित कारागारमा ओलीका विश्वासपात्रहरुले तीन चार चरणमा चौधरीसँग कुराकानी गरिसकेका छन् । ‘चौधरी अहिले तत्काल जनता समाजवादी पार्टीकै तर्फबाट सांसद रहने तर आगामी निर्वाचनअघि नेकपामा प्रवेश गराएर पार्टी काममा लाग्ने, संसदमा रहँदा पनि चौधरीले नेकपालाई सहयोग गर्ने शर्तमा उनी छुट्न लागेको हुन्’, स्रोतले भन्यो ।

कारागार ऐन अनुसार चौधरीलाई माफी मिनाह दिने समय भइनसकेको र चालचलनपनि राम्रो नदेखिएकाले माफी मिनाहको सिफारिस नगरिएको गृह स्रोतको दावी छ । तर प्रधानमन्त्री भने चौधरीलाई छाड्ने विषयमा सकारात्मक देखिएकाले राष्ट्रपति कार्यालयमा सो सम्बन्धी सिफारिस पुगेको स्रोतको दावी छ ।

दश महिना अघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीकापुर घटनामा दोषी ठहर भएर डिल्लीबजारस्थित कारागारमा रहेका चौधरीलाई छिट्टै छुटाइने बताएका थिए । माघे संक्रान्तिको अवसरमा थारू समुदायले काठमाडौंको टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले चौधरीलाई थुनामुक्त गरिने बताएका थिए । आफू प्रधानमन्त्री हुँदा पनि भारतमा चौधरीलाई भेटेको बताउदै केही साथीहरु छुटिसकेका तर चौधरी भने छुट्न बाकी रहेको बताएका थिए ।

त्यसअघि केपी ओलीकै सक्रियतामा चौधरीलाई प्रतिनिधिसभा सांसदको रूपमा सपथ खुवाइएको थियो।टिकापुर घटनाका मुख्य योजनाकारका रूपमा दोषी देखिएपछि चौधरी डिल्लीबजारस्थित कारागारमा थुनामा छन् ।

थरूहटको आन्दोलन चर्किदा विसं २०७२ भदौमा भएको विरोध प्रदर्शन हिंसात्मक बनेपछि भिडले आक्रमण गरेर नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मीलाई हत्या गरेको थियो । सो घटनामा एक बालकको पनि ज्यान गएको थियो । सो घटनामा जन्मकैदको सजाय पाउनेमध्ये एक जना नाबालक रहेकाले उनको सजाय भने आधा अर्थात् १० वर्षको मात्र हुने कैलाली जिल्ला अदालतको आदेशमा उल्लेख छ । अदालतले अन्य १२ जनालाई तीन तीन वर्षको कैद सजाय तोकेको छ ।

अदालतले सोही मुद्दामा अन्य तीन जनालाई सफाइ दिएको थियो । टीकापुर घटनामा प्रतिवादीहरूलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी गरी तीनवटा अभियोग लगाइएको थियो । तर अदालतले डाँका चोरीको मुद्दामा सबैलाई सफाइ दिएको छ । कर्तव्य ज्यान मुद्दामा दोषी ठहरिई जन्मकैद पाउने १० जनाले ज्यानसम्बन्धी महलको १५ नम्बरको कसुर अपराधमा तजबिजी पाँच वर्षसमेत थप सजाय पाउने अदालतले जनाएको थियो । दोषी मध्ये चौधरीलाई कर्तव्य ज्यान मुद्धा लगाइएको थियो । हाम्राकुराबाट


प्रकाशित मिति: शुक्रबार, असोज २, २०७७  १३:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जेन्जी आन्दोलनको सकारात्मक मर्मलाई कांग्रेसले आत्मसाथ गरेको छः अमर सिंह पुन
जेन्जी आन्दोलनको सकारात्मक मर्मलाई कांग्रेसले आत्मसाथ गरेको छः अमर सिंह पुन
बाँके क्षेत्र नम्बर २ का नेकपा उम्मेदवार विष्टले सार्वजनिक गरे प्रतिबद्धता-पत्र
बाँके क्षेत्र नम्बर २ का नेकपा उम्मेदवार विष्टले सार्वजनिक गरे प्रतिबद्धता-पत्र
गौडेलको सादगी शैलीले जित्दै छ मतदाताको मन
गौडेलको सादगी शैलीले जित्दै छ मतदाताको मन
किसानलाई समस्या परेका बेला बोल्ने पार्टी कांग्रेस होः अध्यक्ष तिमिल्सिना
किसानलाई समस्या परेका बेला बोल्ने पार्टी कांग्रेस होः अध्यक्ष तिमिल्सिना
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP