नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • निर्माण ब्यवसायीलाई सहज वातावरण बनाइदिने गाउँपालिकाको प्रतिवद्धता
निर्माण ब्यवसायीलाई सहज वातावरण बनाइदिने गाउँपालिकाको प्रतिवद्धता
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असोज २, २०७७ बागेश्वरी पोस्ट
निर्माण ब्यवसायीलाई सहज वातावरण बनाइदिने गाउँपालिकाको प्रतिवद्धता

बाँके ।राप्तीसोनारी गाउँपालीकाले जिल्लास्थित विभिन्न सरोकारवाला निकायसँग नदीजन्य पदार्थको ठेक्का ब्यवस्थापन सम्बन्धी प्रि–विड बैठक गरेको छ । राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा शुक्रबार भएको छलफलमा उपस्थित सरोकारवाला निकायले आ-आफ्नो सल्लाह, सुझाव दिनुभएको हो । गाउँपालीकाले चालु आर्थिक वर्ष २०७७/०७८ का लागि राप्तीसोनारीका विभिन्न खोला तथा नदीमा ठेक्का खुल्ला गरिसकेको छ । गत भदौं १९ गते प्रथम पटक सूचना प्रकाशित गरिसकेको गाउँपालिकाले यही असोज १७ गते बोलपत्र खरिद गर्नुपर्ने अन्तिम मिति र असोज १८ गते दिउँसो १२ बजेसम्मका लागि बोलपत्र दर्ता गर्नुपर्ने अन्तिम मिति तोकेको छ । नदीजन्य पदार्थको उत्खनन्, बिक्री तथा ब्यवस्थापन गर्दा गाउँपालिकाले नीति÷नियम अनुसार गर्नुपर्ने सम्वद्ध सरोकारवाला निकायको सुझाव छ । निर्माण ब्यवसायी संघ बाँकेका पुर्वअध्यक्ष सुरेशकुमार चन्द, जिल्ला समन्वय समिति बाँकेका सदस्य चेतबहादुर घर्ती, नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओली, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारु लगायतले ठेक्का सञ्चालन गर्दा ब्यवसायीको शान्ति सुरक्षाको ज्ञारेन्टी, चोरी निकासी नियन्त्रण, वातावरणीय प्रभाव रोक्न गाउँपालिकाले विशेष ध्यान दिनुपर्ने सुझाव दिनुभयो । सरोकारवाला निकायको सुझावलाई सम्बोधन गर्दै राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले ठेक्का सञ्चालन गर्दा यसवर्ष सम्बद्ध निर्माण ब्यवसायीलाई सहज वातावरण बनाइदिने बताउनु भयो । राज्यको नीति÷नियम अनुसार निर्माण ब्यवसायीले नदीजन्य पदार्थ उत्खनन् तथा बिक्री, वितरण गर्न कठिनाई हुने परिस्थिती रहेको भन्दै उहाँले निर्माण ब्यवसायीलाई काम गर्ने वातावरण सहज बनाउन संघ र प्रदेश सरकारको जिम्मेवारी पनि उत्तिकै रहेको धारणा राख्नुभयो । सरकारले नदीजन्य पदार्थको ठेक्का सञ्चालन गरेर वार्षिक करोडौंको राजश्व उठाउने गरेको स्मरण गराउँदै उहाँले क्रसर उद्योगका लागि एउटा स्पष्ट मापदण्ड बनाएर चल्ने वातावरण बनाउनुपर्ने बताउनु भयो । तर, क्रसर उद्योगहरु पनि राज्यको नीति, नियम अनुसार चल्नुपर्ने अध्यक्ष थारुको भनाई छ । नदीजन्य पदार्थ उत्खनन् तथा विक्री, वितरण गर्दा गाउँपालिकाले सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाउनु भयो । ‘अधिकार छ भन्दैमा कसैलाई पनि अनावश्यक दुःख दिनु हुदैन,’ उहाँले भन्नुभयो । गाउँपालिका उपाध्या धनीकुमारी खत्रीले नदी तथा खोला बन्द भएपनि चोरी निकासी नरोकिएको बताउनु भयो । गाउँपालिकाले नीति, नियम अनुसार नदीजन्य पदार्थ बिक्री वितरण गर्न सहजीकरण गर्न तयार रहेको उहाँको भनाई छ । राज्यको कानुन सबैले पालना गर्नुपर्ने उपाध्यक्ष खत्रीले जोड दिनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले नदीजन्य पदार्थ बिक्री, वितरण गर्ने जिम्मा स्थानीय सरकारलाई भएको बताउँदै ब्यवस्थित रुपले ठेक्का सञ्चालन गर्ने तयारीमा राप्तीसोनारी गाउँपालिका कार्यालय रहेको धारणा राख्नुभयो । नदीजन्य पर्दाथ अनुगमन गर्न जिल्लामा छुट्टै समिति रहेको र गाउँपालिकाले पनि आफ्नो तर्फबाट निरन्तर अनुगमन गरेर चोरी, निकासी हुन नदिने बताउनु भयो । चोरी, निकासीमा संलग्न सवारी साधनलाई कारबाही स्वरुप जरिवाना लिने कानुनी ब्यवस्था रहेको उहाँको भनाई छ । राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ९ का वडाअध्यक्ष महाबीर ओलीले भन्नुभयो, ‘राज्यपक्षले ठेक्का नहाल्न भनेर कहिल्यैपनि भन्दैन, ब्यवसायीलाई के कस्ता सुबिधा दिनुपर्छ गाउँपालिकाले दिन्छ, हामीले आवश्यक सहयोग गर्न तयार छौं ।’ उक्त कार्यक्रम सञ्चालन गाउँपालिकाका लेखा अधिकृत गौरव लामिछानेले गर्नु भएको थियो । उक्त कार्यक्रममा राप्तीसोनारी गाउँपालिकाका जनप्रतिनिधी, स्थानीय राजनीतिक दलका प्रतिनिधी, उद्योगी, ब्यवसायी, जिल्ला समन्वय समितिका प्रतिनिधी, प्रहरी, पत्रकार, सरकारी कर्मचारी लगायतको उपस्थिती रहेको थियो।


प्रकाशित मिति: शुक्रबार, असोज २, २०७७  २३:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP