Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नरैनापुरमा ९० बर्ष माथिका ३५ जना ज्येष्ठ नागरिकलाई सम्मान
नरैनापुरमा ९० बर्ष माथिका ३५ जना ज्येष्ठ नागरिकलाई सम्मान
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असोज १५, २०७७ बागेश्वरी पोस्ट
नरैनापुरमा ९० बर्ष माथिका  ३५ जना ज्येष्ठ नागरिकलाई सम्मान

नरैनापुर(बाँके) । बाँकेको नरैनापुरमा ९० बर्ष माथिका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । ३० औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा नरैनापुर गाउँपालिकाले आज गाउँपालिकाको कार्यालय प्रांगणमा आयोजना गरेको कार्यक्रममा ९० बर्ष माथिका ३५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

६ वटै वडाका ज्येष्ठ नागरिकलाई सम्मान गर्न आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले ज्येष्ठ नागरिकलाई सम्मान गर्ने संस्कारको विकास गर्न आवश्यक रहेको बताउनुभयो । बुद्ध बुवाआमाको माया, इज्जत र सम्मान विनाको परिवार र समाजमा खुसी र सन्तुष्टि मिल्न नसक्ने भन्दै अध्यक्ष शाहले बुवाआमालाई जिउँदो देउताको संज्ञा दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले संविधानले नै ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षा प्रदान गरेको अवस्थामा उनीहरुको सम्मान र सहयोगमा कुनै कञ्जुस्याईं गर्न नहुने बताउनुभयो । ज्येष्ठ नागरिकको सम्मान गर्दा मात्र सुसंस्कृत समाजको निर्माण हुने सक्ने उहाँको भनाई थियो । ज्येष्ठ नागरिकप्रतिको व्यवहारमा परिवर्तन ल्याउन जरुरी रहेको शाहीले बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष जयन्तिदेवी श्रीवास्तवको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष राजकुमार मौर्य, जिन्सी शाखा प्रमुख भरत महतो, सूचना अधिकारी लक्ष्मीकान्त मिश्र, सामाजिक विकास शाखा प्रमुख कृष्णाकुमारी चन्दले पछिल्लो समय ज्येष्ठ नागरिकप्रतिको दायित्वबाट नयाँ पुस्ता भाग्न खोजिरहेको भन्दै जन्म दिने बुवा आमा भन्दा ठूलो भगवान अर्को कोही हुन नसक्ने बताउनुभयो ।

कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष मोल्हे बेहना शेष, वडा नम्बर २ का अध्यक्ष मसुद अहमद शाह, वडा नम्बर ४ का अध्यक्ष दिनेश प्रसाद शर्मा, वडा नम्बर ६ का अध्यक्ष विरेन्द्रपाल सिंह, इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज प्रहरी निरिक्षक बसन्त गौतम, सशस्त्र प्रहरी नरैनापुर विओपीका इन्चार्ज प्रहरी निरिक्षक नरेश कुमार बाटा, गाउँपालिकाका विभिन्न शाखाका प्रमुख लगायतको उपस्थिति थियो ।

“महामारीले ज्येष्ठ नागरिकहरुप्रतिको हाम्रो व्यवहारमा परिवर्तन ल्याउँछ” भन्ने नाराका साथ यो बर्षको ज्येष्ठ नागरिक दिवस मनाइएको हो ।

 


प्रकाशित मिति: बिहीबार, असोज १५, २०७७  २०:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP